उदयपुर १ को गणना सुचारु हुने
१२ मंसिर २०७९
•
२ मिनेट पाठ
उदयपुर १ को गणना सुचारु हुने
अघिल्लो दिन विहानदेखि रोकिएको उदयपुर १ को मतगणना कार्य सुचारु हुने भएको छ। आईतबार खोलिएका प्रतिनिधिसभा तर्फका १० वटा मतपेटिकामा प्रदेशसभाका १ सय ७ मत भेटिएपछि स्थगित भएको गणना लगभग २८ घण्टापछि सुचारु हुन लागेको हो।




प्रतिनिधिसभामा प्रदेशसभाका मतपत्र भेटिएपछि आईतबार विहान १०ः०० बजेदेखि स्थगित भएको गणना दिउसो ४ः०० बजेदेखि सुचारु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले तय गरेको थियो। तर, सर्वदलीय बैठकमा ४ः०० बजेसम्म सहमति कायम नभएपछि साँझ ७ः०० बजे अर्को बैठक बस्ने तय भयो।

तर, साँझ ७ः०० बजेको बैठक बस्नुअघि नै एमालेलगायत दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पुनः मतदान कार्य गर्न माग गर्दै निवेदन दिए। उनीहरुको यस्तो मागसँगै बामलोकतान्त्रिक गठबन्धनले मतगणना तत्काल सुचारु गर्न माग गर्दै अर्को निवेदन दिएपछि असमञ्जसमा परेको निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोग गुहारेको थियो। तर, सोमबार विहान १०ः०० बजेसम्म पनि आयोगले कुनै निर्देशन नदिएपछि कार्यालयले दुवैपक्षको माग निवेदन पत्रको प्रतिलिपि राखेर पुनः आयोगमा पत्राचार गरेको थियो।

दुवैपक्षको माग संलग्न राखि आयोजमा पत्राचार गरेको र दिउँसो १ः०० बजेसम्म पुनः मतगणना स्थगित गरेको जानकारी दिएको कार्यालयले निकास आएकाले गणना सुचारु गर्न लागेको जनाएको छ। निर्वाचन अधिकृतको कार्यालयले आयोगले भर्खरै पत्र पठाउँदै मतगणना गर्नुअघि भएको पूर्वसहमति अनुसार गर्न निर्देशन दिएकाले गणना सुचारु गर्न लागेको जनाएको छ।

‘तहाँको पत्र संख्या १०३ मितिः ०७९÷८÷११ गतेको पत्र प्राप्त भई बेहोरा अवगत भयो’ आयोगको पत्र संख्या १७९ मा भनिएको छ ‘सो सम्बन्धमा मतगणनापूर्व जे जस्तो सहमति भएको हो, सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने।’

आयोगका उपसचिव ऋषिराम भुसालद्वारा हस्ताक्षरित पत्रमा एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनि सम्बन्धित मतदान अधिकृतले प्रतिबेदन दिएको भए आयोगको ०७९ मंसिर ५ गतेको पत्र बमोजिम गर्न पनि निर्देशन दिइएको छ। त्यस्तै अन्यथा आयोगको ०७९ मंसिर ४ गतेको पत्रानुसार गर्न पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन आएको सहायक मुख्य निर्वाचन अधिकृत धनबहादुर कार्कीले बताएका छन्। आयोगको निर्देशनात्मक पत्र आएपछि गणना कार्य सुचारु गर्न लागिएको छ।

उदयपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभा क० र ख० तथा १ मा प्रदेशसभातर्फ क० र ख० दुवैको अन्तिम नतिजा ३ दिनअघि नै आईसकेको छ। १ नं। मा नेपाली कंग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। सुरुवाती चरणदेखि अग्रता लिदै आएका गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य डा। नारायण खड्का झण्डै २ हजार मतान्तरले अगाडि छन्।

आईतबार विहान ६ः५० बजेसम्मको परिणाम अनुसार खड्कालाई २७ हजार ४ सय ८४ मत प्राप्त भएको छ भने एमालेकी मञ्जुकुमारी चौधरीले २६ हजार ६ सय ५९ मत पाएकी छिन्। ७६ हजार ५ सय ३८ मत खसेकोमध्ये ६७ हजार ८२ मत गणना भईसकेको छ। प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारहरु क० मा माओवादीका राजन किराती ९बासु० र ख० मा काँग्रेसका हिमाल कार्की विजयी भईसकेका छन्।
अर्को समाचार
उदयपुर १ मा आज बिहानदेखि स्थगित भएको मत गणना अझै सुरु भएन
११ मंसिर २०७९
•
२ मिनेट पाठ
उदयपुर १ मा आज बिहानदेखि स्थगित भएको मत गणना अझै सुरु भएन
आइतबार बिहान प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिका भेटिएपछि स्थगित भएको उदयपुर १ को गणना अझै सुचारु भएको छैन। सातादिनदेखि जारी मतगगणना प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको मतपत्र भेटिएपछि स्थगित भएको थियो।  




बिहान खोलिएका १० वटा प्रतिनिधिसभाको मतपेटिकामा १ सय हाराहारी मतपत प्रदेशसभाको भेटिएको थियो। त्यस्तो समस्या पाइएपछि गणना स्थगित गरेर सर्वदलीय बैठकमार्फत समाधान खोज्ने काम भइरहेको तर, निश्कर्ष निस्कन बाँकी रहेको छ।  

अन्तिम चरणमा पुगेका बेला समस्या आएपछि गणना रोकेर छलफल भइरहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए। उनले त्रियुगा नगरपालिका ५ देउरी र श्रीपुर केन्द्रका १० मध्ये ७ वटा ढ्वाङमा ती मतपत्र भेटिएको अपुष्ट जानकारी दिए।  

‘अहिले हामी त्यै विषयमा बैठकमै व्यस्त छौँ’ कोइरालाले भने ‘देउरी र श्रीपुरक्षेत्रका केन्द्रको ढवाङ् खोल्दा भेटिएको भन्ने छ, तर पुष्टि भइसकेको छैन। गणना चाँडो सुचारु गर्ने उदेश्य छलफलमा केन्द्रित भएकाले त्यतातिर ध्यान दिन पाएका छैनौँ।’  

१ लाख ३५ हजार बढी मतदाता रहेको १ नं. मा ७६ हजार ७ ५६ मत खसेकोमध्ये ६७ हजार ८२ मत गणना भइसकेको छ। बिहान ६ः५० सम्मको यो परिणाम अनुसार नेपाली कांग्रेसका डा. नारायण खड्काले २७ हजार ४ सय ८४ र नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ मत पाइरहेकी छिन्।  

गणनाको सुरुवातदेखि अग्रता लिदै आएका गठबन्धनका उम्मेदवार खड्काले सो परिणामसम्म आइपुग्दा ८ सय २५ को मतान्तर कायम राखेका छन्।  

प्रदेशसभा १ क) र ख) दुवैको परिणाम अघिल्लो दिन नै आइसकेको अवस्थामा प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको मत भेटिनुले समस्या आउने संकेत देखिएको छ। यद्यपी आधिकारिक परिणाम घोषणा गर्न भने आयोगले बाँकी राखेकाले त्यत्ति ठूलो समस्या नआउने निर्वाचन कार्यालयले जनाएको छ।  

कार्यालयका अनुसार गणनाको अन्तिम परिणाम सुनाइए पनि विजयी घोषणा गर्न बाँकी रहेको छ। उता ५ दिनअघि नै परिणाम आइसकेको २ नं. निर्वाचन क्षेत्रकोसमेत प्रतिनिधि र प्रदेशसभा दुवैको घोषणा अहिलेसम्म गरिएको छैन। १ नं. क्षेत्रको पनि गणना सकिएपछि मात्र एकैचोटी घोषणा गर्ने तालिका रहेको कार्यालयले जनाएको छ।    
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस