खोटाङमा २००७ सालका क्रान्ति नायक तथा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिक ठड्याइएको छ। जिल्लाको पुरानो सदरमुकाम खोटेहाङ गाउँपालिका ७ खोटाङ बजारमा क्रान्ति नायक राईको शालिक निर्माण गरिएकाे हो।
गाउँपालिका केन्द्र खोटाङ बजारको टुँडिखेलमा फुलबारीसहितको उद्यान (पार्क) र पार्कमा राईको शालिक निर्माण भएको छ। शालिकसहितको पार्क निर्माणमा ६५ लाख रकम खर्च भएको गाउँपालिका अध्यक्ष उदिम राई (मुक्ति)ले बताए। उनका अनुसार पार्क र शालिक गाउँपालिका र प्रदेश सरकारको संयुक्त अनुदान सहयोगबाट निर्माण भएको हो। गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ देखि निर्माण सुरु गरेको वहुवर्षीय योजना अन्तर्गत पार्क र शालिकमा प्रदेश सरकारको ३० लाख अनुदान र बाँकी स्थानीय सरकारको खर्च भएको अध्यक्ष राईले बताए।
फाइवरबाट निर्मित शालिक र पार्कको ‘७३ औँ प्रजातन्त्र दिवस’को अवसर पारेर सोमबार आयोजित एक कार्यक्रममा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)ले अनावरण तथा उद्घाटन गरेका थिए। नेकपा (माओबादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहेका राईले शालिक निर्माणले प्रजातन्त्रका लागि स्वर्गीय रामप्रसाद राईको त्याग र समर्पणको उजागर गरेको बताए। नेपाली जनतालाई राणा शासनबाट मुक्त गराई प्रजातन्त्र ल्याउन क्रान्ति नायक राईले खेलेको भूमिका ऐतिहासिक महत्वको भएको भन्दै उनको सम्मानमा गाउँपालिकाले शालिक र पार्क बनाउनु पंशनीय भएको सांसद राईले बताए।
गाउँपालिका अध्यक्ष मुक्तिले क्रान्ति नायक राईको स्मरण र सम्मानमा गाउँपालिकाले उनको शालिकसहितको ‘रामप्रसाद राई स्मृति पार्क’ निर्माण गरेको बताए। अध्यक्ष राईले खोटाङ बजारको टुडीखेल रामप्रसाद राईको जीवन र संघर्षको गाथासँग जोडिएको ऐतिहासिकस्थल भएको भन्दै त्यसको जगेर्ना, विकास र संबद्र्धत गर्दै पर्यटकीयस्थलमा परिणत गर्दै लाने प्रतिबद्धता जनाए।
‘खोटाङ बजार र यहाँको टुडिखेल क्रान्ति नायक रामप्रसाद राईसँग भावनात्मक, राजनीतिक र सामरिहक सम्बन्ध जोडिएको ऐतिहासिकस्थल हो’ अध्यक्ष राईले भने ‘त्यसैले यो ठाउँमा उहाँको शालिक र उहाँकै नाममा स्मृति पार्क निर्माण हाम्रा लागि गौरवको विषय हो।’ शालिक अनावरण तथा स्मृति पार्क उद्घाटनमा छिमेकी गाउँपालिका जन्तेढुंगाका अध्यक्ष अरुणा राई ‘दीक्षा’, साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, खोटेहाङका उपाध्यक्ष रुपेश राई, वडाध्यक्षहरु, स्थानीय राजनीतिक दल, बुद्धिजीवि र नागरिक अगुवाहरुले पनि बोलेका थिए। उनीहरुले क्रान्ति योद्धा रामप्रसाद राईले देशमा प्रजातन्त्र स्थापनाका लागि १०४ वर्षे जहानीया राणा शासनविरुद्ध निर्णायक संघर्ष र बलिदानीको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरे।
२०२० सालसम्म जिल्लाको प्रशासनिक सदरमुकाम रहेको खोटाङ बजारमा स्वर्गीय राईले रोपेको समीको रुख, लाँकुरी, सिमल र करवीर फुल अहिले पनि छ। उनीबारे जानकारहरुका अनुसार बेलायती सेनाको जागिर छाडेर नेपाल फर्केका राई तत्कालीन नेपाली सेनामा भर्ती भएका थिए। जवानबाट बढुवा हुँदै सहायक सेनानी (लप्टन) भएका उनलाई राणा सरकारले खोटाङ बजारको कमाण्ड गर्न खटाएको थियो । कमाण्डर रहेकै बेला उनले टुडिखेल निर्माण गरी २००५ सालताका समी, लाकुरीलगायत बोटविरुवा लगाएका थिए।
खोटाङकै कमाण्ड सम्हालिरहेका बेला राणा सरकारले निस्कासन गरेपछि उनी प्रजातन्त्रका लागि आन्दोलनरत नेपाली काँग्रेसका बिपी कोईरालाको नेतृत्वमा चलिरहेको राणाविरोधी सशस्त्र संघर्षमा होमिएका थिए। सो क्रममा उनी जनमुक्ति सेनाको पूर्वी सर्वोच्च कमाण्डर भई बिभिन्न ठाउँमा राणाबिरोधी युद्धको नेतृत्व सम्हालेका थिए। २००७ सालमा उनकै कमाण्डमा भोजपुर सदरमुकाम कब्जा भएको इतिहासकारहरु बताउँछन्।
भोजपुरको हाल रामप्रसाद राई गाउँपालिका ७ बासिखोरामा १९६५ फागुन १८ मा जन्मेका राई प्रजातन्त्र स्थापनापछि २००८ सालदेखि बेपत्ता छन्। तात्कालीन अन्तरिम प्रधानमन्त्री मोहनशमशेर राणाको निर्देशनमा पक्राउ परेका उनलाई आफ्नै मित डा. केआईसिंहले भगाउने नाममा कता लगे भन्ने कुरा अझै रहस्यमै छ। पारिवारिक स्रोतका अनुसार राईको रहस्यमय तरिकाले हत्या गरी पछि खोजतलास हुदा प्रमाण पेला पर्ने डरले घरमा भएको सामुहिक फोटोसमेत सिंहले लगेर नष्ट गरिदिएको हुनसक्ने अनुमान छ।
मिताको साहै माया लाग्छ भन्दै खोजी गर्ने बहानामा राईको घरमा भएको फोटोसमेत लिएर गएका डा. सिंह त्यसपछि कहिल्यै नफर्केको र फोटो पनि फिर्ता नदिएको परिवार निकटहरुले भन्ने गरेका छन् ‘मिता खोज्न फोटो चाहिएको छ, मलाई यो फोटो दिनुस्, म अर्को ठूलो र राम्रो बनाएर ल्याईदिन्छु भन्दै सिंहले फोटो लगेका थिए तर, त्यसपछि कहिल्यै फर्केनन् न त फोटो नै ल्याईदिए।’
०६२/६३ को परिवर्तनपछिको संघीय लोकतान्त्रिक गणतन्त्रपछि भने क्रान्ति नायक राईको सम्मानमा सरकारले हुलाक टिकट प्रकाशन गरी प्रचलनमा ल्याएको छ। सरकारले २०७५ पुस १५ गते क्रान्ति नायक राईको तस्बीर अंकित हुलाक टिकट प्रकाशन गरेको हो।