जनताको विश्वास!
१३ चैत्र २०७१
•
४ मिनेट पाठ
जनताको विश्वास!
एघार वर्षअगाडि निरकुंशताविरुद्ध निस्किएका बेला सुरक्षाकर्मीले पुलतीसडकमा लाठी बर्साउँदा लडेका अहिलेका प्रधानमन्त्री शुशील कोइराला र सरकारमै भएको अर्को दल एमालेका नेता अमृतकुमार बोहराका साथै अन्य नेताहरू। यी नेतामाथि किन बर्सियो लाठी? सबैलाई थाहै छ। कांग्रेस पार्टीको महाधिवेशनमा केही महाधिवेशन प्रतिनिधिले मसँग भनेका थिए—  बिचरा बूढा शुशील कोइरालासँग पैसो छैन, देउवाको खर्चमा प्लेन चढेर आइयो तर भोटचाहिँ कोइरालालाई हालिन्छ। कोइराला प्रधानमन्त्री हुनेबित्तिकै आफैं भन्थे— भ्रष्टचारमा शून्य सहनशीलता। तर हिजोआज उनले यस्तो कुरा नगरेको धेरै भइसक्यो। कतै जानेर वा नजानेर, कोइराला पनि भ्रष्टचारको मिठो लतमा फस्दै गएका त छैनन्।सन्दर्भ हो, डा. गोविन्द केसीको आमरण अनसन। डा. केसी र कोइरालाका अरू कुरा नमिले पनि एउटा कुरामामा चाहिँ समानता छ, दुवै अविवाहित हुन्।  दुवैमा व्यक्तिगत स्वार्थ खासै केही नहुनुपर्ने हो। मेडिकल कलेजहरूलाई जथाभावी सम्बन्धन दिन हुँदैन भनेर डा. केसी आमरण अनसनको पाँचौ शृंखलामा छन्। सम्बन्धनका लागि निश्चित मापदण्ड बनाउनुपर्नेमा उनको जोड छँदै छ। यसभन्दा अघिल्लो अनसनमा प्रधानमन्त्री कोइरालाले आफ्नै पहलमा डा. केसीका जायज माग पूरा गर्ने वचन दिएर अनसन तोडाएका थिए। तर, अहिले १४ महिना बित्न नपाउँदै प्रधानमन्त्री कोइराला व्यापारी र मेडिकल माफियाहरूको जालोमा यसरी फसेछन्, आफैंले गरेका वाचा पूरा गर्नु त कताकता उल्टो सुनेको नसुन्यै गरिहेका छन्।  यदि डा. केसी गलत हुन् भने किन गलत हुन्, प्रधानमन्त्रीले भन्न सक्नुपर्छ। नत्र सादगी जीवनका प्रधानमन्त्रीको नियतमाथि शंका गर्ने ठाउँ धेरै उत्पन्न हुन सक्छन्।
प्रधानमन्त्रीज्यु, एकपटक नियालेर यो तस्बिर हेर्नुहोस् अनि आफैं विचार गर्नुहोस्। बुढेसकालमा  लाठी खाएको आफ्ना नातागोता–परिवारका लागि त पक्कै होइन। प्रधानमन्त्री पद पाउनका लागि पनि नहोला। देशमा विकास र सुशासन, शान्ति र स्थिरता अनि ठूलो संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था संस्थागत गर्नकै लागि हो भन्ने सबैले बुझेका छन्। केही समययता देखिएका व्यवहारले भने प्रधानमन्त्रीको पनि …कान चिरिन थालेको' हो कि भन्ने हुँदै छ। जनताको आशा पूरा गर्नुको साटो यस्तै गर्दै गए फेरि पनि लाठी खानुपर्ने दिन नआऊला भन्न सकिन्न है प्रधानमन्त्रीज्यु। बेथिति, भ्रष्टचार, मनपरीतन्त्र अनि निरंकुशताविरुद्ध लाठी खान तयार हुने सुशील कोइराला प्रधानमन्त्री पदका लागि गलत कुरासित सम्झौता गर्दैनन् भन्ने जनताको विश्वास नभत्किएकै राम्रो!


अर्को समाचार
सरकारप्रति जनताको विश्वास घट्दो : देउवा
०७ वैशाख २०७६
•
४ मिनेट पाठ
सरकारप्रति जनताको विश्वास घट्दो : देउवा
क्याप्सन कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार कास्कीमा सहयोग हस्तान्तरण गर्दै। तस्बिर : नागरिक
पोखरा - कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको बताएका छन्। उनले एक वर्षमा पनि सरकारले सोचेजति काम गर्न नसकेकाले जनताले विश्वास गर्न नसकेको बताए। देउवाले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा कांग्रेस वडा एकाइ समितिले निर्माण गरेको बिपी स्मृति भवनको शुक्रबार उद्घाटन गर्दै सरकारले जनताको मन जित्न नसकेको बताए। ‘एक वर्ष अवधिमा सरकारले सोचेजति काम गर्न सकेन,’ उनले भने, ‘त्यसले गर्दा जनताले पत्याएका छैनन्।’




बालुवाटारको जग्गा किनबेच भएकोे विषयलाई गम्भीर रुपमा लिएको उनले बताए। ‘बालुवाटारको जग्गा राष्ट्रियकरण भएको जग्गा हो, यो जग्गा कसले किन्यो, कसले बेच्यो, गम्भीर छ,’ उनले भने, ‘यो विषय त्यत्तिकै छोड्नेवाला छैनौं।’ एक वर्षमा सरकारले एउटा पनि काम गरेर देखाउन नसक्दा सरकारप्रति विश्वास घट्दै गएको उनले बताए। सरकारले देश र जनता लुटेको आरोपसमेत उनले लगाए। ‘देश र जनतालाई नलुटेको भए लुट्न सके लुट् कान्छा भन्ने गीतसँग किन डराएको’, उनले प्रश्न गरे। सभापति देउवाले कर र भ्रष्टाचार बढाएको सरकारले बलात्कारीसमेत लुकाएको आरोप पनि लगाए।

सार्दीखोलामा निर्माण गरिएको बिपी स्मृति भवनले अन्य जिल्लालाई पनि भवन निर्माणका लागि उत्साहित बनाउने विश्वास उनले व्यक्त गरे। कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीले आन्दोलनको नेतृत्व गरेको, संविधान बनाएको र तीन तहको निर्वाचन गराएको कांग्रेस कमजोर नरहेको बताए। ‘पार्टीभित्र एकता र सौहार्दता नहोला तर कांग्रेस कमजोर छैन,’ उनले भने, ‘सिद्धान्त र विचारमा उत्कृष्ट छ।’ उनले सरकारका कारण लोकतान्त्रिक व्यवस्थासमेत खतरामा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरे।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले सबै मिलेर मात्र राष्ट्रियता बलियो बनाउन सकिने उल्लेख गरे। उनले मिठो कुरा बाँडेको र मिठो सपना देखाएको कम्युनिस्ट सरकारले केही गर्न नसकेको टिप्पणी गरे।

कास्की सभापति कृष्ण केसीले सरकारका कारण ज्यादती, मनोमानी र अराजकता बढेकाले भोट दिएका जनतासमेत वाक्क भएको बताए। कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गरेकालाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा सूर्यबहादुर केसी, हितमान गुरुङ, गुन्जमान गुरुङ, लक्षिण–अमृत गुरुङ, पानबहादुर तामाङ, इन्द्र गुरुङ, राम गुरुङ, पूर्ण राई, कुलबहादुर गुरुङलगायत छन्।

तत्कालीन सार्दीखोला गाविसका अध्यक्ष एवं कांग्रेसका अग्रज नेता आशबहादुर गुरुङले उपलब्ध गराएको आठ आना जग्गामा दुईतले भवन निर्माण गरिएको छ। भवन निर्माणका लागि ५० लाख रुपैयाँभन्दा बढी लगानी भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस