दमक नगरपालिकाको महेन्द्र राजमार्गमा हुइँकिरहेका छौं हामी। दुईवटा कारमा सवार छौं–उपभोक्ता संरक्षण हकहित मञ्चका अध्यक्ष डा. नविन चापागाईं, उपाध्यक्ष अधिवक्ता देवेन्द्र भण्डारी, सचिव पत्रकार गोपाल झापाली, कोषाध्यक्ष स्वयं पङ्क्तिकार सुमित्रा वाङ्देल ‘चेली’, सदस्य, उद्योग व्यवसायी चैतन्य बराल, प्राध्यापक धनञ्जय बास्कोटा, उद्योग व्यवसायी हेमकुमारी भट्टराई आदि। काठमाडौँबाट केन्द्रीय अध्यक्ष ज्योति बानियाँ बाटोमा आउँदै गरेको खबर छ । दमक नगरपालिकाबाट मेयर, उपमेयर र दशवटा वडाका वडा अध्यक्षहरू सरकारी सवारी साधानमा हामीभन्दा पछि आउँदै हुनुहुन्छ।
भेडेटार हाम्रो गन्तव्य। तराईको उष्मलाई दुई दिन मात्र भए पनि छल्दै थियौँ हामी। झापामा उसिनिएको ज्यानलाई १,४२० मिटरको उचाइमा पु-याउँदै थियौँ। मञ्चले जुराइदिएको थियो यो सुनौलो अवसर। म मञ्चप्रति आभार प्रकट गर्दैछु मनमनै।
इटहरी पुगेपछि उत्तरतर्फ कोशी राजमार्गपट्टि मोडियो कार। अबको यात्रा धरानतर्फ। महाभारतकालीन इतिहास बोकेको नेपालको एक सुन्दर तथा विविध साँस्कृतिक विविधता भएको शहर हो धरान। धरान नगरको शिर हो विजयपुर। पछिल्लो समयमा किरात राजधानीका थियो विजयपुर। सतिदेवीको दन्तपतन भएको किंवदन्ती छ विजयपुरमा। दन्तकाली लगायत पाँच सय वर्ष पहिले बङ्गालका राजाले जिर्णोद्वार गरेको पिण्डेश्वर मन्दिरको अभिलेखहरूबाट यो ठाउँले पुरातात्विक, पौराणिक र ऐतिहासिक एवम् पर्यटकीय महत्व बोकेको छ।
सुनेकी थिएँ– हालको धरान शहर रहेको ठाउँमा पनि घना जङ्गल नै थियो। जङ्गल फडानीका क्रममा काठ चिर्ने आरावालहरूले काठ चिर्न थुप्रै धरानहरू बनाएका थिए रे। यही धरानबाट धरान शहरको नाम रहन गएको रे।
थुप्रै मानवबस्तीहरू पार गर्दै प्रवेश ग-यौं हामी। चारकोसे झाडी, जङ्गलमा कोरिएको कालो धर्सामा गुडिरहेका थियौँ। गुड्नु थियो अझै।
धरानस्थित घण्टाघर। सुनेकी थिएँ– हालको धरान शहर रहेको ठाउँमा पनि घना जङ्गल नै थियो। जङ्गल फडानीका क्रममा काठ चिर्ने आरावालहरूले काठ चिर्न थुप्रै धरानहरू बनाएका थिए रे। यही धरानबाट धरान शहरको नाम रहन गएको रे।
“धरान आइपुग्यो” कसैको आवाज मेरो कानमा ठोक्किएपछि ब्यूझिएँ म। परेला उघार्ने बित्तिकै एउटा बोर्डमा ठोक्किए मेरा आँखा। लेखिएको थियो ‘यहाँलाई धरान नगरपालिका हार्दिक स्वागत गर्दछ।’
विजयपुरको बुढासुब्बा मन्दिर।घडीले नौ बजाइसकेको रहेछ। त्यतिबेला सन्ताउन्न किलोमिटर पार गरिसकेका थियौँ हामीले। तराईदेखि पहाडसम्म फैलिएको भौगोलिक विविधता भएको। तीनतिर पहाडी धरातलले घेरेको। एकातिर चारकोसे जङ्गल रहेको र पूर्वमा बूढीखोलादेखि पश्चिममा पटनाली खोला। खोलासम्म फैलिएको थोरै दूरीमा पनि उचाइको धेरै फरक रहेको। भिरालो प्रकारको जमिन। पहाड र तराईको सङ्गमस्थल। नेपालको दोस्रो धेरै पानी पर्ने स्थान पनि हो–धरान। थुप्रै विशेषता छन् धरानको। उबेलादेखि नै पूर्व ब्रिटिश सैनिकहरूको बाक्लो बसोवास रहेको ठाउँ हो धरान। नयाँ–नयाँ फेशन उनीहरूले नै भित्र्याउँथे नेपालमा। कुनैबेला नेपालको फेशनको शहर भनेर चिनिन्थ्यो धरानलाई। अहिले त फेशनमा काठमाडौँलाई जित्न कहाँ सकिन्छ र?
धरानमा किराती राजा यलम्बरको मूर्ति। “आइयो है भेडेटार!”
पछाडिबाट आएको आवाज कसको हो, यकिन गर्न सकिनँ मैले। धरानबाट सोह्र किलोमिटरमात्र भएकाले गाडीलाई भेडेटार आइपुग्न बेरै लागेन। पहाडलाई फन्को मारेको नागबेली सडकलाई पछ्याएका थियौँ हामीले।
मैले यताउति नजर डुलाएँ। भेडेटारमा अवस्थित शङ्खको मूर्तिलाई पछि छाडेर उकालोतर्फ बढ्दै थियो कार।
शंखेश्वर महादेव।बाफ् रे ! कस्तो ठाडो उकालो। सातो उडेथ्यो मेरो। त्यो उकालोमा गाडी चढेको देख्दा गायक सुन्दर श्रेष्ठ र तिर्थ कुमारीहरूले गाएको गीत याद आयो मलाई–‘उकालीमा पनि हजुर मोटर जादोरै’छ
ड्राइभर दाइलाई सासना
माया सलल जाउँ हिँड रेलैमा ..’
उकालो काटेपछि दम्साइलो तेर्सो सडकमा अघि बढ्यो हाम्रो कार। डाँडाको थाप्लोमा पुगेर कार पार्क गरी सरासर होटल ग्रीन हेवनको सिँढी चढ्यौँ। कारमा लगभग बयासी किमि पार गर्न हामीलार्य तीन घण्टा लागेछ।
आजको बास यतै।
तराईको उष्णमा बस्ने बानी परेकाले होला, भेडेटारको प्राकृतिक वातनुकूलनले चिस्याइसकेको थियो हामीलाई। कहाँको समुद्री सतह बराबरको झापा, कहाँको १,४२० मिटर उचाइको भेडेटार! मान्छेको शरीर न हो चिसोले आच्छु–आच्छु पारिहाल्यो।
सुनसरी र धनकुटाको सीमामा अवस्थित भेडेटार क्षेत्रमा भाषाविद् इमानसिंह चेम्जोङको सालिक, शंखेश्वर महादेव, चाल्र्स टावर, सिम्सुवा झरना, पाथीभरा मन्दिर, साँगुरीगढी, नाम्जे गाउँ लगायत सम्पदा छन्।
होटलका स्टाफले स्वागत गरे हामीलाई। शरीर चिसिएको बेला तातो चिया पिउनुको मज्जा नै बेग्लै थियो। सहयात्रीहरू भन्दै थिए–कसरी दुई रात बिताउने होला?
घाम र कुहिरोको लुकामारी चलिरहन्छ यहाँ। बाह्रै महिना चिसो मौसम भइरहनु विशेषता हो भेडेटारको। यसैले त गर्मीमा तराईबाट भेडेटार आउने पर्यटकहरूको घुइँचो लाग्छ । नेपाली मात्र होइन, भारतीय समेत आउँछन्।
भेडेटारबाट देखिएको धरान बजार। हामीले केही बेर भेडेटारको पर्यटनका विषयमा कुराकनी ग-यौं। भुइँकुहिरोसँग लुकामारी खेलिरहने भेडेटार सुनसरी र धनकुटाको सीमामा पर्दो रहेछ। यस क्षेत्रमा भाषाविद् इमानसिंह चेम्जोङको सालिक, शंखेश्वर महादेव, चाल्र्स टावर, सिम्सुवा (नमस्ते) झरना, पाथीभरा मन्दिर, साँगुरीगढी, नाम्जे गाउँ लगायत सम्पदा छन्।
भेडेटार नाउँको विषयमा रोचक प्रसंग सुनियो। एक समय पूर्वका भेडा राख्ने जक्सन भएकाले यसलाई भेडेटार भनिएको रे। तीसको दशकमा धरान–धनकुटा सडक खन्ने बेला संखुवासभा, ताप्लेजुङ, भोजपुर लगायत जिल्लाबाट हिँडाएर हुलका हुल भेडा धरानसम्म ल्याइन्थ्यो। तिनलाई भेडेटारमा राखिन्थ्यो। भेडा राख्ने टार भएकाले ‘भेडेटार’ भन्न थालियो।
किराती आमा। भेडेटारबाट कुम्भकर्ण, सगरमाथा र मकालु हिमाल देखिन्छ। बजारबाट तीन किमिमा पाथीभरा मन्दिर र साँगुरीगढी छ। त्यस्तै ४ किमिको मगर गाउँ नाम्जेमा होमस्टे सुविधा छ। त्यहाँ आत्मा बस्ने घर छ। मगरका पुर्खाको लास गाडिएका २१३ चिहानमा भएका ढुंगा बटुलेर बनाइएको सामूहिक चिहानलाई आत्मा बस्ने घर भनिन्छ।
नाम्जे गाउँको शिरमा आत्मा बस्ने घर। उपभोक्ता संरक्षण हकहित मञ्च केन्द्रीय कार्यालय काठमाडौँले आयोजना गरेको “स्थानीय बजार व्यवस्थापन तथा अनुगमन एवम् उपभोक्ता सचेतना अभिवृद्धि विषयक दमक नगरस्तरीय अभिमुखीकरण कार्यक्रम”का लागि आयोजित कार्यक्रममा काठमाडौँ, दमक नगरपालिका र हामी आयोजक संस्थाको टोलीलगायत सुनसरीका पत्रकार गरी जम्मा २८ जना उपस्थिति भइसकेको हुँदा निर्धारित समय दश बजे आयोजक संस्थाको सचिव गोपाल झापालीबाट औपचारिक कार्यक्रम सुरु भयो। संस्थाका शाखा समिति अध्यक्ष डा. नविन चापागाईंको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ज्योति बानियाँ, विशिष्ट अतिथि नगरपालिकाका मेयर रोमनाथ ओली, विशेष अतिथि उपमेयर गीता अधिकारी, विशिष्ट अतिथि दमक न.पा. कार्यकारी अधिकृत गणेश तिम्सिना आदि उपस्थित रहनुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष देवेन्द्र भण्डारीको थियो।
तराईको उष्णमा बस्ने बानी परेकाले होला, भेडेटारको प्राकृतिक वातनुकूलनले चिस्याइसकेको थियो हामीलाई। कहाँको समुद्री सतह बराबरको झापा, कहाँको १,४२० मिटर उचाइको भेडेटार! मान्छेको शरीर न हो चिसोले आच्छु–आच्छु पारिहाल्यो।
उपभोक्ता अधिकारका बारेमा एपीवान टेलिभिजनका सञ्चारकर्मी, पत्रकार मञ्च– सुनसरी, अध्यक्ष मिलन बुढाथोकी, ज्योति बानियाँ, रोमनाथ ओलीज्यूले शुभकामना मन्तव्य राख्नुभई प्रथम सत्रको कार्यक्रम समापनको घोषणा गरियो।
कार्यक्रम सकिँदा हाम्रो लागि दालभात तयार भइसकेको थियो। कालोदाल र पात्ले सिस्नुको दाल, ताजा स्कुसको मुन्टाको तरकारीमा अकबरे खोर्सानी मिचेर खाँदा ख्याल मज्जा आएन।
‘भोजन होइन भोक मिठो’ भनेको हो रहेछ।
खानापछि एकैछिन बगैँचामा टहलिँदै वारिपारि नियाल्यौँ। भूइँकुहिरोको साम्राज्य चलिरहेको थियो भेडेटारको भूगोलमा। इलाममै जन्मेर हुर्किएकी हुँ म। यति धेरै चिसो महसुस गरेकी थिइनँ मैले माइती गाउँमा। चिसो मौसमकै कारण होटल वारि–पारिका बगैँचामा पाखनवेद (पाषणभेद) मौलाएको देखिन्थ्यो। महत्वपूर्ण जडबिुटी पाखनवेदलाई पुरुष र स्त्री दुवैका लागि उपयोगी औषधी मानिन्छ। हाम्रो देश जडीबुटीको खानी भए पनि एलोप्याथी प्रयोग गर्न बाध्य छौं। आफूसँगै भएका जडीबुटीलाई कहाँ सही तरिकाले उपयोग गर्न सकेका छौं र हामीले? छिमेकी राष्ट्र चीनले सुनको सिरानी लगाएर सुतिरहेको छ नेपाल त्यसै कहाँ भनेको हो र? खेर गइरहेको जडीबुटी देख्दा रोयो मेरो मन।
सिम्सुवा झरना। निर्धारित समयमा प्रशिक्षण कार्यक्रम सुरु भयो। साँझ ढलिसकेको थियो सकिँदा। बेलैमा रात्रीभोज गरेर कोठातिर लाग्यौँ। चिसोले कोठामा पट्याएर राखेको सिरक–डसना र सिरानी पानीले भिजेको जस्तै भएको थियो। आफूसँग भएको ऊनीको पछ्यौराले न्याय ग¥यो मलाई। नत्र कहाँ सक्थेँ होला र निदाउँन!
बिहान उठेर नित्यकर्म गरीवरी नास्ता खाई प्रशिक्षण कार्यक्रममा सहभागी भइयो। अघिल्लो दिन नै दोस्रो दिन नजिकै रहेको साँघुरीगढी गाउँपालिका होमस्टे अवलोकन भ्रमणको बारेमा जानकारी गराइएको थियो। प्रशिक्षणपश्चात् खाना खाएर दिउँसो एक बजे हामी लाग्यौँ त्यता।
भिरालो परेको जमिनमा दक्षिण मोहोडा पारेर धरानलाई चिहाए पनि सुनसरीको केही भाग हेर्दै हरियाली घुम्टोमा सजिएकी युवती मुस्काइरहेझैं लाग्छ साँघुरीगढी गाउँपालिका। गुजमुज्ज बसेको सुन्दर गाउँ। परम्परागत शैलीमा घरहरू छन्, रातो माटो र कमेरोले पोतेर चिटिक्क। नामजस्तै साँघुरो छ बाटो पनि। चिसो मौसम र मनोरम ठाउँ। यातायातको पनि सुविधा। होमस्टेको सुरुवात भइसकेकाले स्वदेशी र विदेशी पाहुनाको एउटा गन्तव्य नै हुने भएको रहेछ त्यो ठाउँ। पर्यटन नै हो आर्थिक पक्ष सबल हुने।
साँगुरीगढीमा स्थानीय दिदीबहिनीहरूले खादा ओढाई स्वागत गर्नुभयो। परिचयात्मक कार्यक्रमपछि नाङ्लोभरि ताजा, हरियो काँक्रा, पिसेको अकबरे खोर्सानी र जम्बो बोत्तलभरीको तीनपाने आइपुग्यो हाम्रो सामु। इच्छा हुनेहरूले खाए मज्जैले। अनि सुरु भयो नाचगान।
गाडीबाट ओर्लिएर ओरालो हिँड्दै एउटा निर्माणाधीन सामुदायिक भवनमा पुग्दा स्थानीय दिदीबहिनीहरूले खादा ओढाई स्वागत गर्नुभयो। परिचयात्मक कार्यक्रमपछि नाङ्लोभरि ताजा, हरियो काँक्रा, पिसेको अकबरे खोर्सानी र जम्बो बोत्तलभरीको तीनपाने आइपुग्यो हाम्रो सामु। इच्छा हुनेहरूले खाए मज्जैले। यसैबीचमा मनोरञ्जन कार्यक्रम पनि राखिएको रहेछ। मगर पोशाकमा सजिएका दिदीबहिनी र दाजुभाइहरू लहरै उभिएर लोकभाकामा गीत गाउँदै हात समाई समाई नाच्न थाले।
“हिमालैचुली नि हौ त्यो पल्लो पनि
गाई म-यो रोगैले हौ देशै रमाइलो ।
कहाँको तिमी नि हौ कहाँको हामी
भेट भयो जोगैले हौ देशै रमाइलो ।”
उहाँहरू नाच्दा–नाच्दै हामी सबैलाई तान्दै नचाउनुभयो। निकैबेर रम्यौँ हामी स्थानीयहरूको नाचगानमा। खानपीन र नाचगान पश्चात हाम्रोतर्फबाट नगरपालिका मेयर रोमनाथ ओलीज्यूले उक्त सामुदायिक भवन निर्माणको लागि सहयोगस्वरुप २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो।
सूर्योदय। भोलिपल्ट।
बिहानदेखि नै भूइँकुहिरोसित लुकामारी खेलिरहेको थियो पारिको धनकुटा र तलको धरान बजार। कुहिरोसँगै धनकुटा र धरान डुलेको अनुभूति गरेँ मैले।
नास्तापछि भेडेटार छाड्यौं हामीले। हामीसँगै धरानतिरै ओरालो लाग्दै थियो कुहिरो। साँच्चै गर्मी छल्ने आकर्षक गन्तव्य रहेछ भेडेटार। भेडेटारमा ५ दर्जन हाराहारीमा होटल तथा रिर्सोट रहेछन्। अन्य परिकारका साथमा बंगुरको कानजिब्रो र तोङ्बाका लागि भेडेटार प्रख्यात रहेछ।
त्यहाँको प्रकृति र आत्मीयता सम्झँदा मलाई फेरी भेडेटार पुगिहालौं जस्तो लाग्छ।
‘अहिले तपाईं हिँड्नुपर्ने उकालो ऊ त्यही जङ्गलबिच देखिएका बाङ्गाटिङ्गा सेता धर्साजस्ता बाटा हुन्। जङ्गलमाथि देखिएका घरहरू तेङ्बोचेका होटल हुन्। त्यही ठाउँमा हो तपाईंको आजको बास।’ सनासाको बिसौनीमा एकजना यात्रीले मेरो जिज्ञासा यसरी मेटाइदिएका थिए। आफ्ना औंलाले पूर्वको पहाड औंल्याउँदै आजको मेरो गन्तव्यबारे मलाई यसरी जानकारी दिएका थिए।
‘उकालो त गाह्रो होला जस्तो पो छ। दुई घण्टामा त उकालो चढिएला नि भाइ?’ मैले उनलाई सोधें।
‘एक घण्टामा तेङ्बोचेको उकालो काट्नुहुन्छ,’ उनले आफूले हिँडिरहेको बाटो हिँड्न सजिलै सकिने अनुभव सुनाए।
यति भन्दै आफ्नो झोला बोकेर उनी नाम्चेतिर उकालिए। तीनचार दिनदेखि सोलु जिल्लाको खुम्बु क्षेत्रमा म हिँडिरहेछु। सगरमाथा आधार शिविरको पैदल यात्रामा पाइलैपिच्छे यात्रीहरूको भिडमा हराउँछु। लुक्लाबाट नाम्चे हुँदै रमाइलो, रोमाञ्चक र कौतुकमय पदयात्रा प्रारम्भ भएको छ।
नाम्चे तेङ्बोचे पुग्न सनासाबाट म लैसासाको ओरालो झर्न थालें। बाटैभरि पदयात्री, विदेशीहरूको भिडाम भिड। सामान बोकेका घोडा र झम्पेहरूको उस्तै लस्कर। बाटो छेउको बडेमान ढुङ्गामा ‘ऊँ माने पेमेँ हूँ’ लेखिएका सुन्दर अक्षर कुँदिएका। यति ठुलो पहाडजस्तो ढुङ्गामा पनि कसरी अक्षर कुँदेको होला भन्ने कौतूहल हुन्छ। उत्तरतिर यस्तै ठुलो चट्टानी पहाड गजधम्म उभिएको।
पूर्वी भागमा हिमाली लस्करैमुनि तेङ्बोचे पाहुना पर्यटक पर्खिएर बसिरहेझैं लाग्छ। लुङ्दर फरफराइरहेका जताततै। ती ध्वजापतकामा बुद्धका शान्त मुद्रा र लेखिएका अनेक अक्षरहरू चलायमान छन्।
तेर्सो बाटो, फेरि ओरालो, फेरि त्यस्तै तेर्सो। कतै बोटवनस्पति केही नभएको पाखो। फाट्टफुट्ट झारपात र बुट्यान मात्र। पाखामा निस्फिक्री नाउर चरिरहेका देखिन्थे। अनेक जातका चरा उडिरहेका, च्याँच्याँचुँचुँ कराइरहेका। बल्ल जङ्गलको ओरालो बाटो हुँदै बिसौनी, लज, रेस्टुरेन्ट। सफा, कञ्चन दुधजस्तै सेतो दुधकोसी उन्मुक्त जलप्रवाहमा बगिरहेको। एकछिन त्यही पानीको छाल, तरङ्ग र भेल हेरेर आनन्दित हुन्छु।
फुङ्गिताङ्गा भन्ने यो ठाउँ पहाडको काखमा पारिलो घामले न्यानो पारिरहने बेंसी। दुधकोसीको झोलुङ्गे पुल तरेर पारि जानुअघि पुलछेउमै चिटिक्कको रेस्टुरेन्ट देखिन्छ। फुलिरहेका फूलहरू गमलामा सजाइएका। सफासग्घर त्यस्तै। त्यहाँ पसेर चियाखाजाले पेटपूजा गर्छु।
‘भाइ, तेङ्बोचेको उकालो काट्न कति समय लाग्ला मलाई ? कत्तिको गाह्रो होला?’ उकालो काट्न अलि कठिन हुने सोच्दै जिज्ञासा राख्छु। रेस्टुरेन्टका शेर्पा भाइले धेरै कुरा सुनाए। हौसला दिएर मलाई हिम्मतिलो पारे। उनको कुरा सुनेर म सजिलै छिनभरमै तेङ्बोचे पुगेजस्तै महसुस भयो।
कोसीको सुसाइले कान टालिएको। हेर्छु सुन्दरताका दृश्यहरू बाटोघाटो, पुलपुलेसा, पाखा, खोल्सा, वन, बगर सबैतिर बिस्कुन सुकाइएझैं। तिनैलाई हेरेर धित मार्न विदेशी पारखी यता ओइरिएका होलान् भन्ठान्छु। त्यसपछि कोसीको बगर हेर्दै, होटल, लज, निकुञ्जको सुरक्षा पोस्ट हुँदै तेङ्बोचेको उकालो सुरु हुन्छ।
त्यहाँका होटल, लजहरूमा पर्यटकहरू आराम गर्दै चियाखाजा खान निकै घुँइचो देखिन्छ। भरियाहरू भारी बिसाइरहेका, बोकेर हिँड्ने तयारी गरिरहेका र पर्यटकहरू फोटो खिच्न व्यस्त छन्। कति त गफमा मस्तले हाँसिरहेका तर कोसीको प्रवाहसँगै पानीको आवाजले आवाज बुझिन्न। उनीहरूको रमाइलो हेर्दै म उकालोमा पाइला चाल्न थाल्छु।
तेङ्बोचेको उकालो छिचोल्नु थकित ज्यान भएको बेला निकै कठिन हुने रहेछ। मुस्किलले पाइला उचाल्दै फेरि अर्को पाइलालाई अघि बढाउनु कम गाह्रो नहुने। कहिले तेङ्बोचेको थाप्लामा पुगिएला र थपक्क पिठ्युँको झोला बिसाउँला भन्ने हतारो तर जति पाइला हिँडाए पनि पुग्न सकेको होइन।
उकालोमा कति पर्यटक ओहोरदोहोर गरिसके। कति जनाले उकालो काटिसके। कति जना ओरालो झरिसके। बटुवा नहिँड्दा एकलास जङ्गलको बाटो। सुनसान वातावरणमा चराचुरुङ्गी उडेको आवाज सुनिन्छ। जमिनमा जनावर हिँडेको आवाजले मन झस्याङ्ग हुँदै हठात् झस्किन्छ। अलिकति डर पनि लाग्छ। लुकाएर लुकाउन नसकिँदो रहेछ डरलाई। एकान्तमा अचानक कतै बाघ निस्कियो भने के गर्ने?
यहाँ यतिबेला ‘गुहार’ भन्दै चिच्याउने कि भाग्ने? रुख चढ्ने कि बाघमाथि जाइ लाग्ने? त्यसबेला मलाई बचाउन को आउने? वनको एकान्तमा कसले सुन्ने मेरो अरण्य रोदन?
यस्तो घना वनको बाटो छ, जहाँका पशुपक्षीलाई मानिसले केही गर्नुहुँदैन। सगरमाथा राष्ट्रिय निकुञ्जले निगरानीमा राखेको छ। आज बिहान चिया खाँदै गर्दा एकजना स्थानीयले भनेका थिए, ‘चराको बच्चा चिसोले मर्न लागेको भेटेर घरमा ल्याएको, बेलुका त सेनाका मानिस सोध्दैखोज्दै आए। किन ल्याएको वनका चरा भनेर सातो खाए। मर्छ होला भनेर न्यानोमा राख्न ल्याएको भन्दा पनि उनीहरूको चित्त बुझेन। यसरी ल्याउनु हुँदैन भन्ने कुरा थाहा भएन भनेपछि बल्ल छुट्कारा दिए। चराको बच्चा पनि उनीहरूले नै लिएर गए।’
तिनले अलि अफसोस माने-‘बिचरा! ती बच्चाले न्यानो पाए होलान् कि पाएनन्, चारा दिए कि दिएनन् होला? मर्न त मरेको छैन होला कि! बेकारमा मैले जङ्जंगलबाट उठाएर ल्याएछु। तर मैले यसरी बच्चा घरमा ल्याएको कुरा चाहिँ ती सेनाका मान्छेलाई कसरी थाहा भयो? कसले भन्यो होला? मैले घरमा ल्याएको कसैले देखेजस्तो त लागेको थिएन।’
त्यसैले यहाँको यो उकालोको बाटो वन्यजन्तुहरूबाट निकै खतरनाक नहोला भन्न सकिन्न। कति हिंस्रक जनावरहरू होलान्। मानिसले केही गर्न नभएपछि तिनीहरू कतिसम्म मात्तिएर महसुर हुँदै डुलिरेहका होलान्। बाघ, भालु, हिउँचितुवा पनि होलान्।
जङ्गलमा घाँसदाउरा गर्न निषेध भएकाले मानिसहरू वनतिर पस्नु पनि भएन। यसो हुँदा वनजङ्गल धेरै झोरझाडी र बोटवनस्पतिले घना भएको होला। बाटा छेउछाउका रुखहरू बुढा भएर लेउझेउले जेलिएका, कुनै सुकेका देखिएकै हुन्। कति ठाउँमा त रुख ढलेर मक्किइसकेका र त्यहींबाट च्याउ, झ्याउ, उन्युजस्ता विरूवा पलाएर अनौठो रूप देखिन्थ्यो।
‘यस्तो जङ्गलको बाटोमा कुनै जनावरहरू आउँदैनन्? कसैलाई आक्रमण गरेको छैन?’ मैले गरेको प्रश्नमा चियापसलका सबैले ‘यस्तो नराम्रो घटना चाहिँ आजसम्म नघटेको’ बताए। तर मलाई विश्वास लागेन किनभने मान्छेले सिकार गर्न पनि नपाउने र जङ्गलभित्र जानु नै एकप्रकारले बन्देज भएपछि त्यहाँका जनावर डरलाग्दा नहोलान् र?
स्थानीयले मलाई आश्वस्त पार्दै भनेका कुरा पुनः सम्झिन्छु-‘जङ्गलको बाटो भए पनि कुनै डर, त्रास केही हुँदैन। राति एक्लै हिँड्दा पनि केही हुँदैन। जनावरले आक्रमण गर्ने वा चोरी, लुटपाट हुने केहीको पनि डर मान्नु पर्दैन। निर्धक्क भएर हिँड्नु भए हुन्छ।’
तथापि मन शान्त हुँदैन। बेचैनीले छट्पटिँदै बाटो छिटो छोट्याउन खोज्छु। कोसीको सुसाइ पनि अब टाढिँदै गइसकेको छ। त्यसैले उकालो बाटो आधाउधी त भयो होला भन्ने अनुमान गर्छु। आफू आएको बाटो फर्केर हेर्छु। जानुपर्ने बाटो घाँटी तन्काएर मास्तिर हेर्छु। अघिसम्म हिँड्नेहरूको कति धेरै हुल ओर्लिरहेका। उछिनापाछिन हुँदै यात्रीहरूको ओहोरदोहोर कति हो कति ? बाटामा भेटिने र छुटिने कति कति यात्री।
बिसौनीमा बिसाएर भरियाहरू खाजा खाइरहेका। भारीलाई तोक्मामा टेकाएर खुइड्ढय गर्दै लामो सास फेरिरहेका। उकालोको साँघुरो घुम्तीमा त बाटो पाउन एकछिन पालो पर्खिनुपर्ने। सामानले लादिएका घोडा, झम्पेहरूका घाँटीमा बाँधिएका घण्टीको आवाज सुनेपछि त बाटोको भित्तातिर सुरक्षित नबसे बित्याँसै पर्ने। तिनले बोकेका सामानको धक्काले लडाउन सक्ने। कुनैले त लात्तीले उछिट्याउने। त्यसैले यिनीहरू आएको देख्ना साथ पहिले नै सतर्क हुनुपर्ने रहेछ। बाटो छोड्नु र भित्तातिर आड लिएर बस्नु बुद्धिमानी हुने रहेछ।
त्राहिमाम् त्राहिमाम् हुँदै छिटो छिटो, झन् छिटो फड्को मार्छु। खुट्टा उकालोमा उक्लिन मुस्किल हुन्छ। नाम्चेदेखि दिनभरि ओरालो झरेकाले खुट्टा थाकिसकेको हुनुपर्छ। त्यसैले उकालोमा पाइला सार्नै हम्मे हम्मे भइरहेको छ। जङ्गलतिर आँखा नियाल्छु, लालीगुराँसको जङ्गल देखापर्छ।
ओहो! हाम्रो राष्ट्रिय फूल लालीगुराँस ! तर चिसोले खाएर होला, फूल फुल्नका लागि कोपिला लाग्ने सुरसारै भएको छैन। फुल्ने, फैलिने कहिले होला भनी सोच्छु। गुराँस फुल्दा वनै रङ्गीन, सुगन्धित भएर मगमगाउँदो होला।
कहिल्यै नदेखेका, नचिनिएका चराहरू निर्धक्क भुइँमा चारा खोज्दै खाँदैछन्। अनि आत्मबल बढाउँछु– यिनलाई त केही डर छैन भने म मान्छे किन डराउनु? यदि बाघ आउने भए यी बिचरा चरा कहाँ यसरी आरामले चारा खोज्दै बस्थे होलान् र?
मन बुझाउँछु। तथापि कानहरू चनाखा हुन्छन्। आँखाहरू जङ्गलतिर नियालिरहन्छन्। पाइला बाटोमा दौडाउँछु। चुपचाप चुपचाप मौन सन्नाटाले उकालो केहीछिन चकमन्न हुन्छ। झन् अनेकौं कुरा मनमा खेल्न थाल्छन्। डरले अन्यौलमा पर्छु। निधार खुम्च्याएर बाटो तलतिर यसो नियाल्छु।
पर्यटक भरिया कोही पनि उकालो निस्किरहेका देखिँदैनन्। बाटो पनि एकदमै सुनसान छ। विस्फारित लोचनले ठाडो उकालो मास्तिर हेर्छु– चरामुसाको पनि कुनै चालचुल छैन। पात खसेको, चरा चलबलाएको फिटिक्क केही आवाज सुनिँदैन।
मधुर गुञ्जन एक्कासी मेरो चनाखो कानमा पर्छ। सास रोकेर सुन्छु– यो गुञ्जन मान्छेको हो कि कुनै अज्ञात पशुपक्षीको हो? म ठम्याउन सक्दिनँ। मान्छेले खासखुस कुरा गरेजस्तो पनि लाग्छ। चराले पातपतिङ्गर खोस्रिएजस्तो पनि। कुनै जनावर बिस्तारै हिँडिरहेजस्तो पनि। आङ सिरिङ्ग हुन्छ। पछि थाहा भयो आखिर त्यो त सरर हावा चलेको सुस्तरी गुञ्जन मात्रै रहेछ।
दिन ढल्किसकेको छ। सायद घाम अस्ताउने तर्खरमा होला। हेलिकोप्टरको चर्को आवाज पनि आउन छाडिसकेको छ। चिसोको मात्रा पनि बढ्न थालिसकेको छ। त्यसैले होला, बाटोमा मानिसको हिँड्डुल कम हुँदै गइरहेको। चित्त बुझाउने प्रयत्न गर्छु। डर भगाउने उपाय खोज्छु। सोच्छु, सम्झन्छु, आफैंलाई सम्झाउँछु।
तेङ्बोचेबाट विदेशी पदयात्रीहरू प्रायः दिउँसै बास बस्छन्। र, आफूलाई वातावरण अनुकूल राख्न आराम गर्दै हिँड्छन्। ओरालो झरिरहेका भरियालाई सोध्छु– ‘अब तेङ्बोचे पुग्न कति समय लाग्ला?’
‘अँ, तपाईंलाई आधा घण्टा जति हो।’ मलाई यसो हेर्दै अनि आफू आएको उकालोतिर फर्केर हेर्दै तिनले मलाई लाग्ने समयको अनुमान गरी भने। तर तिनको त्यो अनुमान कति सही हो तिनैले जानून्। मलाई चाहिँ जति हिँड्दा पनि उकालो काटेर भन्ज्याङमा बिसाउन पुग्ने समय बितेर गइरहेकामा दिक्क लाग्नु स्वाभाविक हो।
आधा घण्टा भनेको एक घण्टामा त जसरी पनि पुगिहाल्छु भन्दै म फेरि उकालो चढ्छु। एकछिन बस्छु, बिसाउँछु। अब बास बस्न पुग्ने भनेकै त्यही तेङ्बोचे हो, के को हतार र!
झोला बोक्छु। लट्ठी टेक्छु। हिँड्छु। उही उकालो, उस्तै ढुङ्गाका सिँढी आउँछन्। तिनलाई टेक्दै मास्तिर निस्किन्छु। तर माथि पुग्ने छेकछन्दै आउँदैन। फेरि उस्तै कुइनेटो आउँछ। उही उकालो भेटिन्छ। उही बोटबुट्यानहरू आउँछन्।
आधा घण्टा कटेर एक घण्टा पुग्छ समय। तर मरिगए तेङ्बोचे आउँदैन। म जङ्गलकै उकालो बाटोमा छु। हरे, हैन थाकेको बेला पुग्नुपर्ने गन्तव्य पनि कति टाढिँदै गएको हो? आखिर म हिँडिरहेकै छु।
‘हैन, तेङ्बोचे अब आइपुगेन?’ अर्का बटुवासँग प्रश्न गर्छु।
‘अब अलिकति मात्रै हो। आधा घण्टा जतिमा पुगिहाल्नुहुन्छ,’ सजिलै उत्तर दिएर उनी खुरुरु ओरालो झर्छन्। म तिनको हिँडाइ र भारीको बोझ हेर्छु। यसरी भारी बोकेर सजिलै बाटो काट्नेहरूको कैयौं ताँतीले डाँडा काटिसके। म भने सोध्दैमा जहाँको तहीं छु जस्तो लाग्छ। कहिले पुगिने हो त्यो तेङ्बोचे? हैन कति टाढा भएको हो? आफैं हैरान हुन थाल्छु।
लालीगुराँसका बोटबुट्यानका जङ्गल हुँदै उकालो चढिरहँदा पाइपबाट पानी झरिरहेको आवाजले झस्काउँछ। पानी पिएर जाँगर बटुल्नुपर्ला भन्ने सोच्दै झोला बिसाउँछु। आँखै सामु एकदमै नजिकबाट पानी पिउन आएका एक जोडी डाँफे देखेर खुसीले उफ्रिन्छु। एकदमै नजिकबाट डाँफे देख्न पाउँदा खुसीले रमाउँछु। डाँफेका प्वाँख र पखेटाका रङहरू।
भाग्ला कि भनेर बिस्तारै चाल मारेर फोटो खिच्ने कोसिस गर्छु। एउटा डाँफे भुर्र उडेर जङ्गलतिर पस्यो। अर्को डाँफेले भने मलाई फोटो खिच्नका लागि मजाले ‘पोज’ दियो। यसरी राष्ट्रिय फूल र राष्ट्रिय पक्षी एकसाथ देख्न पाउँदा थाकेर हिरिक्क हुन लागेको ज्यानले पनि आनन्द महसुस गर्न पाउँदा आफैंलाई धन्य सम्झिँदै उकालो लाग्छु।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...