नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा नहुने गरी प्रोटोकल बदल्न प्रस्ताव गरेका छन्। उनले राष्ट्रपति र अरु विशिष्ट व्यक्तिको सवारीका बेला नागरिकलाई असुविधा पुर्याउन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन्।
उनले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनका लागि सडक खाली गराएर नागरिकलाई घन्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास परम्पराको नाममा चलिरहेको भन्दै शैली बदल्नुपर्ने बताएका छन्।
शनिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।’
राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको भन्दै महामन्त्री थापाले यसो हुनुमा तामझाम शैली पनि एक भएको बताए। ‘संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’ उनले भनेका छन्।
शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको भन्दै दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनुपर्ने बताएका हुन्।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा फुटपाथमा हिँडिरहेका ट्रमा सेन्टरका डाक्टरलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८१ साल कांग्रेसका लागि मौका भएको बताएका छन्। ‘संवाद यात्रा’ का क्रममा नेपालगन्ज आइपुगेका उनले शनिबार स्थानीय त्रिभुवन चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘२०८० सालमा के–के भयो भनेर छलफल गरौं, समीक्षा गरौं। तर यसमै नअड्किऔं। २०८१ साल कांग्रेसका लागि मौका हो।’
२०८१ सालभर कांग्रेसले सरकारतिर आँखा लगाउन नहुने महामन्त्री थापाको तर्क छ। ‘आनन्दले प्रतीक्षामा बसौं, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत कोको पार्टीलाई सरकार चलाउन दिनुपर्ने हो, चलाउन दिऔं,’ उनले भने, ‘पार्टीको शुद्धीकरण, पार्टीलाई शुद्ध गरौं, संगठन सुदृढ गरौं, पार्टीलाई बलियो बनाऔं, हामी गठबन्धनको फोहोरमा जाकिएका थियौं, अब त्यसबाट बाहिर निस्कियौं।’
२०८१ सालमा नुहाईधुवाई गरेर गठबन्धनको फोहोरबाट बाहिर निस्कनुपर्ने महामन्त्री थापाले जोड दिए। ‘कांग्रेसले यो नयाँ वर्षमा के संकल्प गर्ने हो भने योभन्दा अगाडिको यात्रामा अब जति पटक चुनाव होला बरु चुनाव हारिएला, कांग्रेसको मान्छेले अब उपरान्त रुखबाहेक अरू चुनावचिह्नमा भोट हाल्दैन,’ उनले थपे।
कांग्रेस सरकारबाहिर बसे पनि एउटा विषयमा एमाले र कांग्रेसबीच संवाद हुन जरुरी रहेको बताए। ‘गठबन्धनको राजनीति अन्त्य गर्ने कुरामा कांग्रेस र एमाले मिलेर लड्नुपर्छ, मिल्छ सकिन्छ संविधान संशोधन गरौं, निर्वाचनको प्रणाली बदलौं, सकिँदैन भने कानुन भए पनि संशोधन गरौं,’ सरकार परिवर्तनको कुनै ठेगान नभएको बताउँदै महामन्त्री थापाले भने, ‘सरकार त कतिखेर बन्ने र कतिखेर जाने कसैलाई पनि थाहा छैन, यस्तो अवस्थामा हामी छौं, एउटा सरकार आएपछि बनाउने, अर्को सरकार आएपछि फाल्ने, अहिले भूमि आयोग फालियो, अदालतमा मुद्दा छ।’
संवाद यात्राका क्रममा आफूले समुदाय स्तरका ससाना कुरालाई पनि टिपोट गरेर राखेको बताए। यात्रा सकेपछि आफूले प्रधानमन्त्री पुष्पकमल दाहालसहित सबै दलका अध्यक्षलाई भेटेर समस्या समाधानका लागि आग्रह गर्ने बताए। ‘मैले टिपोट गरेका कुरालाई प्रधानमन्त्रीसमक्ष राख्नेछु, विभिन्न पार्टीका अध्यक्षलाई भेटेर पनि राख्नेछु, संसद्मा पनि बोल्नेछु,’ उनले भने।
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...