दिनभरि विशिष्ट सवारी
०८ मंसिर २०७१
•
९ मिनेट पाठ
दिनभरि विशिष्ट सवारी
काठमाडौं-सार्क शिखर सम्मेलनमा सहभागी हुन सबै सदस्यराष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरू आज (मंगलबार) नेपाल आउँदैछन्। विशिष्ट अतिथिहरूको आगमन बिहानदेखि साँझसम्म जारी रहने र केही पाहुनाको धार्मिक भ्रमणसमेत रहेकाले मंगलबार दिनभरि राजधानीको आवागमन प्रभावित हुनेछ।विशिष्ट अतिथिहरूका लागि अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्म र त्यहाँबाट अन्य कार्यक्रमस्थलसम्म सहज आवागमन व्यवस्था मिलाउन मंगलबार बिहान साढे १० बजेदेखि नै राजधानीका सडक खाली गराउने तयारी छ।
विमानस्थलबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटीदेखि सोल्टी होटलसम्मको सडकमा दिनभरि अन्य सवारी आवागमन रोक लगाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। गौशाला, कोटेश्वर, कुपन्डोल, कलंकीलगायत मूल सडकदेखि अन्य सहायक सडकबाट आउने ठूला तथा बिस्तारै गुड्ने सवारी आधा घन्टा अगाडिदेखि नै रोकिनेछन्। राति सबै प्रतिनिधि होटलमा पसिसकेपछि मात्र सवारीसाधन चलाउन दिइनेछ। मंगलबार बिजोर गते परेकाले बिजोर नम्बरका सवारी मात्र चलाउन पाइनेछ।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार सार्क राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सवारी हुने मुख्य रुटमा मध्याह्न साढे १२ देखि दिउँसो साढे २ बजेसम्म २ घन्टा मात्र आवागमन हल्का रूपमा खुला गरिनेछ। यहीबीच भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेको धार्मिक भ्रमण रहेकाले सवारी आवागमन पूरै खुला नगरिने अधिकारीले बताए।
भुटानी प्रधानमन्त्री तोग्बे दिउँसो ११ बजेर ४५ मिनेटमा राजधानी आउनेछन्। उनी सोझै सोल्टी होटल जाने कार्यक्रम छ। त्यहाँबाट स्वयम्भू जाने कार्यक्रम रहेकाले सोल्टीदेखि कलंकी, सीतापाइला र स्वयम्भूसम्मको सवारी खाली गराइनेछ। यो दिउँसो १ देखि २ बजेको बीचमा हुनेछ। 
स्वयम्भूमा केही समयको कार्यक्रमपछि उनी २ देखि ३ को बीचमा पशुपति जाँदैछन्। यस क्रममा कलंकी, सोल्टी, कालिमाटी, थापाथली, नयाँबानेश्वर, एयरपोर्टदेखि पशुपतिसम्मको सडक खाली गराइनेछ।
पशुपति दर्शनपछि भुटानी प्रधानमन्त्री बौद्ध जानेछन्। यसका लागि ट्राफिकले गौशाला, चावहिल, चुच्चेपाटी, बौद्ध, जोरपाटीसम्मको सडक खाली गराउनेछ। फर्कने क्रममा त्यसैअनुसार सडक खाली गरिने हुँदा दिउँसो ५ बजेसम्मै यी क्षेत्रका सडक अवरुद्ध हुनेछन्।
भ्रमण तालिकाअनुसार मंगलबार सबैभन्दा पहिला राजधानी आउनेमा श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षे छन्। उनी बिहान साढे ९ बजे विमानस्थल आउने कार्यक्रम छ। उनी विमानस्थलबाटै लुम्बिनी जान लागेकाले त्यतिबेला सडक खाली गराउनु नपर्ने ट्राफिक महाशाखाले जनाएको छ। उनी लुम्बिनीबाट साँझ ४ बजे फर्कंदा भने सडक खाली गराइनेछ।
दोस्रो आगमन हुनेछ, अफगानिस्तानका राष्ट्रपति असरफ घानीको। उनी बिहान १०:४५ बजे विमानस्थल ओर्लनेछन्। उनका लागि साढे १० देखि नै सडक खाली गराउन थालिनेछ। उनलाई विमानस्थलबाट सोझै सोल्टी लगेर राखिनेछ। त्यसपछि भुटानका प्रधानमन्त्री तोग्बे आउनेछन्।
भुटानी प्रधानमन्त्री आएको २० मिनेटपछि १२:०५ मा माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन आउनेछन्। उनको पनि अतिरिक्त भ्रमण कार्यक्रम छैन। उनको सवारीपछि एकैचोटि ३ देखि साढे ३ को बीचमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउनेछन्।
मोदी एयरपोर्टबाट सोल्टी होटल र त्यसपछि वीर अस्पताल परिसरमा रहेको राष्ट्रिय ट्रमा सेन्टर उद्घाटनका लागि ४ बजे पुग्ने कार्यक्रम छ। यस क्रममा कलंकीदेखि, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमललगायत क्षेत्रको सवारी आवागमनमा पूर्ण रोक लगाइनेछ। ट्रमा सेन्टर उद्घाटनपछि भारतीय प्रधानमन्त्री मोदी सैनिक मञ्च टुँडिखेलमा सेनाको कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ मोदीले सेनालाई हेलिकप्टर प्रदान गर्ने कार्यक्रम छ। 
त्यसपछि मोदी सिंहदरबार गएर विभिन्न द्विपक्षीय सम्झौता गर्नेछन्। सिहंदरबारपछि शीतलनिवास जाने कार्यक्रम छ। त्यस क्रममा लाजिम्पाट, महाराजगन्ज क्षेत्रको सवारी आवागमनमा रोक लगाइनेछ।
मोदीपछि ३:३५ मा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ आउनेछन्। उनको पनि अन्य कार्यक्रम नभएकाले एयरपोर्टबाट सोल्टीसम्मको सडक मात्र खाली गराइनेछ। सबभन्दा अन्तिममा बंगलादेशी प्रधानमन्त्री सेख हसिना आउनेछिन्। उनी ४ः१५ मा विमानस्थल आइपुग्नेछिन्। उनको पनि अन्य कार्यक्रम तय भएको छैन।
विशिष्ट अतिथिहरूको स्वागत गर्ने जिम्मा दुई मन्त्रीलाई दिइएको छ। भारतीय प्रधानमन्त्री मोदी, श्रीलंकाली राष्ट्रपति राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति यमिन, अफगानिस्तानका राष्ट्रपति घानीलाई उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले स्वागत गर्नेछन्। त्यस्तै, बंगलादेशकी प्रधानमन्त्री हसिना, भुटानका प्रधानमन्त्री तोग्बे, पाकिस्तानका प्रधानमन्त्री सरिफलाई उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले स्वागत गर्ने कार्यक्रम छ। 
विशिष्ट पाहुनाको सवारी हुने सडकमा आधा घन्टा अगाडिदेखि अन्य सवारी आवागमनमा रोक लगाइनेछ। महाशाखाले सवारी बेला ठूला र बिस्तारै गुड्ने सवारीलाई आधा घन्टा अगाडि, सवारीमार्गको विपरीत दिशाबाट आउने सम्पूर्ण सवारी साधनलाई १५ मिनेट अगाडि र सवारी मार्गबाट नै आइरहेका सवारीलाई १० मिनेट अगाडिबाट सञ्चालनमा रोक लगाउने भएको छ। यस अवधिमा गाडीहरूलाई सवारी नपर्ने रुटमा मोडिने व्यवस्था गरिएको छ। महाशाखाले मंगलबार दिनभरी नै सवारी अवागमन प्रभावित हुने भएकाले ट्राफिक अवस्थाबारे जानकारी चाहिए १०३ मा फोन गर्न आग्रहसमेत गरेको छ।
शिखर सम्मेलनअघि आयोजना हुने काउन्सिल अफ मिनिस्टरको बैठकमा भाग लिनुपरेकाले श्रीलंकाका विदेशमन्त्री गामिनी लक्ष्मण पेइरिसबाहेक अन्य सदस्यराष्ट्रका विदेशमन्त्री सोमबारै राजधानी आइपुगेका छन्। पेइरिस मंगलबार बिहान राष्ट्रपति राजापाक्षेसँगै विशेष विमानमा आउनेछन्।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस