तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने व्यवसायीले बताउने गरेका छन। बजारको माग मध्ये केही स्थानीय र अपुग अन्य जिल्लाबाट ल्याउने गरिएको छ। स्थानीय किसानले रोपेको फूलको थुंगा अहिले धमाधम टिपिरहेका छन। यहाँ धानखेतीको साटो फूलखेती गर्ने किसान पनि पर्याप्त छन। त्यसबाहेक तिहार लक्षित गर्दे जग्गा भाडामा लिएर पनि यहाँ फूल खेती गरिन्छ।
‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गर्न शुरु गरेका छौं,’ फ्लोरिकल्चर एशोशिएसन कास्की अध्यक्ष दिलबहादुर गुरुङले भने। पोखरामा खपत हुने फूलमध्ये स्थानिय उत्पादनले ८० प्रतिशत धान्छ। बाँकी २० प्रतिशत भारतबाट आयातीत फूलले धान्ने उनले जानकारी दिए। उनका अनुसार स्थानिय उत्पादनले धान्ने फूलको बजार पोखरा एक्लैले भने धान्दैन। यहाँ खपत हुने फूल धादिङ, गोरखा, लमजुङ लगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको उनले बताए।
पोखरामा खपत हुने फूल मध्ये ८० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी २० प्रतिशत पुष्प ब्यबसायीले उत्पादन गर्ने गरेका छन्। एशोशिएसनका निवर्तमान अध्यक्ष दयाकुमार द्वा का अनुसार तिहारमा पुष्प व्यवसायीले ५० लाख रुपैयाँ बराबरको फूल बेच्छन् भने सिजनल व्यापारीले २ करोड बढी बेच्ने गरेका छन्।
यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन्। विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन्।
जिल्लाको त्रियुगा नगरपालिकाको गाइघाटसहित राजाबास बोक्से, श्रीपुर,बगाहा,जोगिदह तथा चौदण्डी नगरपालिकाको बेल्टार बसाहार,कटारी नगरपालिकाको कटारी बजार, त्रिबेणी हरैया सहितका क्षेत्रहरुमा पर्याप्त मात्रमा सयपत्री फूल फुलेका बताइको छ।
त्रियुगा ९ गैरुनका शारदा दनुवारले यस पटक पर्याप्त मात्रामा वर्षा भएको कारण सयपत्री फूल फुलेको र तिहारमा फूलको कमी नहुने बताए। चौदण्डी बसाहका आरती खड्का पनि यस सयपत्री फूलहरु प्रशस्त मात्रमा फुलेको बताउँछिन्। उनी भन्छिन्,'यस पटक वर्षा राम्रो भएको कारण सयपत्री फूलका फुलेका र विगतका वर्षमा जस्तो फूलको कुनै समस्या हुँदैन।' रासस
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...