जबरजस्ती करणी अभियोगमा ३ पक्राउ
१३ कार्तिक २०७२
•
२ मिनेट पाठ
जबरजस्ती करणी अभियोगमा ३ पक्राउ
काठमाडौं– बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला चलालगणेशस्थान–१ तार्थली भन्ज्याङ बस्ने ७७ वर्षीय कृष्णबहादुर नगरकोटीलाई पक्राउ गरेको छ ।नगरकोटीले बिहीबार सोही ठाउँ बस्ने १३ वर्षीया बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

त्यस्तै, आफ्नै दिदिलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–१३ बस्ने २० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय ल कलेज नजिक २२ वर्षीया दिदीलाई बिहीबार जबरजस्ती करणी गरेको भनी पीडितले महानगरीय प्रहरी बृत्त ठिमीमा निवेदन दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैगरी आप्mनै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुरस्थित हनुमान इँटाभट्टामा काम गर्ने दाङ तुल्सीपुर नगरपालिका–३ का ४६ वर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनले बिहीबार छोरीलाई जबरजस्ती करणी गरेको भनी पीडित बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा निवेदन दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
अर्को समाचार
महिलालाई जबरजस्ती करणी गर्ने मुखिया पक्राउ
१७ चैत्र २०७२
•
२ मिनेट पाठ
महिलालाई जबरजस्ती करणी गर्ने मुखिया पक्राउ
इटहरी- सुनसरी डुम्राहामा मंगलबार राति एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। राति ११ बजे डुम्राहा-४ की एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका १८ वर्षीय अशोक मुखियालाई प्रहरीले पक्राउ गरेको हो।जबरजस्ती करणी गरेर फरार भएका मुखियालाई पक्रन प्रहरी परिचालन गरिएको थियो। चार दिनअघि १२ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गर्ने रामनगर भुटाहा-५ का ३२ वर्षीय अब्बास लहरी अन्सारी भने फरार छन्। अब्बासको खोजी भइरहेको जानकारी दिइयो।

बालिका घाँस काटन खेतमा गएको मौका छोपेर अब्बासले बलात्कार गरेको पीडितका परिवारले प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

एकपछि अर्को जबरजस्ती करणीजस्ता कुर्कत्यका घटना सुनसरीमा हुने क्रम बढ्दो छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क हेर्ने हो भने पछिल्लो अढाई महिनाको अवधिमा १४ वटा जबरजस्ती करणीका घटना भएका छन्। चारवटा जबरजस्ती करणी उद्योगका घटना भएका छन्।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो माघ महिनामा जबरजस्ती करणीका दुई, फागुनमा नौ र चैतको अहिलेसम्म तीनवटा घटना भएका छन्। त्यस्तै, जबरजस्ती करणी उद्योगका घटनामा माघ र फागुनमा दुई-दुईवटा घटना भएका छन्। प्रहरीको तथ्याङ्क हेर्दा भयानक र कहानीलाग्दो बलात्कारको घटनाले महिलाको जीवन नष्ट गरिरहेको छ।

डर, त्रास, धाक-धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही महिलामाथि जबरजस्ती गरिन्छ भने त्यसलाई नै जबरजस्ती करणी मानिन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस