सुनसरी १ मा जसपाका अशोक राईकाे २१८ मतले अग्रता
११ मंसिर २०७९
•
१ मिनेट पाठ
सुनसरी १ मा जसपाका अशोक राईकाे २१८ मतले अग्रता
सुनसरी क्षेत्र नं १ मा एमाले–जसपाका संयुक्त उम्मेदवार अशोककुमार राईले अग्रता बढाएका छन्।




निर्वाचन अधिकृतको कार्यालय धरानले दिउँसो ३ बजेसम्मको मतगणनाको नतिजा सार्वजनिक गर्दा राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन)लाई २१८ मतले पछि पारेका छन्। कार्यालयका अनुसार कुल ६८ हजार ४१२ मत गणना सकिदा जसपा उम्मेदवार राईले १४ हजार ४२६ मत पाएका छन् । रास्वपका उम्मेदवार तामाङले १४ हजार २०८ मत पाएकी छिन्।

यसैगरि, गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश)ले ११ हजार २६६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले ७ हजार ३६, राप्रपा उम्मेद्वार अशोक राई (अविरल) ६ हजार ६०९, तर्कबहादुर मगर ३ हजार ७३७ मत पाएका छन्।  

सुनसरी १ मा धरानको २० वटा वडा, बराहक्षेत्रको ५ वटा वडा र रामधुनीको २ वटा वडाका मतदाताहरु छन् । कुल १ लाख ४१ हजार ८७८ मतदाता रहेको यो क्षेत्रमा ७८ हजार ८९३ मत खसेको छ।  
अर्को समाचार
कानूनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिररहेको छु: मन्त्री राई
१८ फागुन २०८०
•
१ मिनेट पाठ
कानूनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिररहेको छु: मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा देखापरेका कानूनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिररहेको बताएका छन्।




शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले शिक्षा क्षेत्रमा कानूनी हिसावले देखा परेका रिक्ततालाई परिपूर्ति गर्ने ढंगले काम गरिरहेको बताएका हुन्।

उनले शिक्षा क्षेत्रको सबभन्दा मुख्य समस्या भनेकै उपयुक्त ऐन, कानूनहरुको अभाव भएको भन्दै परिवर्तित व्यवस्था अनुरुपको ऐन, कानुनहरु बनाउनुपर्ने बताए। उनले प्राविधिक शिक्षा सम्बन्धी ऐन संसदमा आउने अन्तिम चरणमा रहेको बताए। उच्च शिक्षा सम्बन्धी ऐनपनि संसदमा छिट्टै ल्याउने गरी काम गरिरहेको उनले जानकारी दिए।

उनले भने, ‘अहिले शिक्षा क्षेत्रको सबभन्दा मुख्य समस्या भनेकै उपयुक्त ऐन, कानूनहरुको अभाव हो। परिवर्तित व्यवस्था अनुरुपको ऐन, कानूनहरु बनाउनुपर्ने छ। विद्यालय शिक्षा सम्बन्धी ऐन अहिले छलफलमा छ समितिमा। प्राविधिक शिक्षा सम्बन्धी ऐन संसदमा आउनेवाला छ अन्तिम चरणमा छ। त्यस्तै, उच्च शिक्षा सम्बन्धी ऐनपनि नयाँ ढंगले ड्राफ्ट गरेर अगाडी लानुपर्ने आवश्यकतामा छ। ०७६ सालमा बनेको ड्राफ्ट सार्वजनिक रुपमा छलफलका लागि मैले सार्वजनिक गरेको थिएँ। धेरै विज्ञहरुको विचार हेर्दाखेरी त्यो ऐनलाई नयाँ ढंगले नयाँ आकार, नयाँ सारतत्व राखेर समयानुकुल बनाउनुपर्ने कुरा आएको छ। त्यसलाई ड्राफ्ट गरेर सकेसम्म छिटो संसदमा प्रश्तुत गर्ने प्रयत्न चलिरहेको छ। शिक्षा क्षेत्रमा कानूनी हिसावले देखा परेको एकखालको रिक्तता नै भन्न सकिन्छ यसलाई, त्यो रिक्ततालाई परिपूर्ति गर्ने ढंगले म काम गरिरहेको छु।’
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस