कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक: नेम्वाङ
०२ वैशाख २०८०
•
२ मिनेट पाठ
कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक: नेम्वाङ
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताएका छन्।




सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषले निर्वाह गरेका मुख्य भूमिकाको प्रशंसा गरेका थिए।

अध्यक्ष नेम्वाङले भने, 'लामो युद्ध समाप्त गर्न तपाईँको उत्कृष्ट प्रयासको हामी प्रशंसा गर्दछौँ।' शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएकामा प्रोत्साहनस्वरुप सन् २०१६ मा राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।

सरकार र कोलम्बियाको क्रान्तिकारी सशस्त्र बल (फार्क) लगायत विभिन्न सशस्त्र समूहबीचको ५० वर्षभन्दा लामो सशस्त्र सङ्घर्ष अन्त्य भएको थियो। नेपालले पनि १० वर्ष लामो सशस्त्र सङ्घर्ष सन् २००६ मा शान्ति सम्झौतामार्फत अन्त्य भएको प्रसङ्ग जोड्दै अध्यक्ष नेम्वाङले त्यसपछि नेपाल थप दिगो शान्तितर्फ उन्मुख भएको बताए।

शान्ति प्रक्रियाको आधारभूमिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, धर्मनिरपेक्षता, समावेशी लोकतान्त्रिक प्रावधान र प्रगतिशील विषयवस्तुसहितको नयाँ संविधान जारी भएको छ। त्यस्तै पूर्वलडाकुको व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको छ। नेम्वाङले भने, 'नेपाली जनताले मलाई संविधान निर्माण गर्ने दुवै संविधानसभाको अध्यक्षता गर्ने ऐतिहासिक अवसर प्रदान गरेकामा म प्रशन्नता व्यक्त गर्दछु।'

नेपालको सङ्क्रमणकालीन न्यायका केही काम बाँकी रहेकाले त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन आफूहरू प्रयासरत रहेको उनको भनाइ थियो। सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा विचाराधीन अवस्थामा छ। उनले नेपाली शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि स्वीस सरकार र बोगोटास्थित स्वीस दूतावासलाई स्वागत समारोहको आयोजना गरेकामा विशेष धन्यवाद दिए।

नेपाली प्रतिनिधिमण्डलका नेतासमेत रहेका अध्यक्ष नेम्बाङले राष्ट्रपति सान्तोषको भूमिकाको उच्च प्रशंसा गर्दै कोलम्बियाको शान्ति प्रक्रियाका कतिपय अनुभव नेपालका लागि पनि सान्दर्भिक हुने बताएका थिए।

नेपाली प्रतिनिधिमण्डलमा नेम्वाङसहित नेताहरू प्रदीप ज्ञवाली, रमेश लेखक, राधेश्याम अधिकारी, खिमलाल देवकोटा, नेपाली सेनाका रथी चित्रबहादुर गुरुङ र पवन पाण्डे पनि सहभागी छन्।

सोमबार कोलम्बिया गएको नेपाली प्रतिनिधिमण्डल आज स्वदेश फर्कँदैछ।
अर्को समाचार
भन्ने समाजवाद, गर्ने वंशवाद
२६ चैत्र २०८०
•
३ मिनेट पाठ
भन्ने समाजवाद, गर्ने वंशवाद
राजनीतिक दलमा वंशवाद हाबी हुँदै गइरहेको छ। पार्टीमा बसेर अहोरात्र काम गर्नेहरू छायाँमा परेका छन्। संघारमा आएको उपचुनावमा राजनीतिक दलहरूले उठाएका उम्मेदवारहरूलाई हेर्दा वंशवादको गन्ध ह्वास्सै आउँछ।




नेकपा एमालेले इलाम २ मा हुन लागेको उपचुनावमा स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ। कानुनी पेसामा रहेका सुहाङ बुबाको विरासत जोगाउन एकाएक राजनीतिमा आउँदैछन्। एमालेमा दोस्रो वरियताका नेता उनको गत भदौमा मृत्यु भएको थियो। संविधानसभाको अध्यक्षसमेत भएका उनी २०५६ सालदेखि इलाम २ बाट लगातार विजय हुँदै आएका थिए।

बझाङ १ एकको उपचुनावमा पनि नेपाली कांग्रेसले वंशवादलाई नै पछ्याएको छ। त्यहाँ स्वर्गीय पृथ्वीबहादुर सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरिसकेको छ। कांग्रेसको प्रभावशाली नेताको रूपमा चिनिने पृथ्वीबहादुर सवारी दुर्घटनामा परी निधन भएको थियो। सिंहका छोरा अभिषेक नेपाल विद्यार्थी संघको राजनीतिमा थिए। २०७९ को स्थानीय तहको निर्वाचनमा जय पृथ्वी नगरपालिकामा वडा अध्यक्षमा चुनावसमेत लडेका अभिषेक कांग्रेसको वंशवादलाई सार्थकता दिन्छन् या दिँदैनन्, चुनावको परिणामले देखाउला नै।

राजनीतिक दलहरूले बुबाको मृत्युपछि छोरा, श्रीमानको मृत्युपछि श्रीमतिलाई अघि सार्नु, हजुरबुबाको मृत्युपछि नातिलाई अघि सार्नु कुनै नौलो अभ्यास हैन तर मुख्य कुरा भनेको गलत अभ्यास, गलत प्रवृत्तिको संस्थागत सिकार भावी पुस्ता हुनुहुँदैन भन्ने हो। मुलुकको शासन सञ्चालन गर्ने एक मात्र निकाय भनेको राजनीतिक दल हो।
प्रत्रातान्त्रिक अभ्यासमा मुलुकको सत्ता सञ्चालनमा राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुन्छ। जनताको मतबाट चुनाव जितेर सत्ताको साँचो राजनीतिक दलको हातमा पुग्छ। जनताको समृद्धि र मुलुकको सुशासनलाई अब्बल बनाउने जिम्मेवारी सत्तासीन दलको हुन्छ।

नेपालमा राजनीतिक दल जनमुखी विकासप्रेमी समृद्धिकेन्द्रितभन्दा पनि वंशकेन्द्रित, नातावाद, कृपावाद, अवसरवाद, दलमुखी बन्दै गएका छन्। राजनीतिलाई उत्कृष्ट समाजसेवा बनाउनुपर्ने भनिन्छ तर कमाइखाने साधन बनाउनेहरूको भिड बढिरहेको छ। नीति र सिद्धान्तभन्दा पनि दलहरू स्वार्थी अवसरमा रमाउँदै गएका छन्। पाटीभित्रै प्रजातन्त्रको अभ्यासलाई राजनीतिक दलहरूले निष्क्रिय बनाएका छन्। 

पार्टीमा त्याग र समपर्णबाट आजीवन काम गर्नेहरूलाई पाखा लगाउने अभ्यास दलभित्र तीव्र छ। समावेशिता, समता भन्ने कुरा दलहरूका लागि चराको नाम बनिरहेको छ। पार्टीभित्रका विषय विज्ञ जनस्तरको समस्या नजिकबाट बुझेका समाधानसहितको समस्या देखाउनेहरू पार्टीको नजरभन्दा टाढा हुन्छन् र अवसरमा पर्दैनन्।

आफूले गर्दाचाहिँ सबै ठीक हुने अरूले गर्दा बेठीक हुने देशको समस्या जनस्तरको समस्या कसैले भन्न थाल्यो वकालत गर्न थाल्यो भने राजनीतिमा त्यो छट्टु हुन्छ। नयाँ भर्खरको मान्छे राजनीतिमा उदायो भने जनताले पत्याएर भोट दिइहाले भने पनि अल्लारेहरू केही समय कराउँछन्, आफैँ हराउँछन् भन्दै खिल्ली उडाउने गरिन्छ।
तर आफूले चाहिँ जे गर्दा पनि ठीक गरेको भन्नेहरूले राजनीतिक दलको नैतिकता धरापमा पारिरहेको देखिन्छ। चुनावमा कृपावाद, नातावाद, वंशवादभन्दा पनि विज्ञवाद, अनुभववाद, पार्टीमा रहेर देखाएको सक्रियतावाद, जनतामा पारेको प्रभाववादलाई महत्त्व दिनु पार्टीभित्रको रूपान्तरण उजागर गर्नु हो। पार्टीभित्र जब रूपान्तरणको अभ्यास सुरु हुन्छ, यसले सिंगो पार्टीको गरिमा बढाउन त मद्दत गर्छ नै, आजीवन पार्टीका लागि समय बिताएकाहरूले अवसर पनि त्यत्तिकै पाउने अवस्था आउँछ।

सांसद भनेको पार्टीको ह्विपमा हात उठाउने मात्रै हैन, अल्पमत र बुहमतको जोडघटाउमा टाउको गणना गर्ने साधन मात्रै हैन, सांसद भनेको अब्बल ऐन कानुनका लागि विचार र नीति दिने संस्था पनि हो। त्यसैले दलहरूले लहडमा चुनावका लागि उम्मेदवार उठाउने प्रवृत्तिलाई सँधैका लागि अन्त्य गर्न जरुरी छ। जोसँग जे विज्ञता छ, ऊसँग त्यही विशेषताको अपेक्षा गर्नुपर्दछ। विज्ञताभन्दा बाहिरको कुराको अपेक्षा गरेको भएर नै जनमुखी नेताको खडेरी बढिरहेको हो।

जब जब नेतृत्वले राजनीतिक आदर्श, सिद्धान्त र विचारलाई अवसरवादमा बदल्ने प्रयत्नमा देखिन्छ भने त्यसबाट जनमुखी अपेक्षा र आकांक्षामाथी गम्भीर धोका दिएको ठानिन्छ। नेतृत्वले पार्टीभित्रका संघर्षका योद्धाहरूलाई गुमनाम पार्ने अभ्यासमा आफूलाई सिद्धान्त र विचारको संवाहक ठान्छ भने त्यो जत्तिको गद्दार नेतृत्व कोही हुन सक्दैन। 
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३५ सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
यो पनि पढौँ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस