कांग्रेस उपसभापति खड्काद्वारा विकास योजनाको अनुगमन
०१ माघ २०७९
•
२ मिनेट पाठ
कांग्रेस उपसभापति खड्काद्वारा विकास योजनाको अनुगमन
पुल र मेहलकुना अस्पतालको अनुगमन गर्दै उपसभापति खड्का।
नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास योजनाहरुको अनुगमन गरेका छन्। सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य खड्काले सडक पुल र मेहलकुना अस्पतालकोे अनुगमन गरेका हुन्।




खड्काले भेरीगंगा नगरपालिकाको जहरे र गुर्भाकोट नगरपालिकाको गुमी जोड्ने भेरी नदीमाथि बन्दै गरेको सडक पुलको अनुगमन गरे। खड्काले तोकिएकै समयमा पुलको निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।  

भेरी नदीमाथि बन्दै गरेको पुलको ठेक्का आशिष–चन्द्रा एण्ड बशन्त कम्पनीले लिएको छ। कम्पनीका साइट इन्जिनियर नारायण श्रेष्ठ म्याद अघिनै निर्माण सम्पन्न गर्ने गरेर काम भइरहेको बताए। ‘असार मसान्तभित्र पुलको निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ,’ श्रेष्ठले भने, ‘८० प्रतिशत काम सम्पन्न गरेका छौं, जेठभित्र पुलमाथिबाट सवारी साधन ओहोर–दोहोर हुन्छ।’  

चार वर्षभित्र सम्पन्न गर्ने गरेर आशिषले १६ करोडमा पुलको ठेक्का लिएको थियो। पुल अनुगमनका क्रममा उपसभापति खड्काले पुलदेखि मुख्य सडकसम्मको पहुँच मार्गका विषयमा चासो राखेका थिए।  

यस्तै खड्काले मेहलकुना अस्पतालको पनि अनुगमन गरेका छन्। अनुगमनका क्रममा खड्काले अस्पतालको ५० बेडको भवन निर्माण कार्य सुस्त भएको बताउँदै ठेक्का तोडेर नयाँ प्रक्रियामा जान निर्देशन दिए। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि तेस्रो पटक अनुगमनका पुगेका खड्काले संघीय आयोजना कार्यान्वयन इकाईलाई नयाँ प्रक्रियामा गएर चाँडो अस्पताल निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन्।

खड्काकै पहलमा २०७२ सालमा मेहलकुना अस्पतालको स्तरोन्नति गरेर ५० शैय्याको बनाइएको थियो। ‘पूर्वी सुर्खेतसहित रुकुम, जाजरकोट, सल्यान, डोल्पालगायतका जिल्लाका सेवाग्राहीहरुलाई लक्षित गरेर ५० शैय्याको अस्पताल भवन निर्माण सुरु गरिएको हो,’ उनले भने, ‘अहिलेको निर्माण व्यवसायीबाट भवन निर्माण समयमै हुने देखिएन्, नयाँ प्रक्रियामा जानुहोस्।’

संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर रामकृष्ण आचार्यले पटक–पटक म्याद थप्दा पनि भवन निर्माणको कामले गति नलिएको बताए। ‘ताकेता गरेको बेला निर्माण कम्पनीले केही कामदार ल्याएर काम गराउँछ, केही दिनमै फेरि कामदार हराउँछन्,’ उनले भने, ‘अब अहिलेको ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने तयारीमा हामी छौं।’

मेहलकुना अस्पतालको ५० बेडको भवन निर्माणको ठेक्का लोहनी कन्ट्रक्सनले २७ करोडमा लिएको थियो। २०७७ असार मसान्तभित्र सम्पन्न गर्ने गरेर ठेक्का लिएको भएपनि अहिलेसम्म भवन निर्माणको काम सम्पन्न भइसकेको छैन।
अर्को समाचार
सङ्घीयतामाथि प्रश्न उठ्न थाल्यो: उपसभापति खड्का
२३ वैशाख २०८१
•
२ मिनेट पाठ
सङ्घीयतामाथि प्रश्न उठ्न थाल्यो: उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन नबन्दा सङ्घीयतामाथि प्रश्न उठ्न थालेको बताएका छन्। उनले प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गरिने अधिकार कानुन अभावमा कार्यान्वयन हुन नसकेको बताए।




‘संघले आवश्यक कानुनहरू बनाउन नसक्दा सङ्घीयतामाथि प्रश्न उठिरहेका छन्,’ आइतबार सुर्खेतमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘सरकारले तत्काल संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुनहरू निर्माण गरेर सङ्घीयतालाई पूर्ण कार्यान्वयन गरिनुपर्छ।’ उनले कांग्रेस सहभागी सरकारले संघीयता कार्यान्वयनका महत्त्वपूर्ण कानुनहरू निर्माणलाई अन्तिम रूप दिएको पनि बताए।

उपसभापति खड्काले संघीयता कार्यान्वयनमा देखिएका समस्याहरूलाई संविधानमार्फत संशोधन गर्न फेरि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए। ‘कांग्रेसको नेतृत्वमा ७० वर्षको सङ्घर्षपछि संविधान जारी भएको हो, संविधान जारी हुँदा तत्कालीन प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालाले छुटेका कुराहरु संविधान संशोधनको प्रक्रियामार्फत सम्बोधन गर्ने प्रतिबद्धता र सङ्कल्प गर्नु भएको थियो,’ उनले भने, ‘संघीयता कार्यान्वयनमा आएको यो आठ वर्षको अवधिमा भोगेका अप्ठ्याराहरूलाई संशोधनमार्फत सम्बोधन गर्नुपर्छ।’

उपसभापति खड्काले भातृ संस्था बलियो भए पार्टी बलियो हुने बताए। उनले आदिवासी जनजाति समुदाय विशेष संस्कृति र सभ्यता बोकेको समुदाय भएकोले यस संस्थाको महत्त्व रहेको बताए। उनले आदिवासी जनजाति समुदायको महत्त्व परापूर्वकालदेखि भएको भन्दै लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले पार्टीलाई मजबुत बनाउने विश्वास व्यक्त गरे। उपसभापति खड्काले छाता सङ्गठनको रुपमा महासङ्घलाई लिइएको भन्दै पार्टीको सदस्यता बढाउनमा पनि भूमिका खेल्नुपर्ने बताए।

विचार समुहमा जोडिएका सम्पूर्ण सदस्यहरुलाई एकताबद्ध गर्नुपर्नेमा उपसभापति खड्काले जोड दिए। वडादेखि प्रदेशसम्म सङ्गठनलाई मजबुत बनाई अभियान सफल बनाउन उनले निर्देशन दिए। उपसभापति खड्काले अहङ्कार, रिस र घमण्ड त्यागे मात्रै जनता र कार्यकर्ताको मन जित्न सकिने बताए। नेपाली कांग्रेसले विगतदेखि नै आर्थिक, सामाजिक, र राजनीतिक जस्ता युगान्तकारी परिवर्तन गरेको बताए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस