अर्को समाचार
वसन्तपुरमा मिलियन मास्क मार्च प्रदर्शन (फोटोफिचर)
अर्को समाचार
वसन्तपुरमा होलीको रौनक,हर्सोल्लासका साथ मनाइँदै
फागु पूर्णिमा (होली) पर्वको दिन आज सर्वसाधारणले काठमाडौंको वसन्तपुरमा होली खेलेर मनोरञ्जन गरी मनाईरहेका छन्।
यतिबेला वसन्तपुरमा हजारौंको संख्यामा युवायुवतीहरू जम्मा भएर होली मनाईरहेका छन्। विगतमा अपरिचित व्यक्तिलाई जबर्जस्ती लोला हान्ने, अबिर लगाउने र फोहोर पानी छ्याप्ने जस्ता क्रियाकलाप हुने गरेकोमा यो वर्ष भने निकै सौहार्दपूर्ण रूपमा होली मनाइँदै छ।
यस्तै,होली पर्व आज देशका अधिकांश क्षेत्रमा मनाइँदै छ। विशेषगरी यो पर्व आज काठमाडौं उपत्यकासँगै हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ।
तराई–मधेशमा भने सोमवार होली परेको छ।होलीमा उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौंमा बिहानैदेखि प्रहरीले चेकिङ गरिरहेको छ।