काठमाडौं-राजधानीको वसन्तपुर, झोँछेस्थित ए–प्लस ट्युसन सेन्टर महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, हनुमानढोकाबाट मुस्किलले ३ सय मिटर टाढा छ।
एकहिसाबले प्रहरीकै आँगनछेउको उक्त ट्युसन सेन्टरमा आइतबार एकाबिहानै तीन स्कुले छात्रामाथि कक्षाकोठामै छिरेर अपरिचित युवाले तेजाब प्रहार गरेर भागे। प्रहरीले तीन दिन बितिसक्दा पनि उनीहरूलाई पक्राउ गर्न त परै, पहिचानसम्म गर्न सकेको छैन। स्थानीयले दिएको सूचनाका आधारमा उनीहरूको स्केचसम्म तयार गरिएको छ।चौबिसै घन्टा प्रहरीको बाक्लो उपस्थिति रहने र महानगरकै सुरक्षा तथा अपराध अनुसन्धान जिम्मेवारी पाएका दुई प्रमुख निकायकै छेउ एसएलसी ट्युसन पढिरहेका छात्रामाथि भएको आक्रमणमा संलग्नमाथि हदसम्म कारबाही गर्न चौतर्फी दबाब परिरहेको छ। प्रहरीलाई भने आक्रमणमा कसको संलग्नता होला भन्ने अनुमान गर्नसमेत हम्मे परिरहेको छ।
प्रहरीको चहलपहल भइरहने क्षेत्रमा भएको उक्त आक्रमणका दोषीलाई प्रहरीले किन पक्रन सकिरहेको छैन त?
घटना अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त, जनसेवाका डिएसपी वेद विष्ट भन्छन्, ‘आक्रमणकारीले योजनाबद्ध रूपमा विद्यार्थीमाथि एसिड आक्रमण गरेकाले दोषी पहिचान गर्न केही समय लागेको हो।' उनका अनुसार आक्रमणकारीले उक्त क्षेत्रमा कुन समयमा प्रहरीको चहलपहल कम हुन्छ, प्रहरी भ्यान कता छ, प्रहरीको अवस्था कहाँ, कस्तो छ जस्ता सबै जानकारी राखेर आक्रमण गरेको देखिन्छ।
‘पूर्वनिर्धारित योजनाअनुसार नै प्रहरीका हरेक मुभमेन्ट वाच गरेर आक्रमण गरेको देखिन्छ,' विष्टले नागरिकसँग भने, ‘मास्क लगाएका र उनीहरूलाई पहिचान गर्ने कोही नहुँदा अनुसन्धानमा केही बाधा परेको हो।'
स्थानीय तथा आसपासका अन्य व्यक्तिको बयान र पीडितले दिएको जानकारीका आधारमा आक्रमणकारीको स्केच बनाएर खोजी तीव्र पारिएको उनले बताए।
‘स्केच बनाएर शंकास्पद केहीमाथि निगरानी गरिरहेका छौं,' उनले भने, ‘अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेकाले सम्भवतः छिट्टै पक्रनेछौं।' प्रहरीले उक्त घटनाका विषयमा सूक्ष्म रूपमा हरेक कोणबाट अनुसन्धान गरिरहेको उनले दाबी गरे।
आक्रमणको केही घन्टामै आक्रमणकारीबारे सुराकी पत्ता लगाइसकेको दाबी गरेको प्रहरीले तीन दिनमा मुस्किलले स्केचसम्म बनाएको छ। आक्रमणमा परेका तीनै छात्रा, उनीहरूका परिवार, स्कुलका सहपाठी र शिक्षकसँग बयान लिने काम मात्र सकेको छ प्रहरीले।
पीडित विद्यार्थी र ट्युसन सेन्टरनजिकैका स्थानीयसँगको छलफल र बयानका आधारमा प्रहरीले बनाएको स्केचमा सम्भावित आक्रमणकारी मंगोलियन अनुहारको छ। आक्रमणकारीले लगाएको कपडाको रंग, हिँडाइ र कुदाइका आधारमा केही शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको छ।
डिएसपी विष्टका अनुसार प्रहरीले यो घटनामा प्रेमसम्बन्ध, साथीहरूबीच झैंझगडा वा मनमुटाब, पारिवारिक रिसइबी र परिवारबाहेकका अन्य व्यक्तिसँगको रिसइबीजस्ता विषयमा केन्द्रित भएर अनुसन्धान गरिरहेको छ।
‘पारिवारिक रिसइबी र मनमुटाबका आधारमा अनुसन्धान जोडेर हेर्दा अहिलेसम्म त्यस्तो देखिन आएको छैन,' उनले भने, ‘अब हामीले प्रेमसम्बन्ध, साथीहरूबीचको मनमुटाब वा अन्य कसैको उक्साहटमा भएको हो भन्ने विषयमा पनि अनुसन्धान अगाडि बढाएका छौं।' अहिलेसम्मको बयान र सबैको कुराकानीका आधारमा प्रेमप्रसंगका कारण पनि आक्रमण गरिएको होइन भन्नेमा पुगेको उनले बताए।
एसएलसी परीक्षा दिने विद्यार्थीमाथि भएको आक्रमणको दोषीलाई लामो समयसम्म पक्राउ गर्न नसकेपछि विभिन्न संघसंस्थाले छिटो पक्राउ गर्न दबाब दिइरहेका छन्। तेजाब हमला गर्नेलाई कारबाही माग गर्दै नाराजुलुससहित र्यापली निकाल्नेदेखि विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराउनेहरू बढिरहेका छन्।
राष्ट्रिय मानवअधिकार आयोगले पनि मंगलबार विज्ञप्ति जारी गर्दै तेजाब आक्रमण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा आक्रमणमा संलग्न व्यक्तिलाई यथाशक्य पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराइएको छ।