खुल्यो हिमाल
२७ भदौ २०७१
•
१३ मिनेट पाठ
खुल्यो हिमाल
पोखरा भन्नेबित्तिकै मनको आँखामा एउटा तस्बिर आइपुग्छ—फेवातालमा माछापुच्छ्रे हिमालको छाया खेलिरहेको। टे्रडमार्क नैै बनेको छ हिमाल पोखराको। तर हिमाल जहिले पायो तहिले कहाँ देखिन्छ र π जुनसुकै मौसममा छ्याङ्ग खुल्दैन। भदौको दोस्रो हप्ता यो वर्षको पहिलोपटक पोखराले निख्खर हिमाल हेर्योु र हिमालले पोखरा। त्यसयता भने दिनदिनै हिमालले बादलको पर्दा हटाएर पोखरालाई हेर्न थालिसकेको छ।

घुमक्कडहरुको 'प्याराडाइज' पोखरा आउँदा हिमाल खुलेन वा देख्न पाइएन भने त्यो यात्रा सार्थक हुँदैन। हरिया डाँडापाखा त जुनसुकै ठाउँमा पनि छन्। तर पोखराबाट जसरी हिमालसँग आँखा जुधाउन अन्त कहिँबाट पाइन्न। हो, हिमाल पनि नेपालका अरु धेरै डाँडाबाट समेत देखिन्छ। तर पोखराबाट देखिने र अन्तबाट देखिनेको हिमाली सौन्दर्यको अन्तर नाप्ने यन्त्र विज्ञानले बनाइसकेको छैन।

DSC 1944

भदौ मासबाट खुल्न थालेको हिमालको रङ अरुबेला भन्दा भिन्न छ। 'अहिलेको हिमाल दूधे हिमाल हो,' पर्यटनविद् झलक थापा भन्छन्, 'अर्काे महिना हिउँको रङ फरक देखिन थाल्छ।' जब हिमाल खुल्न थाल्छ तब सौन्दर्य पारखी पोखरा भित्रन थाल्छन्। हिमाल खुल्न सुरु हुनु भनेको पोखरा घुम्ने मौसम सुरु हुनु हो। हिमाल उघि्रन थाल्नु भनेको पोखरामा तापक्रम ओर्लन थाल्नु पनि हो।

नेपालका धेरै सहरभन्दा शीतलो यो ठाउँ काठमाडौंमा भन्दा ३/४ डिग्री बढी गर्माउँछ। तर अब हिमाल खुल्न थालिसकेको आकाशबाट घामले पोखरालाई तताउने र मान्छेको पसिना निकाल्ने तागत राख्दैन।
IMG 7986
हिमाली शृंखला, हिमाल र पोखरासँग धेरैथरी विशेषता जोडिएका छन्। त्यसैले हिमाल खुल्नु सुरु हुनुको खास अर्थ हुन्छ पोखरामा। पोखराबाट माछापुच्छे्र हिमालसम्मको हवाई दुरी ३३ किलोमिटरमात्रै हो। यति अग्लो हिमाल र यति नजिकको सहर विश्वमा विरलै भेटिन्छ भन्छन् पर्यटनकर्मी। दुरी छोटो भए पनि हिमाल हेर्दा स्विटर वा जाकेट भिर्नुपर्दैन पोखरामा टिसर्टै काफी हुन्छ। यो उपत्यका यस मानेमा पनि भाग्यमानी छ कि संसारका सबैभन्दा अग्ला १४ हिमालमध्ये ३ यहींबाट देखिन्छन्— धौलागिरि, अन्नपूर्ण र मनास्लु। ८ हजार मिटरभन्दा अग्ला चुचुरा यति संस्ख्यामा दुनियाँको अर्काे कुनै एकै सहरबाट देखिन्न।

IMG 8076

घुमफिर रुचाउनेको लिस्टमा पर्ने धेरै ठाउँका धेरैखाले विशेषता पक्कै हुन्छन्। ती विशेषताको स्वाद लिन त्यस्ता गन्तव्यको पनि कुनै निश्चित ठाउँ नपुगी धरै हुँदैन। पर्यटनविद झलक थापा भन्छन्, 'पोखरामा भने हिमाल हेर्दिन भनेर पनि सुख पाइन्न, हेर्नै पर्दैन आउँदाआउँदै देखिन्छ।' हो पोखरामा हिमाल हेर्ने भनेर कुनै निश्चित प्वाइन्ट छैन। काठमाडौंबाट आउँदा कास्की नटेक्दै तनहुँको दुलेगौंडातिरैबाट देखिन थाल्छ हिमाल। पोखरै आइपुगेपछि भने उत्तर फर्किए पुग्छ दैनन्दिन कामकाज गर्दागर्दै जहाँकहिँबाट पनि देखिन्छ हिमाल। कहिँकहिँ भने केही घरले छेक्लान् नत्र बाटोघाटो, पुल, मन्दिर र चौताराहरु सबैसबैलाई हिमाल हेर्ने प्वाइन्ट भन्दिए हुन्छ।
IMG 9509
पोखरा खाल्डोबाटै देखिने हिमालको सूची माछापुच्छ्रे र अन्नपूर्ण अनि धौलागिरि र मनास्लुमा टुंगिदैन। लस्कर लामो छ। पश्चिमबाट सुरु गर्ने हो भने धेरैका आँखा धौलागिरी प्रथम हिमालमा पर्छ। किनभने यो धेरैले चिनेको हिमाल हो। त्योभन्दा अझै उता देखिने पनि छ—पुठ्ठा हिउँचुली। धौलागिरिपछि पूर्वतिर आँखा मोड्दै ल्याउँदा देखिन्छ मोदित्से हिमाल। अन्नपूर्ण साउथ नामले चिनिने हिमाल चौथो नम्बरमा देखिन आइपुग्छ। घान्द्रुक हिउँचुली अन्नपूर्ण प्रथम क्रमशः देखिँदै आउँछन्।

अन्नपूर्ण प्रथम (८०९१ मिटर) त्यही हिमाल हो जसले पोखरालाई मात्रै होइन नेपाललाई नै विश्वमा चिनायो। ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमालमध्ये सबैभन्दा पहिला मानव पाइला परेको हिमाल यही हो। आरोहणका मामलामा सगरमाथाभन्दा ३ वर्ष जेठो छ अन्नपूर्ण प्रथम। फ्रान्सका नागरिक मौरिस हर्जाेग नेतृत्व टोलीले २००७ साल जेठ १९ गते अर्थात सन् १९५० को जुन ३ तारिख यो हिमाल चढेको थियो। त्यो खुसीलाई फ्रान्सले राष्ट्रिय महोत्सवकै रुपमा आयोजना गरेर मनायो। त्यसपछि फ्रान्समा पोखरामात्रै होइन विश्वैभरि नेपाल प्रचारित भयो।
IMG 7666
३४ वर्षे हर्जाेगले विश्वकै दसौं अग्लो हिमाल अन्नपूर्ण प्रथम आरोहणबारे संस्मरण लेखे—मों रनेसँस अफ्रे ला अन्नपूर्ण अर्थात अन्नपूर्ण आरोहणपछि मेरो पुनर्जन्म। त्यो किताब ५० भन्दा बढी भाषामा उल्था भएर १ करोड ६० लाखभन्दा बढी प्रति बिक्री भयो र सँगसँगै प्रचार भयो पोखरा। नेसनल जिओग्राफिकले साहसिक यात्राबारे अहिलेसम्म लेखिएका उत्कृष्ट किताबको सूचीमा छैटौं नम्बरमा हर्जाेगको संस्मरणलाई राखेको छ। सन् १९७० मा क्रिश्चियन बोनिङ्टन नेतृत्वको ब्रिटिस आरोहण दलले फेरि अन्नपूर्ण चढ्यो र उनले पनि किताब लेखे। हर्जाेगले उत्तरी मोहडाबाट चढेको हिमाल बोनिङ्टन टोलीले भने दक्षिण दिशाबाट उक्लेको थियो। किताब पनि अन्नपूर्णको दक्षिणी मोहोडा अर्थात साउथ फेस अफ अन्नपूर्ण भनेर लेखेका थिए बोनिङ्टनले। पोखरालाई प्रचार गर्ने अर्काे कोसेढुंगासरहको किताब थियो त्यो।
IMG 0613
गंगापूर्ण अर्काे महत्वपूर्ण इतिहास जोडिएको हिमाल हो जसलाई हेर्न पोखराको रामबजारतिरको इलाका पुग्ो हुन्छ। माछापुच्छे्रबाट छेलिएको यो हिमाल महिलाले आरोहण गरेको पहिलो नेपाली हिमाल हो। सगरमाथा चढ्नुअघि जुनको ताबेईका पाइलाले यही हिमालको टाकुरा चुमेकि थिइन्। तार्केकाङ, खाङसारकाङ भन्ने २ हिमाल गंगापूर्णभन्दा पश्चितिरै पर्छन्। पूर्वतिर भने मर्दी हिमाल छ। अनि लहरै आउँछन् अन्नपूर्ण तेस्रो, चौथो, दोस्रो, लमजुङ र सिकलेस हिमाल। सँगैको हिमलुङ हिमाल पोखराको मैदानी भागबाट भने देखिन्न। त्यो हेर्न मट्टिखान डाँडा उक्लनुपर्छ भन्छन् पर्यटनविद् झलक थापा।

मर्स्याङ्दी नदीको नाम त सबैले सुनेकै छन्। तर पोखराबाट देखिने एउटा हिमालको नाम पनि छ मर्स्याङ्दी। सिकलेस हिमालपछि मनास्लुभन्दा अघि छ मर्स्याङ्दी। मनास्लु आफैंमा हिमशृंखला हो। यो शृंखलामा मुख्य मनास्लु र मनास्लु नर्थसहितका हिमाल पर्छन्। नेपालमा जति हिमाल छन् ती सबैको नाम छैन। क्रमशः नामकरण हुँदैछ। पोखराबाटै देखिने एउटा हिमालले पछिल्लो समय नयाँ नाम पाएको छ हर्कचुली। भूगोलविद डा. हर्क गुरुङको सम्मानमा राखिएको त्यो हिमाललाई पहिला पिक ट्वान्टी नाइन भनिन्थ्यो भन्छन् थापा।
IMG 7998
हर्क चुलीमा गएर पनि टुंगिदैन पोखराबाट हेर्न पाइने हिमाली सूची। त्यसपछि पनि बाँकी नै हुन्छ बौद्ध हिमाल। त्यही हो यो सहरबाट आँखा नचाउँदा पूर्वको अन्तिम सीमास्तम्भझैं खडा हुने हिमाल। 'मट्टिखानको डाँडै उक्लने हो भने त गणेश हिमाल शृंखला पनि देखिन्छ,' थापा भन्छन्।

पोखराबाट हेर्दा सबैभन्दा अग्लो माछापुच्छे्रे नै हो कि लाग्छ तर त्योभन्दा धेरै अग्लो हुन् अन्नपूर्ण र धौलागिरी। कहाँको ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुच्छ्रे र कहाँका विश्वकै अग्ला धुरीजस्ता धौलागिरि अनि अन्नपूर्णहरु। त्यसैले बुद्धि परियारले गीतै बनाएका थिए—माछापुच्छे्र भन्नुमात्रै धौलागिरि अग्लो, भेट हुन लेख्या रै'छ, हिजो लाथ्यो झल्को।

कवि तीर्थ श्रेष्ठ पोखराबाट देखिनेभन्दा नेदेखिने हिमाल पनि थुप्रै भएकाले पोखराभन्दा वरिवरिका डाँडा र गाउँ उक्लन सुझाव दिन्छन्। अन्नपूर्ण आधार शिविर गएपछि देखिने गन्धर्व चुली, टेन्ट पिक लगायत हिमाल उनको सिफारिस सूचीमा छन्। भन्छन्, 'माछापुच्छे्रमात्रै होइन सबै हिमाललाई भिन्दाभिन्दै ठाउँबाट हेर्दा भिन्दाभिन्दै देखिन्छ। त्यसरी एउटै हिमाललाई फरकफरक देख्न पाइन्छ।'
begnash  rupa tal  12x24
पोखरा आउने पर्यटक फेवाताल नपुग्ने सायदै हुन्छ। तर सबैले पोस्टकार्डमा देखेझैं फेवातालमा माछापुच्छे्रको प्रतिबिम्व देख्दैनन्। सामान्यता पर्यटक तालबीचको बाराही मन्दिरतिर पुग्छन् र खोज्छन् माछापुच्छे्र छाया। तर त्यो होइन खोज्ने ठाउँ। माछापुच्छे्र छाया तालमा हेर्ने नै हो भने बिहानको मिर्मिरेतिर ड्यामसाइड पुग्नुपर्छ अनि देखिन्छ प्रकृतिको लीला। अहिलेदेखि खुल्न थालेको हिमाल अब माघफागुनसम्मै देख्न पाइन्छ आक्कलझुक्कल बादलले छेकेको दिनबाहेक। तर हिमाल खुल्न थाल्नासाथैको दूधे हिमालको दृश्य किन छुटाउनु? टाढा छैन है पोखरा।
अर्को समाचार
यो मौसमका लागि तीन हिमाल आरोहण खुल्यो
१० भदौ २०७९
•
२ मिनेट पाठ
यो मौसमका लागि तीन हिमाल आरोहण खुल्यो
सरकारले यो सिजन (शरद) का लागि ३ वटा हिमाल आरोहण खुला गरेको छ। स्वदेशी तथा विदेशी नागरिकका लागि हिमलुङ, मनासलु र सरिबुङ हिमाल आरोहण खुला गरिएको हो।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलले यही भदौ ८ देखि तीन हिमाल आरोहण खुला गरिएको जानकारी दिए। ‘यो वर्षको शरद मौसमका लागि हिमलुङ, मनासलु र सरिबुङ हिमाल आरोण गर्न खुला गरिएको छ’, लुइटेलले बिहीबार नागरिकसँग भने-‘अन्य हिमाल पनि आगामी दिनमा खुला गर्दै जाने तयारीमा छौं।’

उनका अनुसार हिमाल आरोहण खुला गरेसँगै ५ देशका १५ जना आरोहीले आरोहण अनुमति लिइसकेका छन्। यसमा ३ टिमका १२ जना पुरूष र ३ जना महिला छन्। महानिर्देशक लुइटेलले हिमाल चढ्नेको संख्या यस वर्ष अघिल्लो वर्षको सिजनभन्दा बढ्ने अनुमान गरेको बताए। उनले भने ‘हिमाल आरोहण खुला गरेलगत्तै अनुमति लिन आउनेको संख्यालाई हेर्दा यो सिजनमा हिमाल आरोहण गर्नेको संख्या बढ्ने देखिएको छ।’

विभागको तथ्यांक अनुसार गत वर्ष यो सिजनमा नेपाल सहित ६७ देशका ८१ टिमले अनुमति लिएका थिए। यसमा १ हजार २ सय १९ जनाले हिमाल आरोहण गरेका थिए। हिमाल आरोहण गर्नेमध्ये ६ सय ४७ जना स्वदेशी तथा ५ सय ६६ जना विदेशी नागरिक थिए। विभागका अनुसार आरोहण गर्ने विदेशीमध्ये ५ सय ३२ जना पुरूष तथा १ सय १५ जना महिला रहेका थिए।

यस्तै सरकारले गत वर्ष यस सिजनको कुल राजस्व ४ करोड ६ लाख संकलन गरेको थियो। महानिर्देशक लुइटेलका अनुसार गत वर्षको तुलनामा यो वर्ष धेरै आरोहीले हिमाल आरोहण गर्ने छन्। महानिर्देशक लुइटेलले हिमाल आरोहणको संख्या बढाउन सरकारले जुगल हिमालका अन्य ४ वटा हिमाल आरोहण खुला गर्ने प्रक्रिया सुरु गरेको बताए।

उनका अनुसार विभागले अध्ययन र सरोकारवालसँग छलफल गरी कार्यविधि तयार गरेको छ। उक्त कार्यविधि अहिले नापी विभागमा पठाएको र त्यहाँबाट आएपछि मन्त्रिपरिषदमा पठाइने छ। पर्यटन मन्त्रालयले नेपालको पर्यटन क्षेत्रको विकास र सुधारका लागि गत साउन २ मा ७३ बुँदे कार्य योजना जारी गरेको थियो।

कार्ययोजनामा हिमाल आरोहणका लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरूको आरोहण खुला गर्ने घोषणा गरिएको थियो। महानिर्देशक लुइटेलका अनुसार यसका बारेमा पनि विभागले आवश्यक तयारी गरिरहेको जानकारी दिए।

उनले भने  ‘विभागले अन्य हिमालहरूको पनि आरोहण अनुमति केही दिनमै दिनेछ, हिमालमा पर्यटक बढाउन विभागले कुनै कसर बाँकी राख्ने छैन्।’

स्वदेशी तथा विदेशी नागरिकका लागि हिमलुङ, मनासलु र सरिबुङ हिमाल आरोहण खुला गरिएको हो।
विभागले वर्षमा २ पटक हिमाल आरोहण अनुमति दिने गरेको छ। मार्च, अप्रिल, मे महिनामा पर्ने बसन्त र सेप्टेम्बर, अक्टुबर र नोभेम्बर महिनामा पर्ने शरद सिजनमा सरकारले हिमाल आरोहण खुला गर्ने गर्छ।

यस्तै सरकारले हिमाल आरोहण सिजन र हिमाल अनुसार राजस्व शुल्क तोकेको छ। साथै विदेशी तथा स्वदेशीका लागि पनि सिजन र हिमाल अनुसारकै राजस्व दर पनि निर्धारण गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस