नेपाल भारत चीन तथा रुस सबैतिरको सिमामा यति बेला तनाव छ। यहाँका सिमामा आवतजावतमा निकै कडाइ छ। तर चरालाई कुनै सिमाले रोक्न सक्दैन। उनीहरूले त घाँटीको गहिराइमा भएका ती तनावभन्दा निकै माथि उडेर निर्धक्क सीमा पार गरिसके। अहिले उनीहरू नेपाल, भारत, चीन, पाकिस्तान लगायतका दूरदराजका गाउँमा रहेका वृृक्षमा नयाँ पिँढीलाई हुर्काउँदै छन्।
तिनै चराको एक झुण्डले भक्तपुरको शंखधर पार्कमा रहेका रूखका हाँगामा बच्चा कोरलिसकेका छन्। थिमीका ५३ वर्षे पशुपति प्रजापति फुर्सदमा पार्कमा बसेर यिनै बकुल्लाको उडान नियाल्छन्। खेतीको काम सकेर तिनै प्रवासी चराको चिरविराहट सुन्छन्। बिहान चरासंगै खेतबारी गर्ने उनी साँझ चरासंगै घर फर्कन्छन्।
गर्मी लागेसँगै जेठ महिनादेखि आउने आप्रवासी चरासँग शंखधर चोक वरपर बस्ने अन्य सर्वसाधरणसंगै उनको एक प्रकारको मधुर सम्बन्घ गाँसिएको छ। ‘हामीलाई त आफ्नै घरमा आएका पाहुना जस्तो लाग्छ,’ उनले भने, ‘जेठमा आउँछन बच्चा कोरल्छन् हुर्काउँछन् अनि आफ्नो ठाउँमा फर्कन्छन्।’
पाँच वर्षदेखि यसरी यो ठाउँमा चरा आउन थालेको उनले सुनाए। ‘कहाँबाट आए थाहा छैन’, उनले भने, ‘जाडो छल्न विदेशबाट आएका भन्ने सुनेको छु।’
जुनसुकै देश र सीमाबाट आए पनि यी चरासंग एक प्रकारको सम्बन्ध बसेको उनले सुनाए। ‘रोपाईंमा जाँदा खेतमा भेटिन्छन,’ उनले भने, ‘घर आउँदा रूखमा।’ उनी यिनलाई झरीका पाहुना पनि भन्छन्।
‘कालो बादल लागेको आकाशमा सेता चरा उडेको दृश्य निकै रमाइलो लाग्छ,’ उनी भन्छन्, ‘यिनीहरूले केही पनि बिगार्देनन्।’
चरासंगको गहिरो नाताको कारण कसैले गुलेली प्रयोग गरेर मार्ने आँट पनि गर्न नसकेको उनले बताए। ‘बाहिरबाट आएर कसैले गुलेली चलाए गाली गर्छो,’ उनले भने, ‘सुरक्षित भएरै होला यहाँ निर्धक्क बसेका।’ सुरक्षा देखेरै यहाँ यी चरा निर्धक्क बस्न थालेको उनको बुझाइ छ।
हिंसाका घटना नसेलाउँदा सरहदमा अझै कडाइ हुन सक्छ। फेरि पनि चरालाई केही फरक पर्देन। बुद्धको देशमा नयाँ चराले जन्म लिइसकेका छन्। नयाँ पिंढीका चरासहित बकुल्लाको त्यो हूल सुरक्षाको गहिरो अनुभूति लिएर फेरि पनि हिमालको उचाइ पार गर्दे आफ्नो ठाउँमा फर्कनेछन्।
महामारीबाट समाजलाई जोगाउन सदियौदेखि नाचिदै आएका परम्परागत नाच अहिले आफैं महामारीकै चपेटामा परेका छन्। सर्वसाधरणको बाक्लो सहभागितामा मनाइँदै आएका तान्त्रीक विधिका नाचहरू कोरोनाका कारण औपचारिकतामा सिमित बनेका छन्।
भक्तपुरका प्रसिद्ध नवदुर्गा, निलवाराही, भैरव, महाकाली लगायतका नृत्य संकटमा परेको सस्कृतिविद् ओम धौभडेलले बताए। समाजका विभिन्न महामारी तथा दुर्भक्षको विनासका लागि पुर्खाले नाच शुभारम्भ गरेका थिए।
प्राचीनकालमा भूत, प्रेत, पिसाचलाई तह लगाउन नाच चलेको जनविश्वास छ। ‘भूत,प्रेत, पिसाच भनेर त्यति बेलाको महामारीलाई बुझाउँछ,’ संस्कृतिविद् धौभडेल भन्छन्,‘अहिले यिनै नाच कोरोनाको चपेटामा परेका छन्।’
ओम धौभडेल, संस्कृतिविद्विगतमा प्लेग, बिफरजस्ता महामारीबाट जोगिएको समाज यसपटक कोरोनाको चपेटामा परेको छ। प्राचीनकालमा भूत, प्रेत, पिसाचले दुःख दिन थालेकाले त्यसको निराकरण गर्न नाचको चलन चलेको हो। ‘भूत, प्रेत, पिचास भनेर त्यति बेलाको महामारीलाई बुझाउँछ,’ धौभडेले भन्छन्, ‘अहिले यिनै नाच कोरोनाको चपेटामा परे।’
इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरका राजा भुवन मल्ल (सन् १५०५देखि १५१९सम्म)ले सञ्चालनमा ल्याएको नवदुर्गा नाच पनि संकटमा परेको छ। नेपाल संवत् ६३३ (ईस १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन तत्कालीन राजाले नाच चलाएका उनको भनाई छ।
‘नवदुर्गा नाचलाई महामारी र अनिकाल माथिको विजयका रुपमा समेत लिने गरिन्छ’, उनले भने, ‘आठ महिना लामो यो नाच कोरोनाका कारण प्रभावित छ।’ टोलटोलमा देखाइने नाच मन्दिरभित्र खुम्चिएको छ।
‘अहिले नाच देखाएर भीड गर्ने भन्दा पनि संस्कृतीको रक्षा गर्ने तर्फमात्र सवै केन्द्रित छन्’, उनले भने, संस्कृतीलाई मर्न नदिएर समाज जोगाउने अभियान सकारात्मक छ।’
भक्तपुरमा नवदुर्गा नाच। त्यस्तै सत्रौ सताब्दी देखि भक्तपुरकै बोडेमा शुरु भएको नीलवाराही नाचमा विगत ६२ वर्षदेखि नाच्दै आएका ६९ वर्षे प्रेमचन्द्र अदुवाले आफ्नो जीवनकालमा यस अघि यस्तो समस्या नआएको सुनाए।
‘जात्रा नै संकटमा परेपछि यसका केही विधी र समय फेर्न बाध्य बन्यौ’, उनले भने, ‘यस पटक जेनतेन जात्रा जोगाएका छौ।’
कोरोनाको बढ्दो संक्रमणका कारण बोडेमा नाचिने नीलबाराही नाच यस पटक रातिको समयमा मात्र नाचियो। गाइजात्राको भोलीपल्टबाट तान्त्रिक विधिमा आधारित नाच बेलुका १० बजेदेखि बिहान ५ बजेसम्म मात्र नाचियो ।
‘विगतमा मध्यारातदेखि दिनभर नाचिन्थ्यो’, प्रेमचन्द्रले भने, ‘परपरबाट हेर्ने मानिसको घुइँचो लाग्थ्यो।’
सर्वसाधरणका लागि देखाउने नाच उनीहरू धेरै आउलान् भन्ने डरले खुम्चिनु पर्ने बाध्यता बनेको छ।
‘जति हेर्ने मान्छे धेरै भयो नाच्नेलाई उति खुसी लाग्थ्यो,’ उनले थपे, ‘समाजको हितका लागि हामीले नाचलाई रातमा मात्र सिमित ग-यौं।’
प्रेमचन्द्र अदुवा, संस्कृतिकर्मी यसैगरी भक्तपुरको नगदेशमा देखाइने महाकाली नाच र मध्यपुरथिमि नगरपालिकामा प्रदर्शन गरिदै आएको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच पनि प्रभावित बन्यो। नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, चोर, जल, अग्नि, वायु, भूकम्प र चट्याङको भय नहुने जनविश्वास छ।
कोरोना भाइरस संक्रमणको डर भएकाले रातको समयमा मात्र नाच चलाउनु परेको बोडेका हरिभक्त भिन्डवाले जानकारी दिए। ‘दिनको समयमा अन्यत्रबाट पनि नाच हेर्न आउनेको भिड लाग्ने भएकाले राती मात्र नाचिएको हो’, उनले भने, ‘समाज र संस्कृती दुवैलाई केही हदसम्म जोगाउन सफल भएका छौ ।’
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...