संघीय तहमा कानूनहरु बनाउँदा स्थानीय तह र प्रदेश तहको पनि संलग्नता गराइनुपर्छ: सांसद पौडेल
२९ फागुन २०७९
•
२ मिनेट पाठ
संघीय तहमा कानूनहरु बनाउँदा स्थानीय तह र प्रदेश तहको पनि संलग्नता गराइनुपर्छ: सांसद पौडेल
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहलाई पनि संलग्न गराउनुपर्ने बताएका छन्।




सोमबार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहको पनि संलग्नता हुनुपर्ने बताएका हुन्।  

उनले स्थानीय तहको सिफारिसको आधारमा संघीय सरकारले बजेट विनियोजन गर्नुपर्ने पनि बताए। तिन तहको सरकारबीच समन्वयको अभाव भएको भन्दै एक–आपसमा समन्वय गरेर काम गर्नुपर्ने उनको भनाइ छ। संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई आफ्नो इकाइको रुपमा हेर्ने गरेको भन्दै उनले संघ सरकारले संविधानले प्रदान गरेका अधिकारहरु नै बिर्सिएको बताए।

उनले भने, ‘समन्वयको सन्दर्भमा संघीय तहका नेताले, अथवा संघीय सरकारले तल कसरी हेर्छ भने यो युनिट हो हामी मातहतको। हाम्रा कारिन्दाहरु हुन्। संविधानले यिनीहरुलाई स्वतन्त्र, छुट्टै सरकारको रुपमा परिभाषित गरेको छ भन्नेकुरा व्यवहारमा बिर्सिएको स्थिति छ। सहअस्तित्व स्वीकार नगर्ने स्थिति भइसकेपछि समन्वय हुन गाह्रो हुन्छ। राष्ट्रपतिको सवारी राजाको जस्तो भयो भनेजस्तै कानूनमा धेरैकुरा परिवर्तन भयो तर व्यवहारमा त्यो ढंगबाट अनुभुति गराउने गरी व्यवहार गरिएको स्थिति भएन। त्यसकारण संघीय तहमा कानूनहरु निर्माण गर्ने सम्बन्धमा स्थानीय तह अथवा प्रदेश तहको पनि संलग्नता गराइनुपर्छ। विकास बजेटकै सन्दर्भमा पनि संघीय सरकारले विकास बजेट विनियोजन गर्ने सन्दर्भमा स्थानीय तहले आवश्यकतालाई राम्ररी बुझेको हुन्छ। कहाँ के योजना आवश्यक छ भन्ने कुरा संघको चस्माले हेर्नु भन्दा स्थानीय तहको चस्माले हेर्नु उपयुक्त हुन्छ। स्थानीय तहको सिफारिसको आधारमा संघले लगानी गर्ने परिस्थिति बन्नुपर्छ। विकास योजनामा संघले स्थानीय तहको सिफारिसलाई आधार बनाउनुपर्छ। कानून निर्माणको सम्बन्धमा पनि स्थानीय तहको अनुभवलाई आधार बनाएर सुझाव लिने परिस्थिति हुनुपर्छ। अनि हाम्रो कानूनले साझा अधिकार दिएको छ । साझा भनेको सबै तहको बराबर अधिकार हुने। जब एउटा काम तिनै तहले मिलेर गर्नुपर्छ भने त्यहाँ समन्वय हुन सकेन भने त्यो काम कसरी हुनसक्छ?’

उनले तीन तहको सरकारले गर्ने सेवा प्रवाहको सम्बन्धमा जनतामा प्रश्न उठेको बताए। सेवाहरु सर्वसुलभ हुन नसकेको, सुशासन कायम हुन नसकेको लगायतका समस्या तीन वटै तहको सरकारमा रहेको उनले उल्लेख गरे।  
अर्को समाचार
‘विश्वास गर्दा धोका, भरोसा राख्दा निराशा’
१४ माघ २०८०
•
४ मिनेट पाठ
‘विश्वास गर्दा धोका, भरोसा राख्दा निराशा’
नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले तुलसी गिरी, विश्वबन्धु थापासहितका केही नेतालाई विश्वास गरेर पार्टीको महत्वपूर्ण जिम्मेवारी दिएका थिए।




मुलुकमा राणा शासन अन्त्यसँगै प्रजातान्त्रिक शासन व्यवस्था अघि बढाउन सहज हुने बुझाइमा बिपीले पार्टीभित्रबाट विरोध हुँदाहुँदै पनि गिरी, थापालगायतलाई जिम्मेवारी दिएका हुन्। तर तिनै नेताहरूले कांग्रेसलाई मात्र होइन, सिंगो प्रजातान्त्रिक प्रक्रियामै धोका दिए। गिरी र थापाले त पार्टीका योजना र रणनीति दरबारमा पुर्‍याएको बिपीले आत्मवृत्तान्तमा लेखेका छन्।

मुलुकमा पहिलोपटक संसद्का लागि २०१५ सालमा भएको आमनिर्वाचनपछि प्रतिनिधिसभामा प्रमुख सचेतकको भूमिका पाएका थापाले पार्टीले लिएको निर्णय उल्टापाल्टा गरेको उल्लेख गरेका छन्। २०१२ सालमा भएको कांग्रेस महाधिवेशनले समाजवादी नीति पारित गरेको थियो। त्यसलाई २०१५ सालको आमनिर्वाचनपछि बनेको बिपी नेतृत्वको सरकारले व्यवहारमा लागु गर्ने प्रयास गरेको थियो।  

बिपीले सरकारले जनहितका पक्षमा ल्याउन लागेका कार्यक्रमबारे गिरीसहितका नेताहरूसँग छलफल गर्थे। छिमेकी मुलुक भारतका समाजवादी नेताहरूले पनि नेपालको परिवेशअनुसार समाजवादी नीतिका विभिन्न प्रस्ताव पठाएका थिए। त्यस्ता प्रस्ताव अध्ययनको जिम्मा बिपीले पार्टी महामन्त्रीसमेत रहेका गिरीलाई दिएका थिए। तर गिरीले ती प्रस्तावबारे राजा महेन्द्रलाई जानकारी गराउने र बिपी नेतृत्वको सरकारविरुद्ध राजालाई उचाल्ने गरेको आरोप कांग्रेस नेताले लगाउँदै आएका छन्।

गिरीले आफ्नो सल्लाह र सुझावमा राजा महेन्द्रले भूमिसुधारसहितका कार्यक्रम ल्याएको बताएका थिए। ‘जे, जति राजाले सामाजिक सुधारका कार्यक्रम ल्याए, त्यो मेरै सल्लाहअनुसार आएको थियो,’ २०७१ मंसिरमा पंक्तिकारसँगको भेटमा गिरीले भनेका थिए, ‘राजाले म बाँचुन्जेल यो कुरा बाहिर नभन तुलसी भनेका थिए। मैले विश्वास घात गरिनँ। तर सबै कार्यक्रम र योजना मेरा थिए।’

राजा महेन्द्रले २०१७ पुस १ गते पहिलो जननिर्वाचित सरकार अपदस्थ गरेसँगै गिरी, थापासहितका धेरै नेता उतै लागेका थिए। २०६१ सालमा राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक सरकार विघटन गरी प्रत्यक्ष शासन गर्दा गिरीलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएका थिए।

त्यस्तै २०३४ सालमा पार्टी महामन्त्रीको जिम्मेवारी पर्शुनारायण चौधरी र गिरिजाप्रसाद कोइरालाले पाए। चौधरीप्रति दरबार र छिमेकी मुलुक भारतसमेत नरम रहेको बुझेका बिपीले २०३६ सालको जनमतसंग्रहका क्रममा बहुदलको पक्षमा परिणाम आए उनैलाई प्रधानमन्त्री बनाउने अभिव्यक्ति दिएका थिए। तर चौधरी पछि कांग्रेस छाडेर दरबार पसे।  

१४औं महाधिवेशनबाट कार्यकर्ताले युवालाई पार्टीको महŒवपूर्ण पदमा पु¥याएका छन्। ८० वर्षवरिपरिका नेतालाई सभापति चुनेका कार्यकर्ताले ५० आसपासका युवा गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्री बनाएका छन्। कांग्रेसमा परिवर्तनको संकेत महाधिवेशनबाट मिल्यो।

तर महाधिवेशन भएको दुई वर्षसम्म महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशन प्रतिनिधिको आशामा थप भरोसा जगाउन सकेनन्। उनीहरूले पार्टी र मुलुकलाई अघि बढाउने नीति तथा कार्यक्रम ल्याउन नसकेको धेरैको बुझाइ छ। गुनासो र भाषणमै महामन्त्रीद्वय सीमित भएको प्राध्यापक लोकराज बरालको विश्लेषण छ। ‘गगन (गगनकुमार थापा), विश्व (विश्वप्रकाश शर्मा), प्रदीप पौडेलहरूले कांग्रेसमा केही गर्छन् भन्ने धेरैले आशा गरेका थिए,’ उनले भने, ‘महाधिवेशनपछि कांग्रेसमा अबचाहिँ केही हुन्छ भन्ने भएको थियो। तर यिनीहरूले पनि गफ मात्र गरे, नयाँ कुनै नीति तथा कार्यक्रम ल्याउन सकेनन्।’

समुदायमा कांग्रेस अभियान

कांग्रेसले शनिबारदेखि समुदायमा कांग्रेस अभियान सुरु गरेको छ। माघ २६ गतेसम्म जनताका कुरा सुन्ने र समस्या पहिचाना गर्ने उद्देश्यसहित कांग्रेसले यो अभियान सुरु गरेको हो। समुदायमा कांग्रेस अभियानको नारा ‘समुदायमा जानुहोस्, जनताको कुरा सुन्नुहोस्’ भन्ने छ। अभियानका माध्यमबाट समुदाय र जनताको अपेक्षा, सुझाव तथा चासो सुन्ने कांग्रेसले जनाएको छ।

महामन्त्री थापासहितका नेताले पार्टीले शनिबारदेखि सुरु गरेको समुदायमा कांग्रेस अभियानसँगै संवाद यात्रा पनि थालेका छन्। झापाको मेची पुलबाट शनिबार बिहान उनीहरूले संवाद यात्रा सुरु हुन्। त्यसअवसर कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले युवा पुस्ताको काँधमा कांग्रेस र मुलुक रहेको बताउँदै जिम्मेवार भएर लाग्न आग्रह गरे।

कांग्रेसले मुलुकमा सधैं उज्यालो छरेको दाबी गर्दै महामन्त्री शर्माले अभियान जनताका गुनासो सुन्न सहयोगी हुने विश्वास व्यक्त गरे।अभियानको उद्देश्य सेवा प्रवाह, विकास र निर्माण स्तर, समुदायमा भइरहेको वास्तविक अभ्यास अवलोकन गर्ने, जनताबाट प्राप्त सुझाव कार्यान्वयन गर्न कदम चाल्ने, नीति निर्माणका क्रममा महासमिति बैठकलगायतलाई निर्देशन दिने रहेको छ।

अभियानका लागि कांग्रेसले जिल्लला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। चिसोका कारण हिमाली जिल्लाहरू सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट र दैलेखमा भने कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छैन।

अभियानको पहिलो चरण माघ १६ गते सहिद दिवसमा विशेष कार्यक्रमबाट सुरु हुनेछ। त्यस दिन ६ हजार ७४३ वडामा कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ। सुशील कोइराला स्मृति दिवसका दिन माघ २६ गते अभियान सकिने कांग्रेसले जनाएको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस