काव्यिक पोखरा
३० जेष्ठ २०७१
•
८ मिनेट पाठ
काव्यिक पोखरा
केही वर्षअघि पोखरेली लेखक र कलाकार साहित्य, कला वा संगीतको प्रतिष्ठान पोखरामा ल्याउन भन्दै आन्दोलनमा थिए। देशमा गणतन्त्र आयो तर पोखरामा त्यस्तो कुनै प्रतिष्ठान आएन। शासनको शक्ति काठमाडौं खाल्डोबाट स्थानीय स्तरमा पुर्‍याउन संघीयताको चर्काे बहस चले पनि पोखराजस्ता सहरले राजधानीसँग पौंठेजोरी खेली नै रहनुपरेको छ।अहिले भने राजधानीसँग माग्ने होइन आफैं राजधानी बन्ने ध्याउन्न पोखरेलीले देखाएका छन्। त्यसैको पछिल्लो दृष्टान्त बन्यो, पोखरा काव्य उत्सव। जनस्तरको आफ्नै पहलबाट नेपाल र भारतका चर्चित नेपाली कविहरूको भव्य जमघट गराएर पोखरेलीले कला साहित्यको राजधानी बनाउने सपना राज्यको सहाराविनै साकार पार्ने हिम्मत देखाए। 
जेठको २४ र २५ गते पोखरा काव्यिक बन्यो। र, मौसमको गर्मागर्मीका बीच तातियो कविका विद्रोही काव्य रचनाले, कवितामाथिका गम्भीर बहस र छलफलले। दुई दिने काव्य उत्सवको पहिलो दिन नेपाल र भारतका कविले आफ्ना प्रतिनिधि कविता वाचन गरे। कवितालाई होच्याउन यहाँ कविताका पाठकभन्दा लेखक बढी छन् भनिन्थ्यो। कसैलाई भगाउन पर्‍यो भने कविता सुनाउनू भन्नेसम्मका जोक सहरमा हिट भएको बेला कवितालाई माया गर्ने प्रशस्त रहेको प्रमाण दिए। पोखरा उद्योग वाणिज्य संघको पाँच सय क्षमताको हलमा अटाइ–नअटाइ कोचिएर पनि पोखरेलीले कविता सुने। कतिले ढोकैमा उभिएर पनि कविता सुने। काव्यिक जमघटले भन्दिएको थियो, पोखरा अब साहित्यको एउटा गतिलो गन्तव्य आफैं बन्छ, बनिरहेको छ।
‘मोफसलमा यस्तो बृहत् कार्यक्रम हुँदैनथ्यो। भारतमा बसेर नेपालीमा लेख्ने कविलाई सुन्न पाइएको थिएन। त्यो अवसर उत्सवले जुरायो,' आयोजक पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष सरस्वती प्रतीक्षा उपलब्धिको हिसाब लगाउँछिन्, ‘साहित्यिक वृत्तमा एउटा तरंग सिर्जना भएको छ। कविताको इतिहासमा पोखराले एउटा पहिचान बनाएको छ।' भारतमा बसेर लेख्ने र यहाँ लेख्नले दुवैतिरको शैली थाहा पाउनुलाई उनी उत्सवको अर्काे उपलब्धि मान्छिन्। त्यसैमा सहमत छन् र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष गनेस पौडेल। भन्छन्, ‘देशभित्रकै पनि पूर्वी पहाडको स्वादका कविता सुन्न पाइयो। भारतका नेपालीभाषीको कविता सुन्न मेची तर्नुपरेन।' भारतीयलगायत धेरै कविको जमघट आफैंमा उत्साहपूर्ण रहेको बताउँछन्, कवि ईश्वरमणि अधिकारी।
पछिल्लो छिमलका हिट कवि राबतको ‘राजधानी मास्तिरको राजधानी' कविताबाट पारखीहरूको दिमाग हल्लिएन मात्रै पालैपालो युवा कविहरूले स्रोताका ताली बटुले। पारखीले कविहरूको अटोग्राफसमेत लिन भ्याए। प्रशंसकहरूको झुन्डमाझ कविहरू पनि सेलिब्रिटी दरिए। ईश्वरमणि अधिकारी, हेमन यात्री, स्वप्नील स्मृति, ज्योति जंगल, सरस्वती तिवारी, भूपिन, सुदीप पाखि्रन, रमेश श्रेष्ठ, विप्लव ढकाल, शरण आँसु, लक्ष्मण थापा, निमेष निखिलले आफू बाँचेको समयका विभिन्न तस्बिरलाई कविताको ऐनामा देखाउँदा स्रोताका आँखा चम्किए। सिलिगुढीकी रेमिका थापा, सिक्किमका राजेन्द्र भण्डारी, कालेबुङका मनोज बोगटी, दार्जिलिङका उदय थुलुङ र मनप्रसाद सुब्बाले विशाल भारतमा अल्पसंख्यक हुनुका पीडासँगै राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशका कविता सुनाए।
चन्द्रवीर तुम्बापो, बिमला तुम्खेवा, उपेन्द्र सुब्बाले पूर्वी पहाडको स्थानीय समुदायका आवाज उचाले। तुम्बापोको कवितामा कुम्भकर्ण हिमाल उभिएको थियो भने लाहुरेकी विधवा पत्नीको घाउका चहर्‍याउँदो आवाज तुम्खेवाको कवितामा थियो। सुब्बाले धाननाच, पालम र मुन्धुमका कुरा सुनाए। यी बिम्व पोखरामा बिरलै सुनिएको थियो। सरुभक्त, तीर्थ श्रेष्ठ, श्यामल, विमल निभा, श्रवण मुकारुङ, सुलोचना मानन्धर र विक्रम सुब्बाले उस्तै विद्रोही र मिठा कविता सुनाए। कुनै डिस्को थेकको रंगीबिरंगी प्रकाश र झकिझकाउ मञ्चमा कविता वाचन गर्दा कविको व्यक्तित्वले रौनिक पाएको थियो।
पहिचानको मुद्दा बोकेका कविताले तातेको पोखरालाई उत्सवको दोस्रो दिन कवितामाथिको गर्मागर्मी बहसले ततायो। तुलसी दिवस, सरुभक्त, तीर्थ श्रेष्ठ, श्यामल, श्रवण मुकारुङ, राजेन्द्र भण्डारी, विप्लव ढकाल, विक्रम सुब्बा र मनप्रसाद सुब्बा कविता परम्परा र प्रक्रियामा मगज मन्थन गर्न उत्रिएका थिए। 
‘कविता लेखनको भ्रम बहसले चिर्‍यो,' कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘एक सिटिङमा कविता लेखिन्छ भन्ने भ्रमबाट सम्भवत सहभागीहरू मुक्त भए।' उनी कविता आफैं बौद्धिक विधा भएकाले कवि बौद्धिक हुनुपर्ने मान्यता राख्छन्। भन्छन्, ‘कविले धेरै पढ्नुपर्छ। आफूले बाँचेको समाज पढ्नुपर्छ। धर्म, दर्शन इतिहास, विज्ञान, भूगोल र विविध विषयको ज्ञान राख्नैपर्छ।' 
बहसले हिजो र आजको कवितामात्रै नभई भोलिको कविता कता र कुन शैलीमा जान्छ भन्ने पनि परिचर्चा गर्न सक्नुलाई सफलता मान्छन् श्रेष्ठ। ‘कविता त धेरै वाचन भएका छन्। तर, यसमाथि गम्भीर बहस भएको थिएन। त्यही खाँचो पोखरा काव्य उत्सवले पूरा गर्न सक्यो,' उनी भन्छन्।
२०३० को दशकदेखि नै टिकटमा मुक्तक कार्यक्रम गर्दै आएको पोखरेली युवा सांस्कृतिक परिवारले काव्य उत्सवले केही वर्षको अन्तर पारेर निरन्तर आयोजना गर्ने योजना बनाइसकेको छ। आयोजक हौसिएको यही योजनाबाट प्रस्टिन्छ। राजधानी काठमाडौं र भारतको जयपुरमा मल्टीनेसनल कम्पनी र कर्पाेरेट हाउसको सहयोग साहित्यले पाएको बेला पोखरामा यहाँको निजी क्षेत्रले काव्य उत्सवलाई सघाएको थियो। यसबाट पनि आयोजक झन् रौसिएका छन्। कार्यक्रमलाई निरन्तरता दिने प्रेरणामा त्यो साथले पनि तेल थपेको छ।


अर्को समाचार
तयार भयो मुक्तकको विधान
२० माघ २०७०
•
४ मिनेट पाठ
तयार भयो मुक्तकको विधान
पोखरा-कति शब्द र वाक्य भए कविता हुने र कति भए मुक्तक या अरु केही? यही अन्योल भएकाले छोटो भए मुक्तक र लामो भए कविता भन्ने परिपाटी छ। मुक्तक, कविता, तान्का, दोहा र हाइकु लगायत काव्यिक जगतका विभिन्न विधाबीच अपरिभाषित खाडल पुर्न लेखक, साहित्यकारहरुको टोलीले मुक्तकको रचना विधान घोषणा गरेको छ।




नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा भेला भएका देशभरका साहित्यकर्मीले शनिबार पाँचबुँदे पोखरा घोषणापत्र जारी गर्दै मुक्तकको परिभाषा प्रष्ट्याउने जमर्काे गरेका छन्। मुक्तक मञ्च पोखरा सहआयोजक रहेको बृहत् भेलाले चतुष्पदी (चार हरफे) मुक्तकलाई मानक स्वरुप मान्ने घोषणा गर्‍यो। 'हाम्रा अग्रजहरुले लेखेका तीन वा पाँच हरफका मुक्तकलाई पनि समादार भाव व्यक्त गर्दै चतुष्पदी एउटा मानक स्वरुप बनाएका हौं,' मुक्तकको रचना विधान घोषणापत्र तयारी उपसमितिका सदस्य साहित्यकार सरुभक्तले भने।

चार हरफको काव्य हुनासाथै त्यो मुक्तक हुने कि नहुने त? शुक्रबारदेखि दुई दिनको वैचारिक मन्थनमा जुटेका मुक्तककारहरुले मुक्तकको बेग्लै परिचयात्मक विशेषताको निष्कर्ष पनि निकालेका छन्। 'पछिल्ला पंक्तिहरुमा उत्तरोत्तर भावोत्कर्ष हुनु र अन्तिम पंक्तिले विचार कथ्य वा भावको पटाक्षेप गरी रहस्योद्घाटन गर्नु नै मुक्तकको निजत्व हो,' बृहत् गोष्ठीपछि जारी घोषणापत्रमा भनिएको छ।

संस्कृत साहित्यको चतुष्पदी श्लोकी शैली, अरबी—फारसीमा प्रचलित रुबाइयात, अंग्रेजी चल्तीको क्वाट्रेन र नेपाली लोक लयात्मक शैलीसमेतको अन्तर्मिश्रणबाट नेपाली मुक्तकमा मौलिकपनको खोजी गरिनुपर्ने भेलाको ठहर छ।

झन्डै चार दशकअघि २०३५ सालमा देशभरका मुक्तककारको सहभागितामा पोखरामा आयोजित भेलापछि मुक्तकको लहर चलेकाले यसको रचना विधान पनि यही सहरबाट तयार गरिएको मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले बताए। सरुभक्त, तीर्थ श्रेष्ठ, विनोद गौचन, सरोजगोपाल, उषा शेरचन लगायत सम्मिलित पोखरेली युवा सांस्कृतिक परिवारले ऊ बेलामा टिकटमा मुक्तक कार्यक्रमसमेत आयोजना गरेको थियो। साहित्यकार सरुभक्तले आफ्नो कृति प्रकाशन यात्राको थालनी मुक्तक संग्रह 'बन्द खामभित्र' बाट गरेका थिए। मुक्तकसँग पोखराको साइनो गाँसिएका यस्ता थुप्रै प्रसंगको चर्चा भेलामा गरिएको थियो।

शनिबार घोषणापत्र जारी गर्नुअघि शुक्रबार लक्षमण गौतमले मुक्तकमाथि कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसउपर रत्नशम्शेर थापा, चेतन कार्की, सरुभक्त, घनश्याम न्यौपाने, उषा शेरचन, राजेन्द्र थापा लगायतले महत्वपूर्ण विचार व्यक्त गरेपछि रचना विधान तयार भएको हो। 'मुक्तक अरुभन्दा शक्तिशाली विधा पनि हो,' कार्कीले भने, 'किनभने यसको गागरमा सागर अटाउँछ।' अरुमा भन्दा सशक्तता र सुगठनता मुक्तकमा बलियो हुने उनले बताए। प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने गुरुङले रसिलो र चोटिलो विधामा विद्यमान शैलीगत अस्पष्टता अब नरहने विश्वास व्यक्त गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस