काठमाडाैं–उपप्रधान एवं महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले राष्ट्रियता खतरामा परेका एउटा बहुमतीय सरकारको ठाँउमा अर्को बहुमतीय सरकार गठनमा लाग्नुको औचित्य नभएको बताएका छन्। बिहीबार रिपाेर्टस क्बलले राजधानीमा अायाेजना गरेकाे साक्षात्कारमा बोल्दै उपप्रधानमन्त्री मैनालीले वर्तमान सरकारलाई नै अझै सशक्त बनाउनुपर्नेमा जोड दिए।
ठूला दल मिलेर सरकार बनाउनु हुँदैन भनेर प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले नमानेसम्म सहमतिको सरकार बन्न नसक्ने भन्दै मैनालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने भए अहिलेकै गठबन्धनलाई क्रियाशिल बनाएर जाँदा उपयुक्त हुने बताए।
उनले भने, ‘माओवादीसँग कुनै सहमति भएको भए त्यो कार्यान्वयन गरेर गए हुन्छ तर सहमति बाहेक बहुमतको अर्को सरकार बनाउने कुरा मुलुकमा अस्थिरता ल्याउने काम मात्रै हुन्छ।’
मैनालीले माओवादी केन्द्रप्रति लक्षित गर्दै पार्टी भित्रको समस्या समाधानकालागि गठबन्धन भत्काउनु उचित नहुने तर्क गरे।
‘पार्टीका मन्त्रीहरुलाई लिएर असन्तुष्टी हो भने उनीहरुलाई फिर्ता बोलाएर अरु पठाए भई हाल्यो नि,’ उनले भने,‘ पार्टीको समस्या थोपरेर गठबन्धन भत्काउनुको औचित्य छैन।’
मैनालीले सहमतिको सरकारको नेतृत्व दाहालले जति मुख मिठ्याएपनि हुन नसक्ने दाबी गर्दै दाहालले अहिलेको गठबन्धन भत्यकाएपछि फर्कने ठाँउसमेत नभेट्ने चेतावनी दिए।
उनले भने, ‘सहमतिको सरकार बनेपछि काग्रेसकै नेतृत्वमा होला । त्यो नभए एमालेको नेतृत्वमा हुन सक्छ । प्रचण्डले मुख नमिठ्याए हुन्छ । प्रचण्ड प्रधानमन्त्री बने यही गठबन्धनलाई क्रियाशिल बनाएर मात्रैहुन सक्छन।’