प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल, सरकारलाई पूर्णता दिने तयारी
०२ वैशाख २०८०
•
१ मिनेट पाठ
प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल, सरकारलाई पूर्णता दिने तयारी
मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ।




प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

हाल प्रधानमन्त्री पुष्पकमल दाहाल सँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ। तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरुप प्रधानमन्त्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन्।

बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाललगायतको उपस्थिति रहेको प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिए। 

सो अवसरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका थिए। सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गरेका बुझिएको छ।

काँग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन। काँग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन्।
अर्को समाचार
सरकारमा थपिए कांग्रेसका तीन नेता
२१ वैशाख २०८०
•
३ मिनेट पाठ
सरकारमा थपिए  कांग्रेसका तीन नेता
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दाहाल नेतृत्वको सरकारमा सहभागी गराउने विषयमा गठबन्धनका दलहरूबीच छलफल जारी रहेका बेला बुधबार कांग्रेसका तीन नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराइएको हो।  




सरकारमा थपिनेमा कांग्रेस उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य मोहन बस्नेत र नेता डिगबहादुर लिम्बू छन्। स्याङ्जा र मोरङबाट निर्वाचित गुरुङ र लिम्बू संस्थापन इतरका नेता हुने भने सिन्धुपाल्चोकबाट निर्वाचित बस्नेत संस्थापननिकट हुन्। गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ। थपिएका तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर जिम्मेवारी सम्हाल्नेछन्।  

कांग्रेसबाट तीन नेता थपिएसँगै दाहाल नेतृत्वको सरकार २२ सदस्यीय बन्न पुगेको छ। नवौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारलाई पूर्णता दिन प्रधानमन्त्री दाहाल असफल भएका छन्।
यसअघि कांग्रेसको संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्काले उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, एनपी साउदले परराष्ट्र, रमेश रिजालले उद्योग र सीता गुरुङले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। कांग्रेसका संस्थापन इतरले आफ्नो समूहलाई दुई मन्त्री मात्र बाँकी राखेको भन्दै सरकारमा सहभागिताका लागि अस्वीकार गर्दै आएको थियो। वैशाख पहिलो साता प्रधानमन्त्री दाहालले कांग्रेसभित्रको सन्तुलन मिलाउन भन्दै संस्थापन इतरलाई एक मन्त्री र एक राज्यमन्त्री थप गर्ने समझदारी गरेका थिए। तीमध्येबाट राष्ट्रपति रामचन्द्र पौडेलनिकट नेतालाई पनि समेट्नुपर्ने प्रस्ताव गरेका थिए। त्यसलाई इतर पक्षले सहमति जनाउँदै उपनिर्वाचनपछि सरकारमा सहभागी हुने नेताको नाम दिने प्रधानमन्त्रीलाई आश्वासन दिएका थिए।

इतर पक्षहरूको भेलामा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले सोही कुराको जानकारी गराएका थिए। तर बुधबार मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट तीन मन्त्री मात्र थपिएका छन्। बाँकी एक मन्त्री र एक राज्यमन्त्री कांग्रेसले पाउने वा नपाउने निश्चित छैन। दाहालको आश्वासनअनुसार कांग्रेसले एक मन्त्री र एक राज्यमन्त्री पाए दुवैमा इतर पक्षका नेता सहभागी हुनेछन्। तीमध्ये राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट एकजना मन्त्री हुनेछन् भने इतर पक्षबाट राज्यमन्त्री थपिनेछन्।  

रास्वपा सरकारमा सहभागी हुने अवस्थामा मन्त्रालयको जिम्मेवारी हेरफेर गर्न सकिने प्रधानमन्त्री दाहालको तयारी छ। जनता समाजवादी पार्टी (जसपा) लाई दिने भनिएको एकसहित अझै दुई मन्त्रालय प्रधानमन्त्री दाहालको जिम्मेवारीमा छ। कांग्रेसबाट तीन नेता थपिएसँगै दाहाल नेतृत्वको सरकार २२ सदस्यीय बन्न पुगेको छ। नवौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारलाई पूर्णता दिन असफल प्रधानमन्त्री दाहालले संवैधानिक व्यवस्थाअनुसार वन र खानेपानी दुई मन्त्रालयसहित अब तीन नेतालाई सरकारमा सहभागी गराउन सक्नेछन्।

प्रधानमन्त्री दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुअघि बालुवाटारमा सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, रास्वपालाई सरकारमा सहभागी गराउने, आगामी आर्थिक वर्षको बजेटका लागि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका लागि विभिन्न सुझाव दिनेलगायत विषयमा छलफल भएको थियो।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस