गण्डकी प्रदेशः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए सपथ
१५ वैशाख २०८०
•
१ मिनेट पाठ
गण्डकी प्रदेशः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए सपथ
सपथ लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे। तस्बिरः उमेश पुन/नागरिक
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन्। विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका हुन्। 




यसैबीच, मुख्यमन्त्री पाण्डेले मन्त्री मण्डल बिस्तार गरेका छन्। उनले आफ्नो पार्टी नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सुशीला सिंखडालाई मन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरु तिवारी र सिंखडा दुबैले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्।  

नवनियुक्त मन्त्री तिवारी स्याङ्जा जिल्ला वालिङ नगरपालिका निवासी हुन् भने उनी समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी हनु्। त्यस्तै, माओवादी केन्द्रकी सिंखडा गोरखा जिल्लाबाट समानुपातिक सांसद हुन्।नवनियुक्त मन्त्रीहरुलाई कुनैपनि जिम्मेवारी तोकिएको छैन। उनीहरुलाई बिना विभागीय मन्त्रीको हैसियतमा सपथ खुवाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। दलहरुबीच भागवण्डा नमिलिसकेकाले मन्त्रालय नतोकिएको श्रोतले बताएको छ।

सपथ समारोहमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, मुख्य सचिव, मुख्य न्यायाधिवक्ता, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, राजनीतिक दलका नेतालगायतका उच्च पदस्थ अधिकारीहरु सहभागि थिए।
अर्को समाचार
गण्डकीः प्रदेशलाई संस्थागत गर्ने गरि नीति कार्यक्रम आउनेछ
१५ जेष्ठ २०८०
•
२ मिनेट पाठ
गण्डकीः प्रदेशलाई संस्थागत गर्ने गरि नीति कार्यक्रम आउनेछ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताएका छन्।गणतन्त्र दिबसको अवसरमा सोमवार गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भने ‘यो सुन्दर ब्यवस्थालाई अझै मजवुत बनाउन गण्डकी प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढिरहेको छ।’




लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थालाई संस्थागत गर्न संविधानले परिकल्पना गरे बमोजिम संघ, प्रदेश र स्थानीय सरकारको जनताप्रति आ–आफ्नै उत्तरदायित्व रहेको उनले बताए। ‘यो संवैधानिक ब्यवस्थाको अवधारणा संस्थागत गर्न सहयोग पुग्ने गरि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम, योजना र बजेट ब्यवस्था गरेको छ’ मुख्यमन्त्री पाण्डले भने। आगामी वर्षकालागि प्रदेश सरकारले नीति कार्यक्रम र बजेटको तयारी गरिरहेका बेला मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।

नेपालको संविधानले मौलिक हकका रुपमा ब्यवस्था गरेको शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाई खानेपानी पर्यावरण लगायत आधारभुत अधिकारलाई ब्यवहारिक रुपमा कार्यन्वयन गर्नु सरकारको प्रमुख दायित्व रहेको उनले बताए। सबैजाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा मुलुकलाई सामाजिक, आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता रहेको मुख्यमन्त्री पाण्डेले बताए।

प्रदेश सरकारले कृषि उत्पादनमा लाग्ने लागत कम गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले लिफ्ट सिंचाईमा लाग्ने विद्युत महशुसल निशुल्क गर्ने, लिफ्टीङ खानेपानी योजनामा पनि विद्युत महशुल निशुल्क गर्ने निर्णय गरेको मुख्यमन्त्री पाण्डेले बताए। सन्तुलित विकास र झन्झटमुक्त सेवा प्रवाहको माग संवोधन गर्नु लोकतान्त्रिक सरकारको कर्तब्य भएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने ‘जनअपेक्षा पुरा गर्न थप प्रयत्न गर्नुपर्ने अवस्था देखिएको छ, प्रदेश सरकार सिमित स्रोत साधनको तालमेल मिलाउन प्रयासरत छ।’

मुलुक परिर्वतनको सम्बाहकको रुपमा रहेको युवा शक्तिमा मुलुक भित्रै नै केहि गर्न सकिन्छ भन्ने सकारात्मक भावनाको विकास गर्नु आजको प्रमुख चुनौतिको रुपमा देखा परेको छ। यो चुनौतीलाई सम्बोधन गर्नकालागि युवाहरुलाई शासन ब्यवस्थामा सहभागिता गराउन प्रोत्साहन, युवा उद्यमशीलता, नवपर्वद्धन र स्वरोजगार जस्ता कार्यक्रम मार्फत प्रदेश सरकारप्रति सकारात्मक भाबनाको विकास गराउने मुख्यमन्त्री पाण्डेले बताए।

प्रदेशको बिकास र समृद्धिको लागि पहिचान गरिएका सात मुख्य सम्बाहक पर्यटन उर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव शंसाधन र सुशासनलाई केन्द्रबिन्द्मा राखेर सरकारले काम गर्ने मुख्यमन्त्री पाण्डेले बताए। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सर्वोउत्कृष्ट कार्यालय, उत्कृष्ट कार्यालय, राष्ट्रसेवक कर्मचारीलाई पुरस्कृत गरिएको थियो। दिवसको अवसरमा शहीद पार्कदेखि मुख्यमन्त्री कार्यालय सम्म प्रभातफेरी गरिएको थियो। शहीदपार्कमा रहेको शालिकमा मुख्यमन्त्री सहित मन्त्रीहरु, सांसद लगायतले शहीदहरुको स्मरणमा श्रद्धान्जली अर्पण गरेका थिए।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस