काठमाडौं–अवैध सुन तस्करी गर्ने व्यापारी, मध्यस्थकर्ता र भरीयासम्मलाई प्रहरीले सार्वजनिक गरेको छ। संगठित रुपमा अवैध सुन तस्करी र पैठारी संचालन गर्ने १४ जनाको गिरोहमध्ये ९ जनालाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
उनीहरुबाट सात किलो ५९ ग्राम सुन र ३० लाख नेपाली रुपैंया बरामद भएको अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाले जनाएको छ। सो सुनको नेपाली बजार मूल्य तीन करोड ३३ लाख ४० हजार बराबर हुन आउँछ।
पक्राउ पर्नेमा लगानीकर्ता द युनाइटेड वर्ल्ड मार्ट पसल संचालक पोखराका आकाशकुमार बज्रचार्य, इलामका बालकृष्ण अग्रवाल रहेका छन्। अर्का लगानीकता झापामा सावरमह जोधानीभने फरार रहेको प्रहरीले जनाएको छ।
यसैगरी मध्यस्थकर्ता र भरिया प्रविण तिमल्सिना, देउता तिमल्सिना, महोन चौधरी, रामराज चौधरी, नारायण चौधरी, विशाल चौधरी रहेका छन्। यसैगरी ध्रब तिमल्सिना, मिलन तामाङ, श्रीराम चौधरी र जयराज भट्ट फरार रहेको प्रहरीले जनाएको छ।