बारा क्षेत्र नम्बर २ को मतगणना १२ : ४५ बजे देखि शुरु हुने भएको छ। विहान ८ बजे देखि बसेको सर्वदलीय बैठकपछि विहान ११ बजे देखि मतगणना हुने सहमती भए पनि १२:४५ बजे मात्र गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले जानकारी दिएका छन।
सदरमुकाम कलैया उपमहानगरपालिका ३ मा रहेको शैक्षिक तालिम केन्द्रमा मत पेटिकाहरुलाई ल्याएर राखी त्यही मतगणना शुरु गरिएको छ। करैयामाई गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ को मतपेटिका खोलेर मतगणना शुरु गरिएको हो।
हिजो भएको बारा २ को उपनिर्वाचनमा बाट सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का पुरूषोत्तम पौडेल, आम जनता पार्टीका अरूण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल लगायतका ३४ उम्मेदवार रहेका छन्।बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।यो क्षेत्रमा महागढी र पचरौता नगरपालिका, करैयामाई ,सुवर्ण र देवताल गाउँपालिकाका ४४ वडा छन्।