नटी हब्बा
१८ असार २०७७
•
३ मिनेट पाठ
नटी हब्बा
खेमराज पोखरेल
खेमराज पोखरेल




प्यारा नानीबाबुहरू,

तिमीहरूलाई थाहा नै होला, यतिबेला संसारमा कोरोना भन्ने रोग लागेको छ । हाम्रो देश नेपालमा पनि यो कोरोना महामारी फैलिँदै गरेको छ । कोरोना रोगबाट बच्न हात धोइरहनुपर्छ । एक दिनमा छसातपटक साबुनपानीले हात धुनुपर्दछ । बाहिरबाट आएपछि हात धुनुपर्छ । मोबाइल खेलाइसकेपछि पनि हात धुनुपर्छ । खेलौना खेलिसकेपछि पनि हात धुनुपर्छ । हातधुने कुरा मेरी ४ वर्षकी नातिनी एनिजालाई थाहा छ । हात धुँदा हातमा पानी हालेपछि साबुन दल्नुपर्छ । 

जुन साबुन भए पनि हुन्छ । साबुनको गाज आएपछि एउटा गीत गाउन थाल्नुपर्छ । जुन गीत गाए पनि हुन्छ । गीत गाउन आएन भने वनदेखि ट्वेन्टीसम्म ढिलो गरी भन्नुपर्छ । कदेखि ज्ञसम्म भने पनि हुन्छ । ए फर एपलदेखि जेड फर जिब्रासम्म भने पनि हुन्छ । किनभने साबुनपानीको गाज हातमा कम्तीमा २५ सेकेण्डसम्म बस्नुपर्छ । पखालिहाल्न हुँदैन । गीत गाइसकेपछि मात्र साबुनको गाज राम्रोसँग पखाल्नुपर्छ  र सफा तौलियाले हात पुछ्नुपर्छ । नाकमा औँला लान हुँदैन । हाँच्छयुँ आयो भने पाखुरा थाप्नुपर्छ । किनभने कोरोना हातमा आएर बस्छ र  हात नाक र मुखमा लाँदा सर्छ ।

मेरी नातिनी एनिजा आँगनमा खेलेर आए पनि साबुनपानीले हात धुन्छिन् । खेलौना खेलेर आए पनि साबुनपानीले हात धुन्छिन् । खाना खानुभन्दा पहिले साबुनपानीले हात धुन्छिन् । स्कुलबाट आएपछि पहिले साबुनपानीले हात धुन्छिन् ।

आज म तिमीहरूलाई मेरी नातिनी एनिजाले मलाई गाली गरेको कथा सुनाउँदै छु । हिजो मेरी नातिनी एनिजा र म आँगनमा खूब खेल्यौँ । उनले आफैले साइकल हाँकिन् । म उनको साइकल पछिपछि दगुरेँ अनि खेलौनाको घर बनाएर खेल्यौँ । खेलौनाकै रेल बनाएर खेल्यौँ । भाँडाकुटी खेल्यौँ । आँगनको छेउछेउमा माटो पनि थियो, धूलो पनि थियो र झारपात र दूबो पनि थियो । हामीले माटो पनि खेल्यौँ । धूलो पनि खेल्यौँ । झारपात र दूबोमा पनि खेल्यौँ । आँगनमा हामीले लुकीलुकी खेल्यौँ । खेदीखेदी पनि खेल्यौँ । उफ्रीउफ्री खेल्यौँ । स्किपिङ पनि खेल्यौँ । स्किपिङ भनेको डोरीलाई घुमाएर डोरीको तालमा उफ्रिने खेल हो ।

उनले आफ्नो होमवर्क पनि आँगनको कुर्सीमा बसेर गरिन् । कलर बुकमा कलर पनि गरिन् । आँगनको छेउछेउमा रहेका  फूलहरूका बोटमा पानी हालिन् । यसरी म र मेरी नातिनी खूब  खेल्यौँ । खूब रमायौँ । नाच्यौँ । उफ्यौँ । हामी दुवै खूब थाक्यौँ अनि घरभित्र पस्यौँ । मेरी नातिनीले सबैभन्दा पहिले साबुनपानीले हात धोइन् । धूलो लागेको लुगा खोलिन् । धोएको सफा लुगा लगाइन् । अनि म नजिक आइन् । म थकाइ लागेर बैठक कोठाको सोफामा पल्टेको थिएँ । मैले हात धोएको थिएन । अनि मेरी नातिनीले रिसाएर मलाई भनिन्, ‘किन पहिले हात न धोएको ? नटी हब्बा ।’

तिमीहरूलाई थाहा छ ! ‘नटी’ भनेको बदमास भनेको हो । नातिनीले मलाई बदमास हजुरबा भनेपछि मलाई कस्तो पीर परयो । म उठेर गएँ । धारामा गएँ । साबुनपानीले हात धोएँ । मुख पनि धोएँ । नातिनीले तौलिया ल्याइदिइन् । मैले हात पुछेँ  अनि बल्ल मेरी नातिनी मसँग खुसी भइन् । अनि ‘गुड हब्बा’ भनिन् । नातिनीले गुड हब्बा भनेपछि म खुसी भएँ ।
तिमीहरू पनि बेलाबेलामा साबुनपानीले हात धुन्छौ होला । हातधुने तरीका थाहा पाएका छौ होला । तिमीहरूका बाबुआमा, हजुरबाहजुरआमा, दिदीबहिनी र दाजुभाइ वा घरमा आउने मान्छेले साबुनपानीले हात धोएनन् भने तिमीहरूले उनीहरूलाई सबैभन्दा पहिले साबुनपानीले हातधुन लगाऊ है । साबुनपानीले मिचीमिची हातधुने तरीका पनि सिकाइदेऊ नि । मान्नुभएन भने मेरी नातिनीले मलाई भने जस्तै तिमीहरू पनि ‘नटी पापा’ भनिदेऊ है । आमा, हजुरबाहजुरआमा, दिदीबहिनी र दाजुभाइहरूले साबुनपानीले हात धोएनन् भने ‘नटी’ भनिदेऊ है ! तिमीहरूलाई थाहा छ नि नटी भनेको बदमास भनेको हो । फटाहा भनेको हो । जसजसले हात धुँदैनन्, ती सबैलाई ‘नटी’ भनिदेऊ है । नटी भनेको बुझेनन् भने बदमास भनिदेऊ । अनि बल्ल कुरा बुझ्ने छन् । यत्ति जाबो साबुनपानीले हातधुने कुरा पनि नबुझ्नेलाई भन्नै पर्छ है । जे पर्लापर्ला !

तिमीहरूलाई माया गर्ने,

अमेरिकाको हजुरबा

सान एन्टोनियो, अमेरिका ।
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस