हतियारसहित दुई जना पक्राउ
१८ कार्तिक २०७६
•
३ मिनेट पाठ
हतियारसहित दुई जना पक्राउ
हतियारसहित पक्राउ परेकालाई सार्वजनिक गर्दै मोरङ प्रहरी । तस्बिर/नागरिक
विराटनगर– मोरङको कटहरी—१ बाट हतियारसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरी—२ का विक्कीकुमार भगत र मोरङ धनपालथान–७ कदमाहाका मुकेशकुमार मण्डल छन्।

छठ पुजाको अवसरमा सिंघिया खोला पूर्वतर्फको चौरीमा आयोजित ‘सांस्कृतिक साँझ तथा नृत्य कार्यक्रम’ स्थलबाट विक्कीकुमार भगतलाई हतियारसहित पक्राउ गरिएको थियो। भगतकै बयानका आधारमा मण्डललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोरङ प्रहरी प्रमुख विश्व अधिकारीका अनुसार सांस्कृतिक कार्यक्रममा हुल हुज्जत भएको थियो। कार्यक्रममा हुलहुज्जत र ढुंगा प्रहार गर्नेहरूलाई पक्राउ गर्नेक्रममा विक्कीकुमार भगत पनि पक्राउ परेका थिए। उनको शरिर तलासी लिँदा उनको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन २ थान, पेस्तोलभित्र भएको म्यागेजिनमा लोड गरिएको अवस्थामा एउटा गोलिसमेत बरामद भएको प्रहरीले  जनाएको छ। यस्तै उनको साथबाट एउटा ट्याब्लेट र ५ वटा सिमकार्डसमेत बरामद भएको छ।

पक्राउ परेका भगतले पेस्तोल मुकेशकुमार मण्डलले बोक्न दिएको बयान प्रहरीलाई दिएपछि मण्डललाई पनि विराटनगरस्थित जलजला चोक क्षेत्रबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख अधिकारीले बताए। पक्राउ पर्ने मध्येको विक्कीकुमार २ वर्षदेखि विराटनगरस्थित एक कपडा पसलमा रोजगारी गर्दै आएको र अर्का मुकेशकुमार मण्डल उदयपुरको रामपुर ठोक्सिालस्थित एक लघुवित्त वित्तीय संस्थामा कार्यरत रहेको र हाल छठपर्व मनाउन विदामा रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

पेस्तोल कहाँबाट ल्याएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए। पक्राउ परेकाहरू विगत केहि समयदेखि अबैध हातहतियारको कारोबार गर्ने भारतीय र नेपाली नागरिकहरूसँग सम्बन्ध स्थापित गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरू अन्य अपराधिक क्रियाकलापमा समेत संलग्न भए नभएको विषयमा पनि अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। 

पक्राउ परेका दुवैको अदालतबाट म्याद थप गरी मुलुकी फौजदारी ऐन २०७४ बमोजिम अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ।
अर्को समाचार
वन्यजन्तु चोरी शिकारीमा संलग्न ७ जना हतियारसहित पक्राउ
११ पौष २०७६
•
४ मिनेट पाठ
वन्यजन्तु चोरी शिकारीमा संलग्न ७ जना हतियारसहित पक्राउ
बरामद गरिएका हतियार, छालासहित अभियुक्त ।
बाजुरा- वन्यजन्तु चोरी शिकारीमा संलग्न ७ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराको सक्रियतामा अवैध घरेलु एक नाले बन्दुकसहित ७ जनालाई पक्राउ गरेको हो। पक्राउ गरेकालाई प्रहरीले वन्यजन्तुका छाला, हतियारसहित सार्वजनिक गरेको छ।

लेकाली भेगमा चिसो बढेसँगै प्रत्येक वर्ष अवैध चोरी शिकारी हुने गरेको छ। हिउँ परेपछि जंगली जनावर वेशी झर्ने र सोही मौका छोपेर स्थानीयले अवैध हतियार प्रयोग गरि वन्यजन्तु चोरी शिकारी गर्ने गरेका छन्। कानुनले वन्यजन्तु चोरी शिकारी अवैध मानेको छ।

पक्राउ परेका ७ जना बुढीनन्दा नगरपालिका पाण्डुसैनका रहेका छन्। चोरी शिकारी गरिरहेकै अवस्थामा जंगलबाटै पक्राउ गरेको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन्। प्रहरीले चिसोमा चोरी शिकारी बढ्ने आशंकामा व्यापक प्रहरी परिचालन गरेको छ।

शिकार खेल्न गएको बेला भाइको बन्दुक पड्कीएर आफ्नै दाई घाइते भएपनि प्रहरीले खोजी कार्य झनै व्यापक बनाएको थियो। सोही क्रममा बुढीनन्दा नगरपालिका ८ का ५९ वर्षीय आईत बोहरा, ३१ वर्षका बलबहादुर बोहरा, २५ वर्षका मनिचन्द्र बोहरा, ४० वर्षका कबिन्द्र बोहरा, ३२ वर्षका दलबहादुर कामी, १९ वर्षका पृथ्वी बोहरा र वडा नम्बर १० का ४८ वर्षका पृथ्वीबहादुर सिंह रहेका छन्।

ती ७ जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। उनीहरुबाट ४ थान भरुवा बन्दुक बरामत गरेको छ। बलबहादुर बोहरा, दले कामी, कबिन्द्र बोहरा र मनिचन्द्र बोहरासँग अवैध भरुवा बन्दुक रहेको प्रहरीले बतएको छ। उनीहरुलाई पुस ९ गते राति पक्राउ गरेको हो।

प्रहरीले कबिन्द्र बोहराको घरबाट अवैधरुपमा वन्यजन्तुको शिकार गरी राखेको जंगली जनावरको छालासमेत बरामदगरेको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन्।

जंगली जनावर थारा, घोरल, रतुवाको छाला ५ थान फेला प्रहरीले जिल्ला प्रहरी कार्यालयमा सार्वजनिकसमेत गरेको छ। सातै जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ बमोजिम हातहतियार खरखरजना सम्बन्धी कसुर मुद्धा दर्तासमेत गरि प्रक्रिया अघि बढाईएको छ।

पक्राउ परेको सातै जना दोषी ठहरीए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ। हिमाली भेगमा हिमपातसँगै चोरी शिकार बढेपछि प्रहरीले सक्रियता बढाएको छ।

स्थानीयले बन्दुक, भाला, हंसिया, लाठी लगायत घरेलु हतियार र शिकारी कुकुरसहित मानिसहरु रतुवा, घोरल, झारल, थारल, बंदेल लगायत जंगली जनावर र डांफे, कालिज लगायत पंछिहरुको समुहमा शिकार गर्ने गरेका छन्। जसका कारण वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस