जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीहरुलाई एमालेको निर्देशन
०७ चैत्र २०७९
•
१ मिनेट पाठ
जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीहरुलाई एमालेको निर्देशन
नेकपा (एमाले) ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएका छन्।




एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरुलाई निर्देशन दिइएको बताएका हुन्। 

एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उनले चैत्रको २० गतदेखि २५ गतेसम्म ५ दिन पालिका स्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराए।

त्यसैगरी २५ गतेदेखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाइ थियो।

उनले भने, ‘जनसरोकारको विषयको पहिचान गर भनेर भनेका छौं। यो चाँही ७५३ वटै स्थानीय तहबाट हुनु प¥यो। ती कमिटीहरुबाट हामीले सुझाव मागेका छौं। जनसरोकारको पहिचान भन्नेमा हामीले सो क्षेत्रको पहिचान गर्नु प¥यो। तपाईहरु जुनजुन पेशा र व्यवसायमा हुनुहुन्छ। त्यो पेशा र व्यवसायको पहिचान पनि त्यसमा राख्नु प¥यो। भौतिक पूर्वाधारको क्षेत्रमा के छ? किसानहरुले भोगिरहेका समस्या के छन? पार्टीले आउने यो महिनाको २० गतेबाट २५ गतेसम्म हामी पालिका तहको रिर्पोटिङ तयार गर्नेछ यही विषयमा।’

उपमहासचिव रिमालले पार्टीका स्थानीय कमिटीहरुले किसानले भोगीरहेका समस्याबारे, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासबारे पनि पार्टीको माथिल्लो कमिटीलाई रिर्पोटिङ गर्नुपर्ने योजना तय गरिएको बताए। पार्टीले जनताको पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरुले रिर्पोटिङको कामलाई अघि बढाउनुपर्ने उनको तर्क थियो।  
अर्को समाचार
निर्वाचन घोषणा गर्नु प्रतिगमन होइन: नेम्बाङ
१९ कार्तिक २०७९
•
२ मिनेट पाठ
निर्वाचन घोषणा गर्नु प्रतिगमन होइन: नेम्बाङ
इलाम क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुवासचन्द्र नेम्बाङ आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा । तस्बिर: भीम/नागरिक
नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गर्नु प्रतिगमन नभएको बताएका छन्। ओलीले ‘पार्टीभित्रैबाट काम गर्न नदिइएपछि नयाँ जनादेशका लागि जनतामै जाने बाटो’ रोजेको भन्दै नेम्बाङले त्यसलाई प्रतिगमन भन्नु हास्यास्पद भएको टिप्पणी गरे।  




नयाँ संविधान निर्माणको नेतृत्वसमेत गरेका नेम्बाङले आफू उम्मेदवार रहेको इलाम क्षेत्र २ का मतदातासँग कुरा गर्दै ओलीको कदमलाई प्रस्ट्याउने प्रयास गरेका हुन्। मंसिर ४ को निर्वाचनसम्मुखमा अन्य प्रतिस्पर्धी उम्मेदवारले २०७७ पुस ५ मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई लिएर एमालेलाई ‘प्रतिगमनकारी’को आरोप लगाइरहेका बेला नेम्बाङले यस्तो बताएका हुन्।

‘प्रतिनिधिसभा विघटनको निर्णय सर्वाेच्चले मानेन, त्यो फरक पक्ष भो तर प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन, अब नयाँ जनादेशका लागि जानुपर्छ भन्नु कसरी प्रतिगमन भो ?’ उनले भने, ‘सर्वाेच्चले विघटनको फैसला बदर नगरेको भए देशमा निर्वाचन हुनेथियो, नयाँ संसद् बन्ने थियो। त्यो प्रतिगमन हुन्थ्यो ?’ एमाले नागरिकको मतदेशमा मात्र चल्नसक्ने भन्दै उनले यो दल सधैं निर्वाचनकै पक्षमा रहेको पनि दाबी गरे।

तत्कालीन प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, मनमोहन अधिकारी, बाबुराम भट्टराईलगायत ६ प्रधानमन्त्रीले पटक–पटक संसद् विघटन गरेको भन्दै नेम्बाङले ओलीले गरेको विघटनलाई चाहिँ प्रतिगमन भनेर चुनावी नारा बनाउनुको तुक नभएको बताए। ‘अहिलेसम्म ६ जना प्रधानमन्त्रीले संसद् विघटन गरेका थिए, ती सबै प्रतिगमन नै थिए त ?’ उनले भने, ‘ओलीले गरेको विघटनलाई प्रतिगमन भन्नु भनेको एमालेको लोकप्रियतामाथि प्रहार गर्न प्रयोग गरिएको हतियारमात्रै हो।’

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईप्रति लक्षित गर्दै नेम्बाङले ‘आफू संविधानसभाको अध्यक्ष रहेका बेला पहिलो संविधानसभा नै अचानक विघटन गर्ने त्यतिबेलाका प्रधानमन्त्री नै अहिले ओलीको कामलाई प्रतिगमनको संज्ञा दिँदै हिँड्नुलाई हास्यास्पद भनेका छन्। ‘आफूले त्यही काम गरे संविधानसम्मत्, अर्काले गरे प्रतिगमन भन्नुको अर्थ छैन,’ नेम्बाङले भने।  
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस