यतै कि उतै?
२३ असार २०७०
•
२ मिनेट पाठ
यतै कि उतै?
बजारमा उनले दिएको उत्तेजक चुम्बन दृश्य र कामुक नृत्यको विभिन्न कोणबाट चर्चा भइरहेको छ। फिल्मको प्रचार गर्न खप्पिस निर्देशक मानिने उकेश दाहाल अभिनेत्री शशी खड्काका प्रत्येक दृश्यका तस्बिर मिडियाबाजीका लागि पठाइरहेका छन्। तर, यही फिल्म 'किन किन'को सुटिङ सकाएलगत्तै शशी सम्पर्कविहीन छिन्। त्यसैले निर्देशक दाहालले अचेल असाध्यै धेरै झेल्ने प्रश्न बनेको छ, 'शशी खोइ?' काठमाडौँस्थित पब्लिक युथ क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत शशी परीक्षाका लागि होस्टलमा बसिरहेको भनेर केही समय टारे। शशीले उनलाई पनि त्यसै भनेकी थिइन्। तर, परीक्षा सकिएपछि पनि शशी सम्पर्कमा आइनन्। अचेल उकेश जवाफविहीनमात्रै छैनन्, तनावमा पनि छन्। फिल्म रिलिज हुन डेढ महिना पनि बाँकी नभएको अवस्थामा मुख्य हिरोइन बेखबर भएपछि प्रचारमा समस्या आउने देखिएको साथीभाइलाई भनिरहेका छन्। तनावग्रस्त निर्देशक दाहालका लागि खुशीको खबर छ, शशी १५ दिनमा सम्पर्कमा आउनेछिन्। शुक्रवारसँग फेसबुक सम्पर्कमा आएकी उनले 'यो फिल्म करिअरको सवाल' भएको बताउँदै अबको १५ दिनभित्र सम्पर्कमा आउने बताएकी छिन्। अनलाइनमा उनले भनिन्, 'यो फिल्म हिट भएन भने मेरो अन्तिम फिल्म हुनेछ।' कता हो त? भन्ने प्रश्नमा उनको उत्तर थियो, 'यतैउतै।' उनी उतै (विदेशतिर) रहेको हल्ला बजारमा बाक्लै छ। यतैउतै भन्ने ठाउँको नाम नभएकाले उनी यतै छिन् कि उतै, खुट्याउन मुस्किल पर्‍यो।


अर्को समाचार
बुटवलका डेंगु बिरामी राजधानी धाउँदै
०९ कार्तिक २०७४
•
५ मिनेट पाठ
बुटवलका डेंगु बिरामी राजधानी धाउँदै
काठमाडौं – स्थानीय तहकै स्वास्थ्यसंस्थामा उपचार हुनुपर्ने डेंगुका बिरामीले उपचार नपाएपछि  बुटवलबाट राजधानी धाउनुपरेको छ । बुटवलबाट राजधानीको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा दैनिक बिरामी आइरहेको अस्पतालले जनाएको छ ।  ‘उतै उपचार हुनुपर्ने हो, बिरामी आत्तिँदै यतै आइरहेका छन्’, टेकु अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले भने। 




एडिस एजिप्टाई नामक लामखुट्टेले मानिसलाई टोकेमा यो रोगको संक्रमण हुन्छ । यो लामखुट्टे मनसुन सकिने समयपछि सक्रिय हुन्छ । विशेष गरी सफा पानी जम्ने टायर, प्लास्टिकका बोतल, कुलरजस्ता स्थानमा यो लामखुट्टे फैलिने गर्छ । रोगको भाइरस लामखुट्टेले टोकेर मानिसमा सरेपछि रगतको माध्यमबाट शरीरभरि फैलिन्छ । यो भाइरस फैलिएपछि कलेजो र दिमागमा समेत असर पुग्न सक्छ। 

बिरामीले आफूखुसी बु्रसेट र फेलेक्सोन किनेर खाएको पाइएको भन्दै यसो नगर्न चिकित्सकको सुझाव ।

बुटवलबाट पछिल्लो एक साता मात्र डेढदर्जन बिरामी उपचारका लागि आएको डा. पुनले जानकारी दिए । ‘आएका मध्ये केही गम्भीर अवस्थाका र केही सामान्य अवस्थाका छन् । भर्ना भएर उपचारको क्रम जारी छ’, डा. पुनले भने । 

कतिपय रोगीले स्थानीय तहमा परीक्षण किट नपाएको र उपचार असहज भएको भन्दै राजधानी आइपुगेको उनले बताए । ‘कतिले पैसा तिर्छु भन्दा पनि किट पाइएन भन्दै आएका छन्, कतिपय यहाँ राम्रो उपचार हुन्छ भनेर आएको भन्छन्’, उनले भने । दुई महिनाको अवधिमा उक्त अस्पतालमा मुलुकभरबाट आएका सयभन्दा बढी डेंगुरोगी उपचार गराएर फर्किसकेका छन्। 

राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख भीम आचार्यले भने स्थानीय रुपमै किट र उपचारको व्यवस्था भएको दाबी गर्दै बिरामी आफूखुसी राजधानी आएको बताए । ‘जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत किट वितरण व्यवस्था गरेका छौं । प्राथमिक स्वास्थ्य केन्द्रमै डेंगुको उपचार हुन्छ’, आचार्यले भने। 

चिकित्सकका अनुसार डेंगुको संक्रमण भएमा ज्वरो आउने, शरीरमा आन्तरिक रक्तश्राव हुने, जोर्नी र मांशपेशी दुख्नेजस्ता लक्षण देखिन्छन् । यी लक्षण देखापरेमा तुरुन्त नजिकको स्वास्थ्यसंस्थामा पुगेर रोग पहिचान गर्नुपर्छ । आन्तरिक रक्तश्रावका कारण बिरामीको ज्यानै जान सक्ने भएकाले स्थितिअनुसार अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने चिकित्सक सुझाउँछन् । अस्पतालमा आउने बिरामीले आफूखुसी बु्रसेट र फेलेक्सोन किनेर खाएको पाइएको भन्दै यसो नगर्न डा. पुनले सुझाए । यी औषधीको प्रयोगले उल्टै रक्तश्राव गराउन सहयोग पुर्‍याउने उनले जानकारी दिए । समयमै चिकित्सकलाई देखाएर उपचार गरे रोग निको उनले उनले बताए। 

सरकारले यो वर्ष डेंगु सम्भावित जिल्लामा जिल्ला जनस्वास्थ्यमार्फत किटका लागि २ लाख ५० हजारदेखि ३ लाख रुपैयाँका दरले बजेट दिएको छ । लामखुट्टेका लार्भा नष्ट गर्न ८ लाखदेखि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो वर्ष तराईका जिल्लामा डेंगु फैलिएको छ । केही पहाडी जिल्लामा समेत संक्रमण देखिएको छ । यो वर्ष हालसम्म ८ सय ५४ जना डेंगु प्रभावित भेटिएको महाशाखाको तथ्यांक छ । सबैभन्दा बढी झापामा ३ सय ४१ जनामा रोग देखा परिसकेको छ । महोत्तरीमा १ सय ८९, रुपन्देहीमा १ सय २३ र सर्लाहीमा १ सय ८ जनामा डेंगु देखा परिसकेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस