काठमाडौं- नेपालमा हुने सुन तस्करीमा सधैं भरिया र मध्यस्तकर्तालाई मात्र पक्राउ गरेको आरोप खेप्दै आएको प्रहरीले तस्करीमा प्रत्यक्ष संलग्न रहेका पहिलो तहका व्यापारीसहितको एक गिरोह पक्रेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले व्यापारी, मध्यस्तकर्ता र भरियासम्मको तीन तहको संगठित सुन तस्करको गिराह पक्रन सफल भएको हो। तीन महिना लामो अनुसन्धान क्रममा महाशाखाले १४ जनाको समूहमध्ये दुई जना लगानीकर्तासहित ९ जनालाई विभिन्न समयमा पक्रेको हो। गिरोहसँगै प्रहरीले तीन करोड ३३ लाख ४० हजार मूल्य बराबरको ७ केजी सुन र ३० लाख नेपाली रुपैयाँ पनि बरामद गरेको छ।प्रहरीले संगठित समूहलाई पक्रेपछि सुन तस्करीमा केही व्यापारीकै संलग्नता रहेको समेत पुष्टि भएको छ। महाशाखा टोलीले पहिलो तहका तीन लगानीकर्तामध्ये न्युरोडस्थित द युनाइटेड गोल्ड मार्टका सञ्चालक ४८ वर्षीय आकाशकुमार बज्राचार्य र अर्का व्यापारी ४२ वर्षीय बालकृष्ण अग्रवाललाई पक्रेको हो। सोही गिरोहका अर्का व्यापारी सावरमल जोधानी भने फरार छन्। पक्राउ पर्नेमध्ये बज्राचार्य कास्की पोखरा उपमहानरपालिका–१ का हुन् भने अग्रवाल इलाम–१ का हुन्। फरार जोधानीको घर भने झापा भद्रपुर रहेको महाशाखाले जनाएको छ।
महाशाखा प्रमुख पुष्कर कार्कीले संगठित रुपमा सुन तस्करीमा संलग्न रहँदै आएको यति ठूलो गिरोहलाई पहिलो पटक पक्रन सफल भएको बताए। उनले पक्राउ परेकालाई पहिलो पटक संगठित अपराध मुद्धासमेत दायर गर्ने तयारी भएको छ। यस्तो मुद्दामा तीन वर्षभन्दा बढी कैद सजाय र विगोअनुसार जरिवाना हुनेछ। एक करोडभन्दा बढी विगो अपराधमा यस्तो मुद्दा लगाउन सकिनेछ।
यसअघि पक्राउ परेका भरिया तथा मध्यस्तकर्तालाई प्रहरीले सुन चोरीपैठारीमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागमा कारबाहीका लागि पठाउँथयो। तर, यसपटक पक्राउ परेकाले संगठित रुपमै लामो समयदेखि निरन्तर रुपमा चीनबाट सुनचाँदीको चोरीपैठारी गरेको देखिएकाले संगठित अपराध निवारण ऐन, २०७० अनुसार अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको कार्कीले बताए।
'सुन तस्करीमा पहिलो तहका लगानीकर्ता नै संलग्न रहेका संगठित आपराधिक समूहलाई नै यसरी पहिलो पटक पक्राउ गरी संगठित अपराध अन्तर्गतको मुद्दा लगाउन लागिएको हो,' उनले भने, 'तीन महिनादेखिको लगातारको अनुसन्धानबाट सुन तस्करीको यति ठूलो गिरोह पक्रन सकिएको हो। हामी यस्ता अन्य गिरोहबारे पनि अनुसन्धान गरिरहेका छौं।'
महाशाखाले सुनचाँदीको संगठित भन्सार चोरीपैठारी नियन्त्रण गर्न तथा संगठित रुपमा सुनचाँदीको अवैध कारोबारबाट संकलन हुने मुद्राको खोजी, बरामदी र कारबाही गर्न चलाएको 'अक्टोपस अप्रेसन' नामक अनुसन्धानबाट उनीहरुलाई पक्रन सफल भएको हो। अनुसन्धानबाट सुन तस्कारले एक केजी सुनलाई एक बोरा भन्दै कोड भाषा प्रयोग गर्ने गरेको समेत पाइएको छ।
पक्राउ पर्ने अन्य मध्यस्तकर्ता र भरियामा भक्तपुर ठिमी–१६ का २३ वर्षीय प्रवीण तिमल्सिना, सिन्धुपाल्चोक पांग्रेटार–३ का २१ वर्षीय देउता तिमल्सिना, रौतहट सिमरा भवानीपुर–३ का ३२ वर्षीय मोहन चौधरी, चितवन रत्ननगर–६ का ३९ वर्षीय रामराज चौधरी, बारा मनहरुवा–४ का ४१ वर्षीय नन्दकिशोर चौधरी, चितवन–६ का २४ वर्षीय विशाल चौधरी र चितवन पदमपुर–९ का ३० वर्षीय सत्यनारायण चौधरी छन्। यीमध्ये विशाल र मोहन मध्यस्थकर्ता हुन् भने अन्य भरिया हुन्।
उक्त संगठित समूहको एक लगानीकर्तासहित लगानीकर्ताका कामदारका रुपमा रहेका अर्को तहका दुई जना, एक जना मध्यस्थकर्ता र एक जना भरिया भने अझै फरार छन्। फरार हुनेमा लगानीकर्ता जोधानी, कामदारहरु काभ्रे नयाँबजारका २८ वर्षीय मिलन तामाङ र कैलालीका २६ वर्षीय जयराज भट्ट छन्। यस्तै, मध्यस्तकर्ता चितवनका श्रीराम चौधरी र सिन्धुपाल्चोक पांग्रेटारका ४० वर्षीय ध्रुव तिमल्सिना भरिया फरार छन्।
कार्कीका अनुसार उक्त गिरोहको अनुसन्धान गत पुस २४ गते प्रहरी चेकजाँचका क्रममा गिरोहका देउतासहितका चार जनाले प्रहरीसँग अभद्र व्यवहार गरेपछि सुरु भएको हो। ललितपुरमा भएको चेकजाँच क्रममा गिरोहका व्यक्तिले प्रहरी कर्मचारीमाथ अभद्र व्यवहार गरेपछि महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय अपराध शाखा ललितपुरको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान क्रममा ती व्यक्ति सुनचाँदीको भन्सार चोरीपैठारी कार्यमा संलग्न भएको खुल्न आएको थियो।
प्रहरीले उनीहरुले नै दिएको बयानका आधारमा पुस २६ गते प्रवीण तिमल्सिनाको घरबाट दुई केजी र देउता तिमल्सिनाको घरबाट अर्को २ केजी अवैध सुन बरामद गरेको थियो। त्यसपछि बिस्तारै अन्य व्यक्तिको सञ्जाल खुल्दै गएको कार्कीले जानकारी दिए।
महाशाखाका अनुसार चालु आर्थिक वर्षमा फागुनसम्मको अवधिमा काठमाडौंमा मात्र अहिलेसम्म विभिन्न समूहमार्फत ८२ केजी तस्करीका सुन पक्राउ परेका छन्। यो विगत वर्षको तुलनामा निकै धेरै हो। गत आर्थिक वर्षमा काठमाडौंमा ६६ दशमलव ५७ केजी र त्योभन्दा अघिल्लो वर्ष ६८ दशमलव ४१ केजी सुन पक्राउ परेको थियो।
के हो संगठित अपराध?
प्रत्यक्ष वा परोक्ष रुपमा संगठित अपराध गर्ने उद्देश्यले नेपालभित्र वा बाहिर रहे भएको संगठित वा असंगठित ३ वा ३ भन्दा बढी व्यक्तिको समूह। आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहका तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानीजानी गरेको कुनै गम्भीर अपराधलाई संगठित अपराध भनिन्छ।