लागत विवाद
०१ माघ २०७१
•
१० मिनेट पाठ
लागत विवाद
वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा जाने कामदारले तिर्नुपर्ने खर्चका विषयमा सरकारले लागत तोकेको छ। तर, त्यो लागतअनुसार म्यानपावरले रकम लिँदैनन्। लागत चर्को असुल्छन्। म्यानपावर व्यवसायी भन्छन्, 'लागत समयसापेक्ष छैन।' तर, सरकारले लागत बढी भएको र यसलाई घटाउँदै शून्यमा झार्ने योजना बनाएको छ।


व्यवसायीले लागत बढाउने र सरकारले लागत घटाउने भन्ने योजनाका कारण वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नयाँ निर्णय गर्न सकेको छैन। बोर्डमा प्रवर्द्धन शुल्क र सेवा शुल्कका विषयमा कमिटी बनेको छ। तर, कमिटीको बैठकमा व्यवसायीले समयसापेक्ष लागत बढाउनुपर्ने दबाब दिँदै आएपछि बैठक र छलफलमा नयाँ निर्णय हुन सकेको छैन।

सरकारले विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्च तोके पनि म्यानपावर कम्पनी र एजेन्टले बढी रकम उठाउँदै कामदारलाई ठगिरहेको गुनासो बढिरहेको भन्दै सरकारले लागतमा कडाइ गर्न लागेको हो। कामदारले विदेश जाँदा म्यानपावरलाई पहिला बढी रकम दिने र पछि काम नभएमा वा सम्झौताअनुसार नभएमा मात्र उजुरी गर्ने प्रवृत्ति बढेको वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विभिन्न मुलुकका लागि लागतको सिलिङ तोके पनि म्यानपावर कम्पनीले आफूखुशी लिने गरेका छन्।

श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले सरकारले विगतमा लागत तोकेको मुलुकमा कतिपय देशबाट फ्री भिसा र टिकट आए पनि पैसा उठाउने गरेको पाइएको बताए। 'व्यवसायीले समयसापेक्ष हुुुनुपर्ने माग राखेर बढाउँदा झन् बढी मार कामदारलाई पर्छ,' उनले भने, 'त्यसैले सरकारले लागत घटाउने तयारी गरेको छ।'

सरकारले मलेसिया ८० हजार, जापान ५० हजार, बहराइन ७० हजार, कुवेत ७० हजार, लेबनान ७० हजार, मौरिसस १९ हजार, ओमान ७० हजार, पोल्यान्ड ८० हजार, कतार २० हजार, रसिया ८० हजार, साउदी अरब ७० हजार र यूएई ७० हजार रुपैयाँ लागत तोकेको छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले सरकारले तोकेको लागत १२ वर्ष अगाडिको भएको र अहिले समयसापेक्ष नभएको बताए। 'मलेसिया पठाउनै १ लाख १० हजार खर्च लाग्छ तर सरकारले ८० हजार तोकेको छ,' उनले भने, 'व्यवसायीले घाटा खाएर त पठाउन सक्दैनन् नि। सरकारले समयसापेक्ष रूपमा लागत बढायो भने व्यवसायीले गैरकानुनी रूपमा रकम उठाउँदैनन्। सरकार कुन देशमा कति खर्च के– केमा लाग्छ, सविस्तार प्रस्तुत गर्न भन्छ। हामी 'ब्रेकडाउन' गरेर देखाउन सक्छौँ, तर कमिसनको कुरा कहाँ राख्ने भन्ने समस्या हुन्छ। यही विषयमा एक साताअघि बोर्डको बैठकमा लागतका विषयमा छलफल भए पनि निर्णय भएन।'

१२ वर्षअघि डलरको मूल्य के थियो, अहिले के छ? त्यसको लेखाजोखा नै नगरिएको वाग्लेको भनाइ छ। 'त्यो बेला प्रवर्द्धन खर्च कम थियो,' उनले भने, 'अहिले प्रवर्द्धन खर्च बढिरहेको छ। सरकारले नयाँ गन्तव्य नखोजिरहेको समयमा व्यवसायीले विदेशमा आफैँ गएर माग ल्याउँदा पनि सरकार सहयोगी नहुनु अचम्मको कुरा हो।'

फ्री भिसा र टिकटमा अनुसन्धान

फ्री भिसा र टिकटमा कामदारले पैसा तिरेको छ कि छैन भन्ने विषयमा सरकारले कामदार र म्यानपावर कम्पनीबीच अनुसन्धान सुरु गर्ने भएको छ।

फ्री टिकट र भिसामा म्यानपावर र एजेन्टले अनधिकृत रूपमा रकम उठाएको व्यापक गुनासो भएपछि सरकारले कडाइ सुरु गरेको हो। विभिन्न मुलुकबाट निःशुल्क भिसा र टिकटको माग ल्याएर नेपालबाट कामदारसँग अनधिकृत रूपमा रकम उठाएको भन्दै सरकारले भिसा लिएर विदेश जाने अन्तिम तयारीमा रहेका कामदारलाई म्यानपावर कम्पनीकै अगाडि सोधपुछ गर्ने भएको हो।

श्रम तथा रोजगार मन्त्रालयले निःशुल्क भिसा र टिकटमा रकम उठाउने गुनासो आएपछि अन्तिम श्रम स्वीकृति लिएर विदेश उड्न तयारी रहेका कामदारलाई म्यानपावर वा एजेन्टलाई पैसा दिएको छ कि छैन भन्ने सोध्ने तयारी गरेको हो। मन्त्रालयले विभिन्न देशबाट फ्री भिसा र टिकटको माग ल्याएर विज्ञापन गर्ने म्यानपावर कम्पनीको पनि अनुगमन गर्ने भएको छ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले विदेशबाट फ्री भिसा र टिकट ल्याएर नेपालमा कामदारसँग अनधिकृत रकम उठाउनेलाई कारबाही सुरु गरिएको बताए। 'हामीले अहिले म्यानपावर कम्पनीमा नै गएर अनुगमन सुरु गरेका छौँ,' राज्यमन्त्री गुरुङले भने, 'केही म्यानपावर कम्पनीमा फ्री भिसा र टिकटमा एजेन्टले रकम उठाएको थाहा पाएपछि मन्त्रालयका कर्मचारीले समातेर प्रहरीलाई जिम्मा लगाएका छन्।'

पछिल्लो पटक मलेसियाको पेनाङ, जोहोरबारु, क्वालालम्पुरका लागि फ्लेक्सट्रोनिक कम्पनीले १५ सय नेपाली कामदारका लागि फ्री भिसा र टिकटमा माग गरेको छ। नेपालका चार कम्पनीले कामदारको माग ल्याएपछि मन्त्रालयले यही मागबाट चासो देखाएको हो। पाँच दिनअघि एसभी एसोसियट्समा फ्री टिकट र भिसामा पैसा उठाउने एजेन्टलाई मन्त्रालयका कर्मचारीले समातेर प्रहरीलाई बुझाएको मन्त्री गुरुङले जानकारी दिए।

फ्री भिसा र टिकटमा म्यानपावर कम्पनीले देश हेरेर ८० हजारदेखि डेढ लाख रुपैयाँ असुल्दै आएका छन्। वैदेशिक रोजगार विभागमा उजुरी परे पनि प्रमाण नपुगेको भन्दै छोड्न थालेपछि सरकारले कामदारसँग विदेश उड्नुअघि कामदारसँग सोध्ने र म्यानपावर कम्पनीमा प्रभावकारी अनुगमन गर्न थालेको हो।

'हामी कामदार र म्यानपावर सञ्चालकलाई राखेर सोधपुछ गर्छौँ र त्यसपछि अनुसन्धान हुन्छ,' गुरुङले भने, 'भिसा पाएर उड्ने तयारी गरेका कामदारले पैसा तिरेपछि अनुसन्धान अधिकृतलाई बताउने सम्भावना हुन्छ। कामदारले झुटो विवरण दिएका छन् कि छैनन् भन्ने विषयमा पनि सोधपुछ हुन्छ।'

मन्त्रालय र विभागका कर्मचारीलाई म्यानपावर कम्पनीमा नै अनुगमनका लागि खटाउने तयारी छ। अहिले नै कतिपय म्यानपावरमा कर्मचारीहरू अनुगमनमा जान थालेको र कारबाहीको प्रक्रिया सुरु भएको उनले बताए।

सरकारले यसअघि पनि फ्री भिसा र टिकटमा पैसा उठाएको भन्दै रोजगारदाता मुलुकमा रहेका नेपाली दूतावासबाट 'डिमान्ड अफ लेटर' ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको थियो तर प्रभावकारी रूपमा प्रक्रिया अगाडि नबढेपछि मिलेमतोमा म्यानपावर कम्पनीले फ्री भिसा र टिकटमा रकम असुल्दै आएका छन्। म्यानपावर कम्पनीले लागतभन्दा बढी रकम लिएको उजुरी परे पनि सरकारले कारबाही गर्न भने सकेको छैन।
अर्को समाचार
नाजायज माग पूरा गर्न संयन्त्र
०७ फागुन २०७०
•
११ मिनेट पाठ
नाजायज माग पूरा गर्न संयन्त्र
काठमाडौं- लागत र समय पटक–पटक संशोधन गरिएका रुग्ण ३ निर्माणाधीन जलविद्युत आयोजनामा उत्पन्न समस्या र विवाद समाधान गर्ने नाममा नेपाल विद्युत प्राधिकरणले ती आयोजनाको लागत अझै बढाउने प्रक्रिया सहज बनाएको छ।६० मेगावाटको माथिल्लो त्रिशूली–३ 'ए', ३२ मेगावाटको राहुघाट र ३० मेगावाटको चमेलियाको विवाद समाधान गर्न समस्या समाधान संयन्त्र (डिएबी) गठन गरी लागत बढाउने प्रक्रिया संस्थागत गर्न लागेको हो। राजनीतिक पार्टी, प्राधिकरण र ठेकेदारका कारण वर्षौंदेखि रुग्ण आयोजनाको प्रारम्भिक लागत सीमा नाघिसकेको छ। ठेकेदारका जायज–नाजायज माग स्वीकृत गर्न मंगलबार यस्तो संयन्त्र खडा गर्ने निर्णय गरेको प्राधिकरण उच्च स्रोतले बुधबार नागरिकलाई बतायो।
माथिल्लो त्रिशूली र चमेलियामा प्राधिकरणका तर्फबाट कानुन व्यवसायी नविनमंगल जोशी र ठेकेदारका तर्फबाट दिन्करनाथ शर्मा नियुक्त भएका छन्। राहुघाटमा प्राधिकरणका तर्फबाट सिँचाइ विभागका अवकास प्राप्त इन्जिनियर मधुसूदन पौडेल र ठेकेदारका तर्फबाट शर्मा नै नियुक्त भएका छन्। दुई आयोजनामा एउटै व्यक्ति नियुक्त गर्नुले पनि ठेकेदारको दाबी तथा क्षतिपूर्तिलाई कानुनी मान्यता दिने आधार खुला गरेको प्राधिकरणका एक निर्देशकले बताए। 
प्राधिकरण उत्पादन निर्देशनालयका प्रमुख शेरसिंह भाटले भने ठेक्का सम्झौतामै दुई पक्षबीच विवाद उत्पन्न भए डिएबी गठन गर्न सक्ने उल्लेख भएकाले सोहीअनुसार निर्णय भएको बताए। 'यसमा दुवै तर्फका व्यक्ति सिफारिस गरिन्छ, डिएबीले दिएको सुझावमा टेकेर समस्या समाधान गर्ने आधार तय हुन्छ,' उनले भने, 'आयोजनामा दाबी तथा क्षतिपूर्तिलगायतका विवाद हुन्छन्, प्राविधिक तथा गैरप्राविधिक पक्ष हुने हुँदा लागत बढ्न वा घट्न सक्ने दुवै आधार हुन्छन्।'
आयोजना विवाद समाधान गर्ने बहानामा डिएबी नियुक्त गर्न प्राधिकरण र ठेकेदारले आफ्ना नजिकका व्यक्ति सिफारिस गर्ने र विवादित विषयको छिटो निर्णय गराउने अभ्यास विगतदेखि नै रहेको एक इन्जिनियरले बताए। उनले भने, 'यो प्रक्रिया ठेकेदारको नाजायज दाबीलाई समेत कानुनी मान्यता दिने संयन्त्रको रुपमा विकास हुँदै आएको छ।' प्राधिकरण आफैंले समाधान गर्न सक्ने विषयसमेत डिएबी गठन गरेर पन्छाउने प्रवृत्ति बढ्दै आएको उनको तर्क छ।
राहुघाटको विवाद समाधान गर्न विगतमा गठित उप–समितिले दिएको सुझाव लत्याएर अनियमितता गर्ने बाटो सहज बनाउन सञ्चालक समितिले आफूखुसी निर्णय गरेको आरोप लगाउँदै एक सञ्चालकले भने, 'तीनवटै आयोजनामा कल्पनै गर्न नसकिने गरी लागत बढ्छ, डिएबी गठन गर्नुको मुख्य रहस्य यही हो।' डिएबी गठन नगरी समाधान गर्न सकिने विवाद पनि गठन गरेर पन्छाउने प्रवृति रहेको ती सञ्चालकको तर्क छ।
ती आयोजनाका लागि कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीकै प्रयासमा डिएबी गठन गरिएको केही सञ्चालकको आरोप लगाए। जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले समेत यस्तो संयन्त्रमा विगतदेखि नै अनियमितता गरी लागत बढाउने प्रशस्त आधार स्थापित हुँदै आएको बताए। 'प्राधिकरण सञ्चालक समितिले विवादित कुनै विषय पारित गर्न सक्दैन, अनि डिएबीको टाउकोमा पन्छाइदिन्छ,' उनले भने, 'आफ्ना नजिकका व्यक्ति नियुक्त गर्छन्, उनीहरु मिलेर पैसा खान छिटो–छिटो निर्णय गर्दै जान्छन्। यसको परिणाम आयोजनाको लागत थपिन्छ।'
जलविद्युत आयोजनाका विवाद समाधान गर्न डिएबीलाई उच्च महŒवका साथ हेरिए पनि यसमा पारदर्शिता नहुने प्रधानले दाबी गरे। यही कारणले प्राधिकरणले बनाउने जुनसुकै आयोजना महँगो हुने उनले बताए। उनका अनुसार निजी क्षेत्रले बनाउने आयोजना प्रतिमेगावाट करिब १८ करोड रुपैयाँमा पूरा हुन्छन्। तर प्राधिकरणका आयोजना लागत प्रतिमेगावाट ३० करोड रुपैयाँसम्म पुग्छ। सरकारी लगानीका आयोजनामा झण्डै ५० प्रतिशतसम्म लागत थपिनुमा यिनै कारण जिम्मेवार रहेको उनको भनाइ छ।
माथिल्लो त्रिशूली निर्माण गर्न सिभिल, इलेक्ट्रो तथा हाइड्रो मेकानिकल निर्माण एउटै ठेकेदारले गर्ने गरी इपिसी कन्ट्र्याक्ट (सम्झौता) गरिएको थियो। यस्तो सम्झौताअनुसार निर्माण तालिका र लागतमा हेरफेर गर्न पाइँदैन। यसो गरिए त्यसको सम्पूर्ण जिम्मेवारी ठेकेदारले नै लिनुपर्छ। तर त्रिशूलीमा पूर्वऊर्जा मन्त्रीदेखि दलालसम्मको चलखेलले क्षमता बढाउने खेल मात्र भएन ठेकेदारको दाबीअनुसार रकम भुक्तानी गर्ने तयारी गरिएको छ। 
यसमा ठेकेदारले हालै नयाँ निर्माण तालिका पेस गर्दै २८ महिना थप समय मागेको छ। लागत पनि सोही अनुसार थप्न प्राधिकरणलाई पत्राचार गरेको छ। प्राधिकरणले आयोजनाको समय २६ महिना थप्ने तयारी गरेको छ। क्षमता बढाउने, नबढाउने विवादका कारण निर्माणमा ढिलाइ गर्दै आएको ठेकेदारले अहिले समय थप्नकै लागि निर्माणलाई तीव्रता दिएको छ। ठेक्का सम्झौताअनुसार आगामी अप्रिलमा ठेकेदारको म्याद सकिन्छ। प्रमुख भाटले यो आयोजनाको समय र लागत बढाउने विषय प्राधिकरणभन्दा बाहिरबाट निर्देशित हुने हुँदा कति थपिन्छ भन्नेमा केही भन्न नसकिने बताए।
सोही ठेकेदारले निर्माण गरिरहेको चमेलियाको पटक–पटक लागत संशोधन गरे पनि पूरा भएको छैन। अहिले पुनः लागत बढाउन डिएबी गठन गरिएको छ। सन् २००७ जनवरीमा निर्माण सुरु भएको आयोजनाको हालसम्म ३ पटक निर्माण अवधि संशोधन भइसकेको छ। सुरु लागत ८ अर्ब रुपैया“ अनुमान गरिएकोमा संशोधन गरेर १२ अर्ब ६६ करोड रुपैयाँ पुर्यांइएको छ। 
२०६८ वैशाखभरि भएको सुदूरपश्चिम बन्द भएको, सुरुङ खुम्चिएको र प्राधिकरणले समयमा भुक्तानी नगरेको भन्दै ठेकेदारले थप झन्डै ८० करोड रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै आएको छ। आयोजना जसरी पनि निर्माण गर्नुपर्ने हुँदा ठेकेदारका जायज, नाजायज माग पूरा गर्नतिर प्राधिकरण लागेको स्रोतले बतायो। सन् २००९ मै पूरा हुने भनिएको यो आयोजना पछिल्लो संशोधन तालिकाअनुसार सन् २०१५ को मार्चमा मात्र पूरा गर्ने लक्ष्य छ। तर, अझै थप ६ महिनादेखि एक वर्ष समय थपिने सक्ने आयोजनाका एक इन्जिनियरले बताए।
यसैगरी विवाद समाधान गर्न डिएबी नियुक्त गरिएको राहुघाट पनि लक्ष्यअनुसार निर्माण हुन सकेको छैन। भारतीय ठेकेदार आइभिआरसिएल लिमिटेडले समयमा काम गर्न नपाएको भन्दै सुरुमै झण्डै १५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ। प्राधिकरणले परामर्शदाता नियुक्ति नभएर एक वर्षसम्म काम गर्न नपाएको भन्दै गरेको यस्तो दाबी सदर तयारी गरेको सञ्चालक लक्ष्मण अग्रवालले बताए। 'ठेकेदारका यस्ता दाबी सबै सम्बोधन गर्नुपर्छ भन्ने हुँदैन,' उनले भने, 'दलाल पाल्ने र ठेकेदारसँग कमिसन खाने दाउमा यस्तो काम गरिन्छ।'
प्राधिकरणले परामर्शदातामा भारतीय 'वापकोस' लिमिटेडसँग सन् २०१२ को फेबु्रअरीमा सम्झौता गरेको थियो। तर भारतीय एक्जिम बैंकको लगानीको आयोजनामा उसले परामर्शदाता नियुक्ति स्वीकृत नगर्दा काम रोकिएको थियो। बैंकको सहुलियत ऋणमा निर्माण हुने यो आयोजनामा भारतले नै गरेको बेवास्ताको क्षतिपूर्ति पनि प्राधिकरणले तिर्ने तयारी गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस