ताप्लेजुङ अदालतबाट फैसला भएकोमध्ये साढे तीन करोड बढी बिगो , जरिमाना असुल हुन बाँकी
०२ फागुन २०७९
•
१ मिनेट पाठ
ताप्लेजुङ अदालतबाट फैसला भएकोमध्ये साढे तीन करोड बढी बिगो , जरिमाना असुल हुन बाँकी
ताप्लेजुङ जिल्ला अदालतबाट फैसला भएकोमध्ये साढे ३ करोड बढी जरिवाना र सरकारी बिगो असुल हुन बाँकी देखिएको छ। जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार अदालतबाट फैसला भएको मध्ये जरिवाना र बिगो गरी कूल ३ करोड ५६ लाख २४ हजार ३ रुपैयाँ असुल हुन बाँकी रहेको छ। यो गत पुस मसान्त सम्मको तथ्याङ्क हो।




कूल ३ करोड ८८ लाख २५ हजार ४ सय १५ रुपैयाँ जरिवाना र बिगो असुल हुनुपर्ने गरी अदालतबाट फैसला भएकोमा चालू आवको पुस मसान्त सम्म ३२ लाख १ हजार ४ सय १२ रुपैयाँ मात्र असुल भएको छ।

अदालतका अनुसार २०६५ साउन देखि २०७५ असार सम्मको बिगो र जरिवाना गरी १ करोड ८१ लाख ४२ हजार ८ सय २६ रुपैयाँ असुल गर्न रहेको थियो। यसै गरी २०७५ साउन देखि २०७९ असार सम्मको बिगो र जरिवाना थप भए ३ करोड ८८ लाख २५ हजार २५ हजार ४ सय १५ रुपैंया पुग्यो। अदालतले २०६५ साउन देखि २०७५ असार सम्मको बिगो र जरिवानामध्ये १ लाख ३१ हजार २५ रुपैयाँ तथा २०७५ साउन देखि २०७९ असार सम्मको ९ लाख ९५ हजार ८ सय ३६ रुपैयाँ ५५ पैसा असुल ग¥यो। 

चालू आर्थिक बर्ष २०७९।०८० को लगतबाट २० लाख ७४ हजार ५ सय ५० रुपैयाँ असुल भएको अदालतले जनाएको छ। अदालतले चालू आवमा कायम भएको बिगो र जरिमानामध्ये १ लाख ७ हजार रुपैंया असुल हुन बाँकी रहेको छ। यो सहित अब २०६५ साउन देखि २०७५ असार सम्मको १ करोड ८० लाख ११ हजार ८ सय १ रुपैयाँ र १ करोड ७५ लाख ५ हजार २ सय २ रुपैयाँ ५० पैसा बिगो र जरिमाना असुल हुन बाँकी देखिएको छ। 
अर्को समाचार
कैद सजाय तोकिएकाहरुले साढे एघारसय बढी वर्ष सजाय भुक्तान गर्न बाँकी
०१ फागुन २०७९
•
२ मिनेट पाठ
कैद सजाय तोकिएकाहरुले साढे एघारसय बढी वर्ष सजाय भुक्तान गर्न बाँकी
ताप्लेजुङ जिल्ला अदालतबाट कैद सजाय तोकिएहरुले साढे एघारसय बढी बर्ष कैद सजाय भुक्तानी गर्न बाँकी देखिएको छ। जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार अदालतबाट कैद सजाय तोकिएकोमध्ये १ हजार १ सय ५७ वर्ष १० महिना १७ दिन कैद सजाय भुक्तान हुन बाँकी रहेको हो। यो तथ्याङ्क चालू आर्थिक वर्ष २०७९।०८० को पुस मसान्त सम्मको हो।




अदालतका अनुसार २०३५ साल असार मसान्त सम्मको १ सय १ वर्ष ६ महिना कैद सजाय असुल हुनुपर्नेमा त्यसपछिका वर्षहरुमा जिम्मेवारी सर्दै साढे एघारसय बढी वर्ष पुगेको हो। अदालतबाट कैद सजाय तोकिएकाहरुले १ सय ५२ वर्ष ४ महिना १४ दिन कैद सजाय भुक्तान गरेका छन्।

२०६५ साल देखि २०७५ असार सम्मको २ वर्ष १ महिना,२०७५ सालदेखि २०७९ असार सम्मको ८ वर्ष तथा चालू आर्थिक वर्षको लगतबाट फस्र्यौट भएको १ सय ४२ वर्ष ३ महिना १४ दिन बराबरको कैद सजाय भुक्तान भएको अदालतले जनाएको छ। २०३५ साल असार महिनामा कैद सजाय तोकिएको १ सय ६१ वर्ष ६ महिना,२०३५ साल देखि २०४५ साल सम्मको ७३ वर्ष ६ महिना,२०४५ देखि २०५५ साल सम्मको २ सय ६० वर्ष ७ महिना १८ दिन,२०५५ देखि २०६५ असार सम्मको २ सय १२ वर्ष ३ महिना १० दिन,२०६५ देखि २०७५ असार सम्मको २ सय ४७ वर्ष १० महिना २५ दिन र २०७५ साउन देखि २०७९ असार सम्मको २ सय ४५ वर्ष ७ महिना १५ दिन कैद सजाय असुलउपर गराउनुपर्ने जिम्मेवारी सरी आएको छ।

चालू आर्थिक वर्षको यो अवधिमा २६ बर्ष ५ महिना ९ दिन कैद सजाय भुक्तानी हुनुपर्नेगरी अदालतबाट फैसला भइ सोपनि जिम्मेवारी सरी आएको छ। फैसला कार्यान्वयन निर्देशिका २०७५ को परिच्छेद (२) को नं ३(१) अनुसार मुद्दाको फैसला जुनसुकै तहको अदालतबाट भएको भएपनि त्यस्तो मुद्दामा भएको फैसलाको कार्यान्वयन जिल्ला अदालतले गर्नुपर्ने व्यवस्था छ। सोहि निर्देशिकाको परिच्छेद ४ को कैद सजायको असुली सम्वन्धी व्यवस्थाको १३ नं बुँदामा फैसला बमोजिम कैद सजाय भएको व्यक्ति मुद्दाको फैसला हुँदा अदालतमा उपस्थित नभएको वा थुना वा कैदमा पनि नरहेको अवस्थामा निजलाई पक्राउ गरी ल्याउन अदालतका तहसिलदारले आदेश गरी लेखी पठाउनुपर्ने उल्लेख गरिएको छ।

सोहि परिच्छेदको नं १५ मा नावालकलाई भएको कैद सजायको कार्यान्वयन सम्वन्धी व्यवस्था उल्लेख गरिएको छ। जसअन्र्तगत फैसला बमोजिक कैद सजाय भएको बालबालिकाको कैदको सजाय कार्यान्वयन गर्दा निजलाई ठहर भएको सजाय बमोजिम निजले बाल सुधार गृहमा बस्नुपर्ने अवधि किटान गरी बाल सुधार गृहमा पठाउनुपर्ने व्यवस्था रहेको छ।  
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस