यस्तो देखियो इन्द्रजात्रा (फोटो फिचर)
२० भदौ २०७४
•
३ मिनेट पाठ
यस्तो देखियो इन्द्रजात्रा (फोटो फिचर)
काठमाडौं- वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी उपत्यकामा  परम्परागत इन्द्रजात्रा पर्व मनाइएको छ।  वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।




जात्राको पहिलो दिन आइतबार बिहान सवा आठ बजे हनुमान ढोका अगाडि लिंगो उठाएर नाचगान गरिएको थियो। आइतबारै बेलुका ८ बजे कुमारीलाई हनुमानढोका लगेर पूजा गरी फर्काइएको छ ।

जात्रा सुरु भएसँगै विभिन्न देवी–देवतालाई आठ दिनसम्म किलागलस्थित हलचोक आकाश भैरव गुठीमा राखिन्छ । जात्रा नसकिएसम्म देवी–देवतालाई त्यहीँ राखेर पूजा गर्ने चलन रहेको छ।

जात्राको पहिलो दिनदेखि अन्तिम दिनसम्म विभिन्न नाच, रथयात्रा र जात्रा प्रस्तुत गर्ने गरिन्छ । आइतबार हनुमानढोका आसपासमा लाखे, दश अवतार, भैरव, आकाश भैरव, देवी, महाकालीलगायत नाच देखाइएको छ।

जात्रा सुरु भएको तेस्रो र चौथो दिन कुमारी र भैरवको रथयात्रा गरिन्छ । रथयात्राको मुख्य रुट वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोका क्षेत्र हो।  इन्द्रजात्रामा राष्ट्र प्रमुखले दुईपटक दर्शन र प्रसाद ग्रहण गर्नुपर्ने नियम छ ।

उपत्यकाका अन्य जात्राजस्तै इन्द्रजात्राका पनि किंवदन्ती छन् । त्यसमध्ये सबैभन्दा चर्चित किंवदन्तीअनुसार कुनै बेला स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आएका थिए । उनी काठमाडौं उपत्यका आइपुगे । एउटा बगैँचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल चोर्न पसे ।

बगैंचामा पसेको चोर देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याए। छोरो काठमाडौंमा बाँधिएको पत्तो पाएपछि इन्द्रकी आमा आई छोराको बदलामा कुहिरो दिने वाचा गरी उनलाई फर्काएर लगिन् । त्यसैको सम्झनामा इन्द्रजात्रा सुरु गरिएको धेरैको भनाइ छ । यो मौसममा लाग्ने कुहिरोका कारण अन्नबाली राम्रो हुने जनविश्वास अहिले पनि रहँदै आएको छ। 

सबै तस्बिरहरु: प्रबिन कोइराला
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb73f9bf71.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb740bdc3f.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb7417ca10.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb7428a9fb.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb742eefcb.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb7459b4ee.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb745a9275.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb747ede9b.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb748b478c.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb74a87863.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb74aa37a7.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb74c523db.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb74c6ff8a.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb74ecff0e.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb74ed7881.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb750a4677.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb750ed2d7.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb752b0713.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/59aeb753013db.jpg
अर्को समाचार
उपत्यकामा इन्द्रजात्राको रौनक (फोटो फिचर)
०८ असोज २०७५
•
४ मिनेट पाठ
उपत्यकामा इन्द्रजात्राको रौनक (फोटो फिचर)
तस्बिर : दिपेन्द्र राेक्का
काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार इन्द्रजात्रा मनाइएको छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइएको हो। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरेकी छिन्। इन्द्रजात्रा हेर्न बसन्तपुर दरबार क्षेत्र पुगेकी भण्डारीले श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन पनि गरिन। यस अवसरमा सरकारले सोमबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो। 




इन्द्रजात्राका अवसरमा विभिन्न देवदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै शहर परिक्रमा गरेका छन्। भाद्र शुक्ल चतुर्दशीका दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि कार्यवाहक प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतको पनि सहभागिता थियो।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ। 

यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ। 

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोकको नालास्थित जङ्गलमा छाडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ। काटेपछि लिङ्गोलाई काठमाडौँ भित्र्याउन पनि साइत हेरिन्छ। यहाँ भित्र्याइएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। 

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरी भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ। इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। 

यस उपलक्ष्यमा सोमबार काठमाडौँ उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ। 
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef85359ea.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef85397eb.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef854d5eb.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef855af0d.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef85671a2.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef857792f.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef858a205.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef8597c89.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef85a7dc4.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef85b24c7.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef85bbc3a.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef85d883b.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef85e558b.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5ba8ef85f04b7.jpg
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस