सबैलाई समेट्नु 'चुनौतीपूर्ण'
१० फागुन २०७३
•
६ मिनेट पाठ
सबैलाई समेट्नु 'चुनौतीपूर्ण'
काठमाडौं- नयाँ संविधान जारी भएको १७ महिनापछि सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनाव गराउने घोषणा सोमबार गरेको छ। लामो समय निर्वाचनको वातावरण नबन्दा संविधान कार्यान्वयनप्रति नै आशंका उब्जिरहेका बेला मिति घोषणाले सकारात्मक सन्देश प्रवाह गरेको छ।

मिति घोषणा सकारात्मक भए पनि चुनाव हुने राजनीतिक र अन्य वातावरण बनाउन सरकारको ध्यान पुग्नुपर्ने राजनीतिक विश्लेषक बताउँछन्। राजनीतिक, संवैधानिक र समयको चापले सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नैपर्ने बाध्यता रहे पनि त्यसका लागि आवश्यक वातावरण बनिनसकेको विश्लेषक बताउँछन्।

'मिति घोषणा गर्नु राम्रो हो तर चुनाव आफैं हुँदैन', राजनीतिक विश्लेषक नीलाम्बर आचार्यले भने, 'घोषणा भएको मितिमा चुनाव हुने राजनीतिक वातावरण सुनिश्चित गर्ने जिम्मेवारी सरकार र प्रमुख राजनीतिक दलको हो।'

सरकारले स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेपनि अझै त्यसको संख्या भने टुंगो लाग्न सकेको छैन। 'कति संख्यामा निर्वाचन हुने भन्ने टुंगो छिटो लगाउनुपर्‍यो', आचार्यले भने, 'निर्वाचनसम्बन्धी कानुनका साथै राजनीतिक वातावरण निर्माणका लागि सरकारको तदारुकता अझ बढी आवश्यक छ।'

२०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्नै पर्ने संवैधानिक बाध्यता र दबाब सरकारसामु रहे पनि चुनाव सम्पन्न गराउन राजनीतिक सहमति र खवरदारी अझै आवश्यक रहेको उनको तर्क छ। 'संवैधानिक व्यवस्था, आफ्नै वचनप्रतिको दबाबले निर्वाचन मिति घोषणाको परिस्थीति खडा भएको हो', आचार्यले भने, 'निरन्तरको खबरदारी र दबाब नभए विगतमा पनि घोषणा भएका निर्वाचन नभएका र अलमलका उदाहरण हाम्रासामु छन्।'

प्राध्यापक कृष्ण पोखरेलले पनि निर्वाचनको संवैधानिक व्यवस्था पनि स्थानीय तहको निर्वाचन वैशाख/जेठमा गरेर कात्तिक/मंसिरमा प्रदेश र केन्द्रको निर्वाचन गराउनुपर्ने बाध्यतामा सरकार रहेको तर्क गरे। निर्वाचनको मिति घोषणा हुनु सकारात्मक भएको तर्क गर्दै उनले भने, 'मिति घोषणा ठूलो कुरा होइन, चुनावै हुने वातावरण निर्माण गर्नु महŒवपूर्ण हो।'

मिति घोषणा र संविधान संशोधन प्रस्तावलाई एकैसाथ अघि बढाउने प्रयासलाई सकारात्मक रुपमा लिनुपर्ने पोखरेलको बुझाइ छ। 'एउटा पक्षले संविधानप्रति नै असन्तुष्टि जनाइरहेका बेला संविधान कार्यान्वयनका लागि निर्वाचन मात्र भन्नु आशन्न संकटलाई नजरअन्दाज गर्नु र अल्पकालीन दृष्टि मात्र हो', पोखरेलले भने, 'संविधान संशोधन वा प्रक्रियामा लगेर सबै पक्ष सहभागी हुने वातावरण बनाउनुपर्छ।'

संविधान जारी हुनु पहिला नै प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले र तत्कालीन एकीकृत माओवादीले संविधानसभा र सार्वजनिक रुपमा नै असन्तुष्टि सम्बोधन गर्ने प्रतिबद्धता जनाएको उनले स्मरण गरे। 'स्थानीय निकाय पुनःसंरचना आयोगले त मधेसका केही जिल्लामा गएर काम गर्न सकेन', उनले भने, 'संविधानप्रति असन्तुष्ट मधेसवादी दलले आन्दोलन गर्ने घोषणा गरिरहेका बेला आम जनता नै सहभागी हुने कुराको सरकार र राजनीतिक दलले सुनिश्चितता गर्न सक्नुपर्छ।'

असन्तुष्ट पक्षले उठाएका सयमा सय नै माग पूरा हुन सक्ने अवस्था नभए पनि चुनावमा सहभागी हुने वातावरण भने सरकार र राजनीतिक दलले बनाउनुपर्ने उनको तर्क छ। 'संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको मात्र होइन, सबैको हो', उनले भने, 'प्रमुख दल स्वार्थभन्दा माथि उठेर समस्या समाधान गर्न लाग्नुपर्छ।'

संविधानले कुनै प्रदेशको चुनाव नभए पनि राजनीतिक प्रक्रिया अघि बढ्ने परिकल्पना गरे पनि संविधान कार्यान्वयन चरणमा सबैलाई समेटेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। 'संविधान कार्यान्वयन चरणमा नै एउटा क्षेत्रलाई छाडेर अघि बढ्दा त्यो प्रत्युत्पादक हुन्छ', उनले भने, 'एकले अर्कालाई अफ्ठेरो पार्ने राजनीतिक फाइदा उठाउने अल्पदृष्टिबाट दलहरु माथि उठ्नुपर्छ।'
अर्को समाचार
मौद्रिक नीतिले समेट्नु पर्ने विषयहरु चुनौतीपूर्ण
२३ असार २०७४
•
१९ मिनेट पाठ
मौद्रिक नीतिले समेट्नु पर्ने विषयहरु चुनौतीपूर्ण
लिलाप्रकाश सिटौला, प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकमा अधिकृतस्तरको कर्मचारीको रुपमा २०४५ सालमा सेवा प्रवेश गरी दुई वर्ष अघि कार्यकारी निर्देशकको पदबाट अवकाश लिएका हुन्। सिटौलाले नेपाल राष्ट्र बैंकको सेवा र अनुभवको अतिरिक्त पूर्वाञ्चल ग्रामीण विकास बैंकमा सञ्चालक सदस्य एवं प्रमुख कार्यकारी अधिकृत, कर्जा सूचना केन्द्रमा सञ्चालक समिति अध्यक्ष, कर्जा सुरक्षण विभागमा सञ्चालक समिति अध्यक्ष, नेपाल स्टक एक्सचेन्जमा सञ्चालक र राष्ट्रिय बिमा संस्थानको सञ्चालक लगायतका विभिन्न संघ संस्थामा रहि कार्य गरेको अनुभव बटुलेका छन्। वि.सं. २०७१ मंसिरमा खुल्ला प्रतिस्पर्धाबाट कृषि विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पदमा छनौट भएका सिटौलासँग नेपाल राष्ट्र बैंकले ल्याउन लागेको नयाँ मौद्रिक नीति, सरकारले हाल ल्याएको आर्थिक वर्ष २०७४/०७५ को बजेटको प्रभाव, बैंकको वित्तीय अवस्था, लगानी लगायत विषयमा नागरिकका विष्णु बेल्वासेले गरेको संक्षिप्त कुराकानी : 

तपाईंसँग केन्द्रीय बैंकमा मौद्रिक नीति बनाउने समेतको काम गरेको लामो अनुभव छ। आगामी मौद्रिक नीति कस्तो ल्याउनुपर्छ जस्तो लाग्छ?

तपाईंले मलाई यो प्रश्न सोधिरहँदा म यो बेला नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि मौद्रिक नीति ल्याउने गृहकार्य गरिरहेको अनुमान गर्छु। यस वर्ष गत वर्षको तुलनामा केही सहज भएपनि मौद्रिक नीतिले समेट्नु पर्ने विषयहरु कम चुनौतीपूर्ण छैनन्। बजेटको आकार, पुँजीगत खर्चको प्रकृति, साधारण खर्चमा हुने वृद्धि र आगामी वर्षको आर्थिक वृद्धिदर र मूल्य स्पि्कति दरको अनुमानलाई  दृष्टिगत गर्दा आगामी वर्षको मौद्रिक नीति निर्माण र कार्यान्वयन विगतको तुलनामा केही सहज भएपनि कम चुनौतीपूर्ण छैनन्। तसर्थ केन्द्रीय बैंकले मूल्य स्थिरता र वित्तीय प्रणालीलाई बलियो बनाउने हिसावले अत्यन्त विवेकपूर्ण ढंगबाट अडिलो र कसिलो मौद्रिक नीतिको तर्जुमा गर्न बान्छनीय देखिन्छ। अहिलेको मौद्रिक नीति निर्माणमा खास चुनौतीका रुपमा मूल्य वृद्धिलाई निश्चित सीमाभित्र परिसिमन गर्दै वित्तीय व्यवस्थाको स्थिरताको निमित्त ध्यान दिनुपर्ने हुन्छ। खासगरी भूकम्पपछिको पुनर्निर्माणलगायत कारणले समेत निर्यातको तुलनामा आयात अत्याधिक वृद्धि भएको अवस्था एकातर्फ विद्यमान छ भने अर्कोतर्फ उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, सामाजिक सुरक्षा एवं आर्थिक कृयाकलाप विस्तार गर्ने, आय र रोजगारी वृद्धि गर्ने, गरिबी घटाउनेतर्फ लक्षित बजेट कार्यान्वयन सरकारको बाध्यकारी आवश्यकता रहेको अवस्था छ। यस्तो स्थितिमा मुद्रा प्रदायलाई बाञ्छित सीमाभित्र राख्न सकेमात्र आर्थिक विकासका गतिविधिहरुको सार्थक परिणाम प्राप्त हुने भएकले अर्थतन्त्रमा सम्बोधन गर्नुपर्ने क्षेत्रमा साधनको कमी हुन नदिने किसिमले मौद्रिक व्यवस्थापन गर्नु आवश्यक छ। साथै खास गरेर व्याजदर निर्धारणमा खुल्लाबजार कारोबारभित्र पोलिसी रेट कहीं न कहीं प्रतिविम्बित हुनुपर्ने विषय समकालीन बंैकिङ व्यवसायभित्रका पेलेएरहरुले उठाउँदै आएको विषयलाई मौद्रिक नीतिबाट सम्बोधन हुने अपेक्षा गरेको पाइन्छ। अहिलेको सन्दर्भमा तरलताको उचित व्यवस्थापन, मूल्य स्थिरता, वित्तीय क्षेत्र स्थायित्व एवं वित्तीय पहुँचको अभिवृद्धि पुनर्निर्माणमा सहजीकरण जस्ता पक्षमा मौद्रिक नीति केन्द्रित हुनु पर्छ भन्ने मलाई लाग्दछ।

वित्तीय बजारमा तरलताको अवस्था कस्तो छ? कृषि विकास बैंकले कसरी तरलताको व्यवस्थापन गरिरहेको छ।

केहि बैंकले पुँजी वृद्धि गरेका कारणले लगानीको अपेक्षित प्रतिफल अन्य वर्षका तुलनामा थप चाप सिर्जना भएकाले समेत बंैक तथा वित्तीय संस्थाहरुमा चालु आवको सुरुदेखि नै कर्जा प्रवाह अनियन्त्रित ढंगबाट अगाडि बढ्यो। कर्जा लगानीको तुलनामा निक्षेप संकलन भने न्यून रहेकाले केही वित्तीय संस्थामा कर्जा प्रवाह गर्ने स्रोतको अभाव तथा तरलता व्यवस्थापनमा नै समस्या उत्पन्न भई सोको प्रत्यक्ष प्रभाव निक्षेपको व्याजदर तथा कर्जा व्याजदरमा समेत पर्न गयो, जसको मार सबै बैंक वित्तीय संस्थाले भोग्नु पर्‍यो। परिस्थितिको गम्भिरतालाई दृष्टिगत गरी नेपाल राष्ट्र बैंकबाट अल्पकालीन समाधानको उपायसहितको छुट व्यवस्था गरिएपछि स्थिति केही सहज भएको छ। तर मुलतः निक्षेप र कर्जाको सन्तुलन कायम गर्नुपर्ने भनेको चाहिँ स्वयं वाणिज्य बैंकहरुले गर्नुपर्ने विषय हो भन्ने कुरा एक व्यवसायी बैंकको रुपमा सबैले बुझ्न जरुरी छ। तर यो भनिरहँदा स्थिति पूर्णरुपमा सुध्रेको अवस्था पक्कै होइन। किनभने अझै पनि लगानीयोग्य रकमको पर्याप्तता नदेखिनु, निक्षेपमा दिइने व्याजदर र कर्जामा लिइने व्याजदर पूर्ववत अवस्थामा आइनपुगेको अवस्था छ। सरकारको ढुकुटीमा थन्किएर रहेको रकम खासगरी सरकारको पुँजीगत खर्च यथाशिघ्र खर्च हुन सके कर्जा निक्षेप व्याजदर लगायत समस्यामा सुधार आई स्थिति सामान्य हुन्छ। 

कृषि विकास बैंकको हकमा बैंकले वार्षिक रुपमा लिएको कर्जा लगानी लक्ष्य करिब करिब हासिल गरिसकेको छ। यो समय बैंकका लागि लगानी गर्नेभन्दा पनि कर्जा असुल गर्ने समय हो। यो भनिरहदाँ हाल कर्जा लगानी पूर्ण रुपमा बन्द गरेको अवस्था भने होइन, बैंकले नियमित …लाइन अफ क्रेडिट' बन्द गरेको छैन। हामी आगामी वर्षको वार्षिक योजना कार्यक्रम निर्माणका क्रममा रहेका छौं। सँधै झै आगामी वर्ष पनि बैंकले तरलता व्यवस्थापन तथा कर्जा लगानी लगायत समग्र बैंकिङ गतिविधिहरुलाई सर्तकतापूर्वक अघि बढाउने छ।

पछिल्लो समय बैंकहरुले घोषणा गरेको व्याजदरले ल्याएको प्रभावप्रति ग्राहकको गुनासो व्यापक छ। यसमा तपाईंको भनाइ के छ?

सैद्धान्तिक रुपमा भन्नुपर्दा व्याजदर भनेको मुद्राको मूल्य हो। यो निरन्तर तलमाथि भइरहन्छ। पैसाको मूल्य माग र आपूर्तिले निर्णय गर्ने विषय हो। वितरण प्रणाली सहज र सरल हुन सकेन भने त्यस अवस्थामा स्वाभाविक रुपले पैसाको मूल्य बढ्छ। अहिलेको अवस्था पनि त्यहीं नै हो। खासगरी नेपाल सरकारले ढुकुटीमा त्यत्तिकै थन्किएर रहेको रकम समयमा खर्च हुन नसकी लामो समयसम्म होल्ड गरिहँदा पैसा स्वतन्त्र रुपमा अर्थ व्यवस्थामा खेल्न पाएन। अर्को कुरा केहीं वाणिज्य बैंकले चालु आवको सुरुकै अवस्थामा पुँजी वृद्धि गर्ने नाममा आक्रामक रुपमा लगानी बढाए, जसले सिडी अनुपातलाई असर गर्‍यो। जसको व्यवस्थापनका लागि निक्षेप वृद्धि गर्न निक्षेपकर्तालाई अस्वस्थ तवरबाट तानातान गर्ने अवस्था सिर्जना गरायो। फलस्वरुप खास गरेर संस्थागत निक्षेपको व्याजदर धान्नै नसक्ने स्तरमा पुग्यो। पछिल्लो समय केन्द्रीय बैंकले यसको सुधारका लागि नीतिगत व्यवस्था गरिदिएका कारण केही हदसम्म बिस्तारै सुधार हुँदै आएको छ। ग्राहकको हितलाई केन्द्रविन्दुमा राखेर नै व्याजदर निर्धारण हुनुपर्छ। ग्राहक यस सम्बन्धमा प्रारम्भमा सुसूचित हुनुपर्छ र मनासिव समयान्तरमा मात्र व्याजदर परिवर्तन गर्नुपर्छ भन्ने विषयमा दुईमत हुन सक्दैन। हामी यसबारे अत्यन्त सचेत छौं। 

अटोलोनमा राष्ट्र बैंकले कडाई गरेपछि निजी सवारी साधन किनबेचमा निकै कमी आएको छ। यसको समाधान कसरी गर्न सकिन्छ?

कर्जाको मुख्य स्रोत आम सर्वसाधारणबाट प्राप्त निक्षेप नै हो। यसरी प्राप्त स्रोतको प्रयोग उत्पादनशील क्षेत्रमा हुनुपर्छ भन्ने मान्यता हो। यस सन्दर्भमा अटोकर्जालाई पूर्ण रुपमा अनुत्पादक कर्जा भन्न नसिकए पनि नेपालको वित्तीय बजारमा अटोलोनको नाउमा लगानी भएको कर्जाको प्रकृतिलाई हेर्दा अधिकांश कर्जा व्यक्तिगत प्रयोजनका लागि प्रयोग भएका कारणले यस्तो कर्जालाई केही हदसम्म अनुत्पादक कर्जा मानिएको हो। राष्ट्र बैंकले उल्लेखित क्षेत्रको कर्जा नियन्त्रण गर्नका निमित्त कम्तिमा ५० प्रतिशत रकम कर्जा उपभोगकर्ताले जम्मा गर्नुपर्ने निर्देशन दिएको छ। जसले अनुत्पादक क्षेत्रको कर्जामा नियन्त्रण आई बैंकहरुले आफ्नो लगानी नयाँ उत्पादनशील क्षेत्र पहिचान गरी सो क्षेत्रतर्फ लगानी बढाएको देखिन्छ। कृषि विकास बैंक लिमिटेडको हकमा बैंकले विगतदेखि नै यस क्षेत्रतर्फको कर्जा निरुत्साहित गर्दै आएकाले नयाँ व्यवस्थाले हामीलाई कुनै असर पारेको छैन।

प्रत्येक स्थानीय निकाय (गाउँपालिका तथा नगरपालिकामा) कम्तिमा एउटा वाणिज्य बैंकको उपस्थिति हुनुपर्ने सरकारको निर्देशनको कार्यान्वयन गर्न कतिको सहज देख्नु भएाको छ?

देश संघीयतातर्फ उन्मुख भइरहेको र संघीयताको आधारमा तय भएको संरचनालाई समेत दृष्टिगत गरेर भावी दिनमा आफ्नो कार्य सञ्जाल अगाडि बढाउने छ। अर्थ मन्त्रालय, राष्ट्र बैंकमा पटक–पटक भएको छलफलका आधारमा संघीय संरचना बमोजिम कायम हुन आएका स्थानीय निकाय गाउँपालिका/नगरपालिकामा आवश्यकताका आधारमा शाखा विस्तार गर्न चाहिने जनशक्ति र पूर्वाधारको व्यवस्था गर्दै शाखा विस्तारका कार्यक्रम अगाडि बढाइने छ।

घर कर्जाको सीमा एक करोडबाट दुई करोडसम्म बनाइनु पर्ने सुझाव बैंकरहरुले राष्ट्र बैंकलाई दिएका छन्। के यो माग जायज हो?

पछिल्लो समय अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साही गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी  बढाउँदै दिगो आर्थिक वृद्धि हासिल गर्ने गरी सरकारले कार्यक्रम अगाडि बढाइरहेको अवस्थामा अनुत्पादक क्षेत्रमा माग बमोजिम कर्जाको सीमा बढाउनु त्यति जायज हो भन्ने लाग्दैन। कर्जा उपभोगकर्ताले हाल भएको सीमाको उपयोग गर्दै घर बनाउन नपुग बाँकी रकम आफैले जुटाउन सक्ने हैसियत बनाएको अवस्थामा  यस्तो शीर्षक अन्तर्गत हुने कर्जा लगानीबाट वित्तीय संस्था र उपभोग गर्ने दुवै पक्ष लाभान्वित हुने देखिन्छ। विगतमा कतिपय वित्तीय संस्थाले यस क्षेत्रमा लगानी केन्द्रित गरेकाले टाउको दुखाइको विषय बनेको हो। कृषि विकास बैंकको हकमा घरकर्जा अन्तर्गतको पोर्टफोलियो निक्कै न्यून रहेको छ।

कृषि विकास बैंकको वित्तीय अवस्था कस्तो रहेको छ?

कृषि विकास बैंकको अहिलेको वित्तीय अवस्था अत्यन्त सबल र उत्साहप्रद रहेको छ। बैंकको जेष्ठ महिनासम्मको तथ्यांक अनुसार बैंकको निक्षेप रकम ९३ अर्ब नौ करोड तथा कर्जा लगानी ९२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा बैंकको पुँजी कोष १७.३८ प्रतिशत, निस्त्रि्कय कर्जा ३.३९ प्रतिशत, इक्विटीमा प्रतिफल १३.५३ प्रतिशत तथा प्रतिसेयर आम्दानी २४.७५ रहेको छ। निरन्तर रुपमा प्रतिस्पर्धात्मक प्रतिफल प्रदान गर्दै आएको बैंकले सेयरधनीलाई आव २०७२/७३ मा ५० प्रतिशत हकप्रद सेयर र २० प्रतिशत बोनस सेयरसमेत वितरण गरिसकेको छ। यस वर्ष बैंकको हालसम्मको तथ्यांक विश्लेषण गर्दा बैंकले आफ्नो खुद नाफालगायत वित्तीय परिसूचकहरुलाई थप बलियो बनाउन सक्ने देखिन्छ।

कृषि विकास बैंकले आधुनिक बैंकिङ सेवा विस्तार गर्ने सम्बन्धमा के कस्ता  सेवा उपलब्ध गराउँदै आइरहेको छ?

बैंकले विस्तारित, सघन, दिगो एवं पु्रडेन्ट बैंकिङ तथा सामाजिक अभिमुखीकरण सहितको बैंकिङ सेवालाई आधारभूत सिद्धान्तको रुपमा ग्रहण गर्दै बैंकका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। यसै सन्दर्भमा बैंकले सम्भाव्यताका आधारमा ग्रामीण क्षेत्रका शाखामा समेत कोर बैंकिङ सिस्टम कार्यान्वयन गर्दै लगेको छ। अहिले आएर मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, भिसा कार्ड, एटिएम सेवा, आस्बा सुविधा, आइपिएस लगायत आधुनिक बैंकिङ सेवाहरु उपलव्ध गराइसकेको छ भने इन्टरनेट बैंकिङ केही दिनभित्रमा नै कार्यान्वयनमा ल्याउदै छौं। भविष्यमा नेपालका अति दुर्गम ठाउँहरुमा पनि उल्लेखित सेवाहरुलाई छिटोभन्दा छिटो पुर्‍याउने गरी बैंकले आफ्ना कार्ययोजना अगाडि बढाइ रहेको छ।

अन्य वाणिज्य बैंक र कृषि विकास बैंकबीच तुलना गर्नुपर्दा कसरी गर्न सकिन्छ?

कृषि विकास बैंक नेपालको वित्तीय बजारमा कार्य सञ्जाल, पुँजी तथा वित्तीय क्षमता समेतको आधारमा सबैभन्दा ठूलो बैंक हो। बैंकिङ बजारमा अहिले तीव्र प्रतिस्पर्धा रहेको छ। यहीं प्रतिस्पर्धाबीच यो बैंक एक सफल व्यावसायिक बैंकको रुपमा आफ्ना बैंकिङ गतिविधि सञ्चालन गर्दै सम्पूर्ण सम्बद्ध पक्षहरु (स्टेकहोल्डर) को अधिकतम सन्तुष्टिका निम्ति निरन्तर प्रयासरत रहने छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस