बिरामीमाथि खुलेआम 'लुट'
२० भदौ २०७१
•
१९ मिनेट पाठ
बिरामीमाथि खुलेआम 'लुट'
– बाथरुममा लडेर घाइते भएकी चञ्चलादेवी साहलाई जेठ पहिलो साता बल्खुस्थित बयोधा अस्पताल भर्ना गरियो। आकस्मिक कक्षमा राखिएकी उनलाई अस्पतालले पछि आइसियुमा सार्योस। आइसियुमा सार्नुअघि श्रीमान शत्रुघ्नलाई वार्डमा राख्ने कि आइसियुमा भनेर सोधियो। तरकारी व्यवसाय गर्दै आएका शत्रुघ्नले 'जहाँ राम्रो उपचार हुन्छ, त्यहीँ राख्नुस्' भनेपछि अस्पतालले आइसियुमा राख्यो। लडेर हात भाँचिएकी चञ्चलालाई २२ दिन अस्पताल राख्दा पनि निको भएन।
त्यसबीच ५० पटक एक्सरे गरियो तर भाँचिएको हातमा प्लास्टरसम्म गरिएन। त्यसबापत अस्पतालले ११ लाख रुपैयाँ लियो र थप रकम तिर्न सक्दैनन् भन्ने बुझेपछि सस्तो हुन्छ भन्दै बिरामीलाई वीर अस्पताल पठायो। अहिले वीरको अर्थोपेडिक्स वार्ड वेड नम्बर ५६ मा उनको उपचार भइरहेको छ।

– फागुन ४ गते दोलखामा घा"स काट्ने क्रममा लडेकी ३१ वर्Èीया विष्णु भुजेललाई सीतापाइलास्थित शुभेच्छा अस्पतालले उपचारको पैसा नतिरेको भन्दै ६ महिनासम्म डिस्चार्ज गरेन। भाइ हरि शुभेच्छामा सफाइ मजदुरका रुपमा कार्यरत रहेकाले उनलाई त्यहा" लगिएको थियो। काका इश्वरीबहादुरका अनुसार सुरुमा निजी अस्पतालमा मह"गो हुने भएकाले नसक्ने बताए पनि अस्पताल प्रशासनले सरकारको विपन्न सहायता कोÈबाट उपचार गराइदिने आश्वासन दिएको थियो। तर, शुभेच्छा अस्पताल सरकारको उक्त सेवामा सुचीकृत नै थिएन। अस्पतालले सुरुमा ५० हजार डिपोजिट गराएर मेरुदण्डको शल्यक्रिया गरायो। पछि विस्तारै बिल बढाउँदै लग्यो। फाट्टफुट्ट बिरामी आउने उक्त अस्पतालले मुस्किलले आइपुगेका बिरामी फुत्काउन नहुने भन्दै ढाँटेको थियो। तर, सर्वत्र विरोधसँगै स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने बताएपछि अस्पतालले उनलाई गत साता डिस्चार्ज गर्यो ।

– असार दोस्रो साता मुटु उपचारका लागि कौशलटारका शिव हमाल (नाम परिवर्तन) तीनकुनेस्थित कान्तिपुर अस्पताल पुगे। अस्पतालले हमालको इसिजी गर्यो र केही दिन भर्ना हुनुपर्छ भन्यो। मुटुको विशेषज्ञ सेवा नै दिन नसक्ने उक्त अस्पतालले हमाललाई एक सातासम्म उपचार गर्योद। त्यसबीच हमालको एक लाखभन्दा बढी रकम सकियो। तर, स्वास्थ्यमा कुनै फरक आएन। पछि उनी सहिद गंगालाल अस्पताल पुगे। अस्पतालले तनावका कारण रक्तचाप बढेकाले बिहान एक्सरसाइज गर्न, हरियो तरकारी खान, रातो मासु नखान र नुन कम खान भन्दै घर पठाइदियो।

०००

उपत्यकाका चोक–चोक र गल्लीमा मापदण्ड पूरा नगरी च्याउसरी खुलेका यस्ता निजी अस्पतालले साह, भुजेल र हमाललाई झैँ अधिकांश बिरामीलाई खुलेआम लुटिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन र कारबाहीको दायरामा ल्याउन नसक्दा अस्पतालले विभिन्न बहानामा बिरामीलाई यसैगरी झुक्याइरहेका छन्।

सेवाका नाममा खुलेका यस्ता अस्पतालले उपचारका क्रममा बिरामीलाई मनपर्दी शुल्क लिन 'छुट' दिएको स्वयं स्वास्थ्य मन्त्रालयले नै हो। देशभरका निजी अस्पतालले 'निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका २०६१' अनुसार स्वीकृति पाएका छन्। तर, उक्त मापदण्ड नाम चलेका, ठूला र सामुदायिक अस्पतालबाहेक अधिकांशले पूरा गरेका छैनन्। मन्त्रालयकै तथ्यांकअनुसार ९० प्रतिशत अस्पतालले मापदण्ड पूरा गर्न सकेका छैनन्।

निजी अस्पतालले मापदण्ड पूरा गरेका छैनन्, बिरामीलाई अनावश्यक शुल्क तिराइरहेका छन्, सामान्य बिरामीलाई पनि आइसियुमा राखेर लाखौं लिइरहेका छन्, सेवा–सुविधाको क्षेत्रमा मनपर्दी गरिरहेका छन् भन्ने जान्दाजान्दै पनि स्वास्थ्य मन्त्रालयले कुनै पनि अस्पताललाई हालसम्म कारबाहीको दायरामा ल्याएको छैन। कानुनमा त्यस्ता अस्पताललाई कारबाही गर्ने अधिकार नभएको भन्दै मन्त्रालय पन्छिँदा निजी अस्पतालले बिरामीलाई लुट्ने अवसर पाइरहेका हुन्।

कमजोर कानुनको फाइदा उठाउँदै निजी अस्पतालको मनपरी व्यापक बनेपछि स्वास्थ्य मन्त्रालयले अस्पतालको हालै मात्र नयाँ निर्देशिका ल्याएको छ। 'स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०' अनुसार अबदेखि सञ्चालनमा आउने हरेक अस्पतालका भूकम्प प्रतिरोधक भवन हुनुपर्ने, शऒ्ढया संख्याका आधारमा भौतिक पूर्वाधार, उपकरण र जनशक्ति राख्नुपर्छ। पुरानो व्यवस्थाअनुसार सञ्चालनमा रहेका अस्पतालले ५ वर्षमा भवन व्यवस्थापन गर्नुपर्ने र अन्य पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरिहाल्नुपर्ने व्यवस्था निर्देशिकामा छ। तर, निजी अस्पतालले उक्त व्यवस्थाअनुसार काम गरेका छैनन्। सरकारी नियमको बेवास्ता गर्दै बिरामीलाई अनावश्यक परीक्षण गराउने, विशेषज्ञ चिकित्सक नै नभए पनि 'उपचार हुन्छ' भन्दै लामो समयसम्म झुलाउने कार्य रोकेका छैनन्।

विज्ञका अनुसार निजी अस्पताल सञ्चालकको नियत अझै पनि मापदण्ड पूरा गर्नेभन्दा कसरी पैसा असुल्ने भन्नेतिरै केन्द्रित रहेको देखिन्छ। सञ्चालकहरूले अस्पताललाई सेवाको रुपमा नभई व्यापारका रुपमा लिन थालेपछि विकृति बढ्दै गएको विज्ञको बुझाइ छ। 'मन्त्रालयले आवश्यकता पहिचान नै नगरी जथाभावी स्वीकृति दिँदा अस्पतालबीचमै अस्वस्थ प्रतिस्पर्धा बढेको छ,' एक निजी अस्पताल सञ्चालकले भने, 'जसका कारण मनपर्दी उपकरण राख्ने र परीक्षण गराउने चलन बढेको छ।' उनका अनुसार केही निजी अस्पतालले सामान्य रुघाखोकी लागेका बिरामीलाई समेत गम्भीर भन्दै आइसियुमा राखेर लुटेका छन्।

पछिल्ला दिन गल्ली–गल्लीमा खुलेका निजी अस्पतालमा सबैभन्दा बढी कमाउने थलो प्याथोलोजी ल्याब भएको छ। लगानी कम गर्नुपर्ने र परीक्षण शुल्क बढी असुल्न पाइने भएपछि अस्पतालले बिरामीलाई जतिसक्दो धेरै परीक्षण गराएर कमाइरहेका छन्। सरकारी अस्पतालमा मुटुको इसिजी १५ देखि ५० रुपैयाँमा हुने गर्छ। तर, निजी अस्पतालले दुई सयदेखि चारसयसम्म लिइरहेका छन्। यस्तै अन्य परीक्षणमा पनि सरकारको तुलनामा निजी अस्पतालले दुई सयदेखि पाँच सय प्रतिशतसम्म बढी रकम लिइरहेको पाइन्छ।

स्वास्थ्य मन्त्रालय चिकित्सक सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनी पनि यो कुरा स्वीकार गर्छन। भन्छन्, 'अस्पतालमा विकृति बढेको छ, कमजोर अनुगमनको फाइदा उठाउँदै अस्पतालले बिरामीमाथि अन्याय गरिरहेको पाइएको छ। अब आकस्मिक अनुगमन गरी कारबाहीको दायरामा ल्याउँछौं।' उनका अनुसार पछिल्लो समय विशेषज्ञ सेवा दिन नसक्ने अवस्थामा पनि अस्पतालले बिरामीलाई होल्ड गरेर पैसा असुल्ने प्रवृत्ति बढ्दै गएको गुनासो मन्त्रालयमा आइरहेको छ।

सरकारको मापदण्डअनुसार बेड संख्याका आधारमा सबै निजी अस्पतालमा पूर्णकालीन चिकित्सकसहित अन्य जनशक्ति व्यवस्था हुनुपर्दछ। तर, अधिकांश निजी अस्पतालमा एमबिबिएस पास गरेका केही चिकित्सक भए पनि विशेषज्ञ छैनन्। स्वास्थ्य मन्त्रालयकै प्रतिवेदनअनुसार उपत्यकाका बिएन्डबी, मेडिकेयर, स्टार, निदान, ब्लुक्रस, बयोधा, भेनस, अनमोल, हिमाल, ओम्निकेयर, क्यापिटल, सहिद मेमोरियल, सिटी सेन्टर, हेल्पिङ ह्यान्ड्स, स्तुपा सामुदायिक अस्पताल, शंकरापुर, शुभतारा, इशान बाल, अन्तर्राष्ट्रिय बालमैत्री, कान्तिपुर, एभरेस्ट, काठमाडौं र विनायक अस्पतालमा पर्याप्त पूर्णकालीन विशेषज्ञ जनशक्ति नै छैन।

मन्त्रालयको तथ्यांकका आधारमा काठमाडौंमा मात्रै १ सय ५० को हाराहारीमा निजी अस्पताल छन्। तर, अधिकांशको हालत नाजुक छ। प्रतिवेदनअनुसार धेरै अस्पतालमा विशेषज्ञ सेवासमेत फिजिसियनले दिइरहेका छन्। छ्यापछ्याप्ती खुलेका अस्पतालले डाक्टरको उपस्थिति देखाउन एउटा चिकित्सकले एक/डेढ घन्टा समय दिएको भरमा आइसियु र भेन्टिलेटर राखेर व्यापार गरिरहेका छन्। सरकारी अस्पतालका एक चिकित्सकको नाम पाँचदेखि सातवटा अस्पतालमा झुन्डाइरहेको देखिन्छ।

पुरानो निर्देशिकाअनुसार सञ्चाचलित अधिकांश अस्पतालमा आवश्यक जग्गा, खाली ठाउँ, भूकम्प प्रतिरोधक भवन, कोठाको साइज, लिफ्ट र र्यागम्पको व्यवस्था छैन। नयाँ निर्देशिकाले सञ्चालनमा रहेका अस्पतालले अनिवार्य रुपमा भवन प्रवलीकरण वा नयाँ निर्माण योजना मन्त्रालय, विभाग, वा क्षेत्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। तर, धेरै अस्पतालले योजना नबुझाएको मन्त्रालयले जनाएको छ। निर्देशिकाअनुसार दुई सय बेडभन्दा माथिका अस्पतालले मन्त्रालयबाट, ५१ देखि २ सयसम्म स्वास्थ्य सेवा विभागबाट र २६ देखि ५० बेडसम्मका अस्पतालले क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट स्वीकृति लिनुपर्ने हुन्छ।

कोठामा पर्याप्त प्रकाशको व्यवस्था भवनको आधारभूत आवश्यकता हो भन्ने निर्देशिकाले तोके पनि अँध्यारा कोठामै अस्पतालले बिरामी राखिरहेका छन्। सामान्यतः अस्पतालको कुल क्षेत्रमध्ये एक तिहाइ भाग खाली हुनुपर्ने तथा पार्किङ र गार्डेनिङको व्यवस्था हुनुपर्ने निर्देशिकामा उल्लेख छ। तर, अधिकांश अस्पताल व्यक्तिगत प्रयोजनका लागि बनाइएको भाडाका घरमा चलिरहेका छन्। जसले गर्दा आवश्यक कुनै पनि पूर्वाधार पूरा गर्न अस्पतालले नसकेको डा. लोहनी बताउँछन्।

पूर्वाधार निर्माणसँगै वातावरण संरक्षण ऐन २०५३ तथा नियमावली २०५४ बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने प्रावधानलाई निजी अस्पतालले पूर्णरूपमा बेवास्ता गरेका छन्। अस्पतालले अन्य प्रयोजनका लागि बनेका स–साना घर भाडामा लिई सेवा विस्तार गरेको छ। यस्ता भवनबाट अस्पताल प्रयोजनका लागि बनेका भवनमा जस्तो गुणस्तरीय सेवा प्रदान गर्न गाह्रो हुने डा. लोहनी बताउँछन्।

अस्पतालको जनशक्ति व्यवस्थापन, संक्रमणजन्य फोहोर व्यवस्थापन, नर्सिङ सेवाको गुणस्तरीयता, बिरामी कुरुवा बस्नेे व्यवस्था मापदण्डविपरीत छ। स्तुपा सामुदायिक अस्पताल जोरपाटी निजी निवासका लागि बनाइएको घरमा सञ्चालन भइरहेको छ। जसले ५५ शऒ्ढयाको जनरल अस्पतालका लागि स्वीकृति पाएको छ। लगनखेलस्थित शुभतारा हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले ५५ शऒ्ढयाको अस्पतालका लागि भनेर नयाँ बनाएको भवनसमेत अस्पताल प्रयोजनार्थ हुनुपर्ने जस्तो छैन। मन्त्रालयको अनुगमन टोलीले तत्कालको अवस्थामा अस्पताल सञ्चालन हुन नसक्ने देखिएकाले निर्देशिकामा भएको मापदण्ड पूरा गरी पूर्वाधार निर्माण गर्न सुभाव दिएको छ तर अस्पतालले ती मापदण्ड पूरा गरेको छैन। बूढानीलकण्ठस्थित ५५ शऒ्ढयाको अनमोल अस्पतालको भवन पनि अस्पताल प्रयोजनार्थ बनेको छैन। मन्त्रालयको टोलीले ५५ शऒ्ढयाका लागि आवश्यक उपकरण तथा बहिरंग तथा अन्तरंग वार्ड सञ्चालन गर्न क्षेत्र नपुग्ने भन्दै स्वीकृति दिन इन्कार गरेको थियो तर अस्पताल निस्पि्कक्री चलिरहेकै छ।

नियमअनुसार निजी अस्पतालले दिने सेवा र शुल्कको विवरण अनिवार्य रुपमा अस्पतालमा सबैले देख्नेगरी राखेको हुनुपर्छ। तर, अधिकांश निजी अस्पतालले स्वास्थ्य सेवा लिएबापत लाग्ने शुल्कको विवरण, सेवा दिने चिकित्सकको नाम, उपलब्ध सेवा खुल्नेगरी चार्टबोड व्यवस्था गरेका छैनन्। बरु उल्टै सरकारीमा केही हजारमा हुने शल्यक्रियासमेत निजीले लाखौं लिएर गराइरहेका छन्।

स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन पनि मापदण्डअनुसार भएको छैन। मापदण्डअनुसार संक्रमणजन्य र अन्य छुट्याएर फोहोरको वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर, धेरै अस्पतालले सबै फोहोर एकै ठाउँमा मिसाएर शतप्रतिशत फोहरलाई संक्रमणजन्य र उच्च जोखिमयुक्त बनाइरहेका छन्। नियमअनुसार अस्पतालले जोखियमयुक्त फोहरलाई इन्सिनेटर वा अटोक्लेभले जलाउनुपर्छ। तर, अधिकांश अस्पतालका फोहोर जथाभावी फाल्ने गरिएको छ।

निजी अस्पताल तथा नर्सिङ होम एसोसियासन (अफिन) का अध्यक्ष वसन्त चौधरी निजी अस्पतालमा समस्या आउनुमा सरकारलाई दोष दिन्छन्। 'सरकारले अस्पताललाई व्यवस्थित गर्नेभन्दा पनि जथाभावी स्वीकृति दिँदै जाँदा समस्या बढेको हो,' उनले भने, 'सबै निजी अस्पताललाई एउटै डोकामा राखेर हेर्नुहुँदैन। निजी अस्पतालमध्ये पनि नर्सिङ पढाउने बहानामा खोलिएका अस्पतालमा समस्या छ।' उनले नर्सिङ चलाउन खोलिएका अस्पतालले खर्च जुटाउनका लागि पनि बिरामीलाई समस्यामा पार्ने गरेको बताए।

सरकारले नियममा कडाइ गरी निरन्तर अनुगमन गरी कारबाही गर्ने हो भने देशका आधा अस्पताल बन्द हुने चौधरी बताउँछन्। 'मापदण्ड नपुगेका र गुणस्तरीय सेवा दिन नसक्ने अस्पताल बन्द हुनुपर्छ,' उनले भने, 'सेवाभावले भन्दा अन्य प्रयोजनले खोलिएका त्यस्ता अस्पतालले राम्रा निजी अस्पताललाई समेत बदनाम गराइराखेका छन्।' उनले सरकारको अनुगमनमा अफिनले समेत सहयोग गर्ने बताए।



अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस