मोवाइलको कमाल
२५ असार २०७७
•
३ मिनेट पाठ
मोवाइलको कमाल
गङ्गा कर्माचार्य पौडेल

 गङ्गा कर्माचार्य पौडेल

‘कोरोना भाइरसका कारण भोलिदेखि सरकारले अधिराज्यभरि एकसाथ लकडाउनको घोषणा गरेको छ । हामी त जसोतसो समय कटाउँला । केटाकटीलाई पो कसरी भुलाउने होला ? मेरो छोरा एकछिन घरभित्र बस्दैन । साथीकोमा जान्छु भन्दै फुत्तफुत्त निस्किरन्छ ।’ विनोदले आफ्नो मिल्नेसाथी रविसँग गुनासो गरे ।




‘ए तँलाई थाहा छैन ? अचेलका केटाकेटी मोवाइल भनेपछि भुतुक्कै हुन्छन् । मोवाइल हातमा भए बाहिर जानु त के भोक लागेको पनि थाहा पाउँदैनन्’रविले भने

‘त्यो त हो के तर मैले उनीहरूको पढाइ बिग्रिन्छ भनेर मोवाइल दिएको छैन । छोरा भर्खर ८ कक्षामा छोरी ६ कक्षामा पढ्दैछन् ।’

ह्या... तँ पनि  सारै पुरानो विचारको मान्छे छस् यार । जमाना कहाँ पुगिसक्यो । प्रविधिले फड्को मारेर शिखर चुमिरहेको बेलामा बच्चाहरूलाई मोवाइलदेखि टाढा राख्नु भनेको उनीहरूलाई कमजोर बनाउनु हो  बुझिस् । ’अहिले, तराई, पहाड र हिमाली भेगका केटाकेटीले समेत मोवाइल चलाउन जानिसके । काठमाडौंको मान्छे भएर तँलाई यस्ता कुरा गर्न सुहाउँदैन । फेरि अहिले स्कूल छुट्टी भएको बेला पढाइ भए न बिग्रनु । खुरुक्क मोवाइल किन्दे । ’ रविले भन्यो ।

‘अनि तेरो छोरा छोरी नि मोवाइल खेल्छन् ?’ विनोदले सोध्यो ।

‘मैले त बच्चाहरूलाई सानैदेखि खेलाउन दिएको हो । अहिले उनीहरू मोवाइल चलाउन मभन्दा सिपालु छन् । पढाइमा पनि राम्रो छ । मोवाइलले केटाकेटी बिगार्ने हैन रैछ । बरु जथाभाबी चलाएर दुरुपयोग गर्नेहरू आफै बिग्रिएका हुन् । हामीले चाहिँ छोराछोरीलाई बिहान उठ्ने,पढ्ने,खाने,खेल्ने ,राति सुत्ने समय तोकिदिएका छौं । उसकी आमाले र मैले पालैपाले निगरानी राख्ने गरेका र्छौं । त्यसैले सब ठीक ठाक चलिराछ ।’
रविको कुरा विनोदलाई मनासिब लाग्यो । त्यसपछि साँझ घर फर्कदा दुईथान किनेर लगे । विनोदको हातमा नयाँ मोवाइल देखेर पार्वतीले आफूलाई ल्याइदिएको भन्ठानेर खुसी हुँदै सोधिन्, ‘आहा... मलाई ल्याइदिनुभएको हो ?’

‘हैन केटाकेटीलाई’ विनोदको जवाफ सुनेर पार्वती उफ्रिन थालिन् । उनले तपाईले गर्दा छोराछोरी बढी पुलपुलिएका छन् । मैले भनेको पटक्कै टेर्दैनन् । झन् मोवाइल पाएपछि त उनीहरूको पढाइ नै चौपट हुनेभयो । हैन..तँपाईले यो के गर्न खोज्नुभएको भन्नुस्त?

पार्वतीको फतफतको बेवास्ता गर्दै विनोदले छोराछोरीलाई  बोलाएर उनकै अगाडि  मोवाइल दिंदै भने, ‘लकडाउनमा तिमीहरूलाई बोर नहोस् भनेर मोवाइल किनेर ल्याइदिएको छु, ल लिऊ...।’

‘बुबा, हामीलाई मोेवाइल चाहिँदैन’ छोराछोरीले एकसाथ भने ।

‘हँ  पहिला त तिमीहरूलार्ई मेरो मोवाइल देख्नै हुन्नथ्यो । को पहिला भनेर टिप्न तँछाडमछाड  गरथ्यौं । आज किन चाहिँदैन भनेको ?’आश्चर्य मान्दै विनोदले सोधे ।

उनीहरू दुवै जनाले गोजीबाट बुबाले ल्याएको भन्दा दामी मोवाइल झिकेर देखाउँदै भने , ‘यी.. हामीसंगै छ  मोवाइल ।’

छोराछोरीको हातमा मोवाइल देखेर पार्वतीको कनसिरीका रौं ठाडा भए । उनले छोराको हात ट्याप्प समातेर  झपार्दै भनिन्, ‘काँबाट ल्याइस मोवाइल ? मोवाइल किन्ने पैसा कस्ले दियो तँलाई ? कस्को पैैसा चोरर किनिस् लौ भन छिटो ?’

‘कसैको चोरया छैन  बुझ्नुभो । यो मोवाइलकै कमाल हो । तपाईले घरमा  छुन नदिएपछि म साथीको घरमा गएर मोवाइल चलाउन र गेम खेल्न सिकें अनि एकदिन एउटा विदेशी कम्पनीले गेमको प्रतियोगिता गरायो । साथी र म भएर भाग लियौ र जित्यौं पनि त्यही पैसाले मलाई र बहिनीलाई एकुन्टा किनेको हो ।’ छोराको जवाफ सुनेपछि विनोद र पार्वती हेराहेर गरे । 
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस