संविधान संशोधन विधेयक संसदमा प्रस्तुत, एमाले माैन
१२ फागुन २०७३
•
२ मिनेट पाठ
संविधान संशोधन विधेयक संसदमा प्रस्तुत, एमाले माैन
कानुनमन्त्री अजयशंकर नायक संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दै।
काठमाडौं— पाँच नम्बर प्रदेशको सिमांकन हेरफेर सहितका विषय समेटिएको संविधान संशोधन प्रस्ताव बिहीबारको संसद पेश भएको छ। व्यवस्थापिका संसदको बिहीकारको कार्यसूचिमा संविधान संशोधन छैठौं नम्बरमा थियो।




‘संविधान संशोधन मधेस र मधेसी जनताविरुद्ध छ। पाँच नम्बर प्रदेश हेरफेरले सो प्रदेश अझ कमजोर हुनेछ। यो मधेसी जनताको माग होइन’, उनले भने।

सो कार्यसूचिअनुसार कानुनमन्त्री अजयशंकर नायकले  संसद बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

एमालेले अवरोध गरेन

संसदमा संविधान संशोधन प्रस्ताव पेश हुँदा एमालेले विरोध गरेन। यसअघि एमालेले छलफलमा भाग नलिने, मौन रुपमा प्रक्रियामा उपस्थित हुने निर्णय गरेको थियो। नेमकिपाले भने संशोधन विधेयकविरुद्ध उभिने निर्णय गरेको छ।

संशोधनप्रस्ताव मधेसविरोधी

बिहीबार संसदमा बोल्दै एमाले संसदीय दलकाउ उपनेता सुभाषचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुले संविधान संशोधन हुन नदिने बताए। ‘संविधान संशोधन प्रस्ताव अघि बढाउने किसिमको छैन। हामी त्यसलाई पारित हुन दिँदैनौं’, उनले भने।

निर्वाचन घोषणाको स्वागत गर्दै उनले प्रश्न गरे, ‘संविधानअनुसार २०७४ माघसम्म तीन निर्वाचन गरिसक्नुपर्छ। निर्वाचन घोषणा गरिसकेको सन्दर्भमा संविधान संशोधन प्रस्ताव किन ल्याउनु पर्‍यो?’

संविधान संशोधन विधेयक मधेस र मधेसी जनताविरुद्ध रहेको उनले बताए। ‘संविधान संशोधन मधेस र मधेसी जनताविरुद्ध छ। पाँच नम्बर प्रदेश हेरफेरले सो प्रदेश अझ कमजोर हुनेछ। यो मधेसी जनताको माग होइन’, उनले भने।
अर्को समाचार
संशोधनविरुद्ध माओवादी सूचना
०९ जेष्ठ २०६७
•
६ मिनेट पाठ
संशोधनविरुद्ध माओवादी सूचना
माधव ढुंगेल, काठमाडौं, जेठ १०- एकीकृत माओवादीले सरकारद्वारा व्यवस्थापिका संसदमा पेस संविधान संशोधन विधेयकविरुद्ध आइतबार सूचना दर्ता गरेको छ।
यो विधेयक सोमबार संसदमा प्रस्तुत हुने कार्यक्रम छ। विधेयक प्रस्तुत हुनुअघि विरोधको सूचना पारित भए सरकार पराजित भएको मानिने छ। पराजित भएपछि सरकारले राजीनामा दिनुपर्ने छ।




'व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली २०६५ को नियम ६० बमोजिम विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा विरोधको सूचना' माथि संसदमा सोमबार मतदान हुनेछ।

संसदीय मूल्य मान्यताअनुसार विरोधको सूचना असफल भए प्रस्ताव दर्ता गर्ने दलले विधेयकमाथिको मतदानमा भाग नलिने संसदीय परम्परा छ। संसदमा एक-तिहाई बढी सदस्य रहेको माओवादीको समर्थनबिना संविधान संशोधन विधेयक पारित हुन सक्दैन। विधेयक पारित हुन दुई-तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ।

माओवादी सभासद्द्वय देवप्रसाद गुरुङ र एकराज भण्डारीले संसदमा संविधान संशोधन विधेयकविरुद्ध सूचना दर्ता गराएका हुन्। विरोधको सूचनामा 'संविधानसभालाई चैतदेखि नै कार्यसूचीविहीन बनाएर गतिरोधको अवस्थामा राखिएको' उल्लेख छ। निकास दिनुको सट्टा झन्झन् बढाइएको पनि सूचनामा छ। संविधान निर्माणमा सहजकर्ताको नेतृत्वदायी भूमिका निर्वाह गर्न यो सरकार असफलसिद्ध भएको सूचनामा भनिएको छ।

'दलहरूसँग परामर्श नगरी प्राविधिक रूपले ल्याइएको म्याद थपको संशोधन प्रस्ताव अन्ततः संविधानसभालाई असफल तुल्याउने दुखित मनसायका साथ ल्याइएको देखिएकाले यसको कुनै औचित्य देखिँदैन। अतः विरोधको सूचना दिएका छौं', सूचनामा उल्लेख छ।

पछिल्लो चरणमा संविधानसभालाई गतिरोध पुर्‍याउने कार्य सरकार र सरकारमा रहेका दलबाट भएको उल्लेख गर्दै सूचनामा भनिएको छ, 'यस्तो अवस्थामा सरकारले अविलम्ब राजीनामा दिएर सहमतिको संयुक्त राष्ट्रिय सरकार निर्मााण र संविधान निर्माणको सुनिश्चित सहमतिको मार्ग तय गर्नुको विकल्प छैन।'

विरोधको सूचनामा निर्णय हुनुअघि सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमति नभए मतदानमा जानुपर्छ। 'यो माओवादीको ठूलो बार्गेनिङ हो। सहमति नभए संविधानसभालाई कसैले जोगाउन सक्दैन,' राज्य व्यवस्था समितिका सभापति रामनाथ ढकालले नागरिकसँग भने। विरोधको सूचना दर्ता गरेपछि धेरै विकल्प समाप्त भएको उनले बताए। यसबीच सद्भावना (आनन्दीदेवी) की सभासद् सरिता गिरीले अर्को छुट्टै विरोधको सूचना दर्ता गरेकी छन्।

साना दलको रोष्ट्रम घेराउ
प्रमुख राजनीतिक दलका अनावश्यक हठका कारण संविधानसभा भंग हुने स्थिति उत्पन्न भएको भन्दै दर्जनभन्दा बढी साना दलले आइतबार व्यवस्थापिका संसद घेराउ गरेका छन्।

प्रमुख प्रतिपक्षी एकीकृत माओवादी, सत्तासिन गठबन्धनका मुख्य दल कांग्रेस र एमालेलाई सहमतिमा संविधानसभा म्याद थप्न र राजनीतिक मुद्दा किनार लगाउन दबाब अभियान थालेका ती दलले 'संविधानसभा जोगाउन' १० मिनेट रोष्ट्रम घेराउ गरेका हुन्। घेराउ र नाराबाजीले संसद बैठक १० मिनेट स्थगित भएको थियो।
रोष्ट्रम घेराउ गर्नुअघि संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग समय माग्दै नेकपा (माले) का महासचिव सिपी मैनाली र राष्ट्रिय जनशक्ति पार्टी संसदीय दलका नेता प्रकाशचन्द्र लोहनीले निःसर्त संविधानसभा म्याद थप्न माग गरे। 'संविधानसभा जीवितै राख्नुपर्छ,' मैनालीले भने, 'राजनीतिक विवादहरूको समाधान पहिल्याउने ठाउँ यही हो।'

सरकारमा सहभागी र सहभागी नभएका दर्जनभन्दा बढी ती दलले रोष्ट्रम घेराउका क्रममा संविधानसभा मास्न पाइँदैन, संविधानसभा बचाऔं, संविधानसभाको म्याद थप्न सहमती गरजस्ता नारा लगाएका थिए।

एकीकृत माओवादीले संविधानसभाको म्याद थप्न सरकार विघटन वा संविधानमा सरकार गठनका लागि सहमतीय व्यवस्था सुनिश्चित हुनुपर्ने सर्त राख्दै आएको छ। दर्जनभन्दा बढी साना दलले आइतबार बिहान कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाललाई पनि यस विषयमा ज्ञापनपत्र दिएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस