इटहरी, पुस १० (नागरिक) - हतियारसहित सुनसरी अमाहीबेलाबाट चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गाउँमा हतियार प्रदर्शन गर्दै हिँडेको र गाउँलेले त्रसित भएर प्रहरीलाई जानकारी दिएपछि भारत अररिया जोगवनी-३ का ३५ वर्षीय महमद साविरसहित अन्य तीन जना नेपाली पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
पक्राउ पर्ने नेपालीमा देवानगन्ज-५ का ४८ बर्षीय अताबुल साफी, अमाहीवेला-६ का ५५ वर्षीय जाकिर मियाँ र सोही ठाउँका ५० वर्षीय अकिरुद्दिन मियाँ छन् ।
पक्राउ पर्नेमध्ये भारतीय नागरिक महमदका साथबाट प्रहरीले एक थान अमेरिकामा बनेको पेस्तोल, त्यसमा प्रयोग हुने तीन राउण्ड गोली र एक थान म्यागजिन बरामद गरेको छ । पक्राउ पर्ने चारै जनालाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्धा चलाउने प्रहरीले जानकारी दिइयो ।