पाँच कसुर आकर्षित हुने
०४ जेष्ठ २०८०
•
६ मिनेट पाठ
पाँच कसुर आकर्षित हुने
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ। सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति मागेको थियो। अदालतले सहमति दिएपछि हालसम्मको अनुसन्धान संगठित अपराधकै सन्दर्भमा भइरहेको छ।




अनुसन्धानमा खुल्दै गएका तथ्यका आधारमा यो प्रकरण अब ठगीसम्बन्धी कसुर र संगठित अपराधमा मात्रै सीमित हुने देखिन्न। यो प्रकरणमा संलग्नता पाइएकाहरूमाथि झन्डै पाँच कसुर आकर्षित हुन सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन्। जसमा अनुसन्धान भइरहेको ठगीसम्बन्धी कसुर, संगठित अपराधसम्बन्धी कसुर, राज्यविरुद्धको कसुर र लिखतसम्बन्धी (किर्ते) कसुर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट नै चलाउन सकिने देखिएको छ। यस्तै यो प्रकरणमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुर पनि आकर्षित हुने देखिएको छ। जसको अनुसन्धान र तहकिकातका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा फाइल पठाउन सकिने प्रावधान रहेको जानकार बताउँछन्। अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमार्फत मुद्दा चलाउन सक्छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले यस प्रकरणमा दोषी पाइएकाहरूमाथि पाँचवटै कसुरमा मुद्दा चलाउन सकिने अवस्था रहेको बताउँछन्। ‘अहिलेसम्म त हामीलाई अनुसन्धानको प्रतिवेदन आइसकेको छैन। आएपछि विस्तृतमा अध्ययन गरेपछि कुन मुद्दा चलाउने भन्ने निर्णयमा पुग्छौं,’उनले भने, ‘अहिलेसम्म पाँचवटासम्म कसुर आकर्षित हुने देखेका छौं। तीमध्ये चारवटामा त हामीले नै अभियोजन गरेर मुद्दा दायर गर्न सकिने अवस्था छ।’ कुन कसुरमा मुद्दा चलाउने भन्ने कुरा प्रहरीले दिने प्रतिवेदनबाट निक्र्योल गरिने न्यौपानेले बताए।  

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले फौजदारी प्रकृतिका अपराधको अनुसन्धान तथा तहकिकात गर्ने अधिकार प्रहरीलाई दिएको छ। प्रहरीले अनुसन्धानका क्रममा पाइएका तथ्यहरूलाई समेटेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्नुपर्ने हुन्छ। फौजदारी कार्यविधि संहिताको दफा ३१ को उपदफा १ बमोजिम अनुसन्धान पूरा भएपछि अनुसन्धान अधिकारी (प्रहरी) ले कसुर गरेको शंका गरिएकाउपर मुद्दा चलाउन पर्याप्त प्रमाणअनुसार कुन कानुनअन्तर्गत सजाय हुनुपर्ने हो सो कुरा खुलाई दसी प्रमाणसहितको अनुसन्धान प्रतिवेदन सम्बन्धित सरकारी वकिल कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ। प्रहरीको प्रतिवेदन र रायका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आकर्षित हुने कसुरहरूका आधारमा आरोपित व्यक्तिहरूलाई अभियोजन गरेर जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्ने हुन्छ।

आकर्षित हुने कसुर र कानुनी व्यवस्था  

भुटानी शरणार्थी प्रकरणअन्तर्गत प्रहरीले ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको थियो। दोषीहरूलाई सबैभन्दा पहिला यही कसुर आकर्षित हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। मुलुकी अपराध संहिता ऐन, २०७४ परिच्छेद २१ मा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरको व्यवस्था छ। जसको दफा २४९ उपदफा (२) मा ‘कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सोहीबमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पुरयाए वा आफ्नो वा अरू कसैका लागि कुनै लाभ प्राप्त गरे निजले ठगी गरेको मानिने’ भनिएको छ।  

गिरोहका सदस्यहरूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाउँदै विभिन्न व्यक्तिबाट पाँच लाखदेखि ५० लाखसम्म असुल गरेको पाइएको छ। यसैले यो मुद्दामा प्रस्ट रूपमा ठगीसम्बन्धी कसुर आकर्षित हुने सहन्यायाधिवक्ता न्यौपाने बताउँछन्। मुलुकी अपराध संहितामा यस्तो प्रकृतिको ठगीसम्बन्धी कसुर गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद सजाय र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ।  

यस्तै प्रहरीले अनुसन्धान गरिरहेको संगठित अपराधसम्बन्धी कसुरको व्यवस्था संगठित अपराध निवारण ऐन २०७० मा छ। यो ऐनको दफा ३ को उपदफा (२) मा ‘कसैले आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहका तर्फबाट, आपराधिक समूहस“ग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरे निजले संगठित अपराध गरेको मानिने’व्यवस्था गरिएको छ।  

  १. ठगीसम्बन्धी अपराध

 २. संगठित अपराध

  ३. राज्यविरुद्धको कसुर

  ४. लिखतसम्बन्धी कसुर  

  ५. भ्रष्टाचार कसुर
यस्तै जिल्ला सरकारी वकिल कार्यालयले यो प्रकरणमा संलग्नताको आरोप लागेका व्यक्तिलाई ‘राज्यविरुद्धको कसुर’मा पनि मुद्दा अभियोजन गर्न सक्ने अवस्था छ। ‘शरणार्थीसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय चासो रहन्छ। त्यसमा पनि नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने भन्ने कुराले विश्वको नजरमा नेपालको साखमा क्षति पुरयाउने चर्चा चलिरहेको छ, जुन सत्य पनि हो,’सहन्यायाधिवक्ता न्यौपानेले भने, ‘त्यसैले यो कसुर पनि आकर्षित नहुने भन्ने छैन।’

मुलुकी अपराध संहिताको परिच्छेद १ मा राज्यविरुद्धको कसुरको व्यवस्था छ। जसअन्तर्गत दफा ५१ उपदफा २ को (क) मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फैलाउने किसिमका क्रियाकलापलाई राज्यविरुद्धको कसुर मानेको छ। यस्तो कसुर गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ।  

यस्तै यो प्रकरणमा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनलाई छेडछाड गरेर नक्कली प्रतिवेदन तयार पारेको पनि पाइएको छ। सो कार्यमा गृह मन्त्रालयका कर्मचारीदेखि नेतृत्वसम्मको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको स्रोतको दाबी छ। यसकारण यो मुद्दामा मुलुकी अपराध संहिताको परिच्छेद २५ मा रहेको ‘लिखतसम्बन्धी कसुर’पनि आकर्षित हुन सक्ने अवस्था रहेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।  

यो परिच्छेदअन्तर्गत दफा २७६ मा ‘किर्ते गर्न नहुने’व्यवस्था छ। यही दफाको उपदफा (२) मा ‘कसैले सर्वसाधारण वा कसैलाई कुनै हानि, नोक्सानी वा क्षति पुरयाउने वा आफू वा कसैलाई कुनै लाभ पुरयाउने नियतले कुनै झुटा लिखत वा झुटा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुटा अंश वा भाग बनाउने काम गरे निजले किर्ते गरेको मानिने’उल्लेख छ। यस्तो कसुर गर्नेलाई सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था छ।  

यसबाहेक यो प्रकरणमा गिरोहले संकलन गरेर ल्याएका नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन राज्यबाट सहजीकरण गरिदिन भूमिका खेलिदिन भन्दै घुस (रिसवत) रकम लिएको भन्दै उच्च पदस्थ व्यक्तिहरू पनि पक्राउ परेका छन्। काम गर्न÷गराउन भूमिका खेल्ने भन्दै करोडौं रकम घुस लिएको प्रमाण फेला परेको प्रहरी स्रोतको दाबी छ। भ्रष्टाचार निवारण ऐनमा रिसवत लिनेदिनेलाई कारबाही हुने व्यवस्था छ। उक्त व्यवस्थामा २५ हजारसम्म घुस लिनेलाई तीन महिनाको कैद हुनेदेखि लिएर करोडौं घुस रकम लिनेलाई आठ वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ। यस्तै घुस रकम जफत पनि गर्ने व्यवस्था छ।  

आफ्नो क्षेत्राधिकारमा भएका व्यवस्थालाई हेरेर आरोपीहरूलाई अधिकतम सजाय हुने गरी अभियोगपत्र दायर गर्ने आफ्नो तयारी रहेको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता न्यौपाने बताउँछन्। ‘प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा अधिकतम सजाय हुने गरी अभियोगपत्र दायर गर्ने हाम्रो तयारी छ,’उनले भने, ‘हाम्रो क्षेत्राधिकारभन्दा बाहिर अन्य कुनै निकायमा पठाउनुपर्ने देखिएमा कसुरहरूमा मुद्दा चलाउन पनि फाइल पठाउँछौं।’
अर्को समाचार
पूर्वराजा ज्ञानेन्द्रलाई कुन-कुन कसुर आकर्षित हुन्छ?
१६ चैत्र २०८१
•
१ मिनेट पाठ
पूर्वराजा ज्ञानेन्द्रलाई कुन-कुन कसुर आकर्षित हुन्छ?
पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुलुकी अपराध संहिताको दफा ५० र ५१ अन्तर्गत राजद्रोहको मुद्दा आकर्षित हुने अधिवक्ता राधिका खतिवडाले बताएकी छन्।




राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, तीनभन्दा बढी समूहले डकैती गरेको कसुर, हातहतियार लुटपाट, संगठित अपराधको कसुर पूर्वराजामाथि मुद्दा लगाउन पर्याप्त आधार भएको उनले बताएकी हुन्।

अधिवक्ता खतिवडाका अनुसार ज्ञानेन्द्रलाई सरकारले चाहे चार वटा कसुरमा मुद्दा चलाउन सक्ने छ। ‘शुक्रबारको घटना पूर्णतः संविधानविरोधी छ। आक्रमण, लुटपाट र आगजनी भएको छ, साथै व्यक्तिहत्या पनि भएको छ। त्यसकारण पूर्वराजालाई मतियार होइन, मुख्य योजनाकारका रूपमा मुद्दा चलाउन सकिन्छ,’ उनले भनिन्।

‘संविधानको धारा ५ विपरीत कसुर गरे मुलकी अपराध संहिता २०७४ को दफा ५० को कसुर ५१ को उपदफा २ अनुसार राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सकिने व्यवस्था छ। मुलुकी अपराध संहिताको दफा २४४ को (क), (ग), (घ) पनि आकर्षित हुनेछ,’ अधिवक्ता खतिवडाले बताइन्।

सरकारले संविधानको अधीनमा रही अनुसन्धान गर्न गृह मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको छ। गृहमन्त्री रमेश लेखकले पनि शनिबार बिहान शुक्रबारको घटना भएको स्थल र सञ्चारमाध्यम अनुगमनका क्रममा हिसात्मक घट्नाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने बताएका छन्।

राजावादीको एक समूहले ज्ञानेन्द्रकै निर्देशनमा पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा आन्दोलनका लागि समिति बनाएको थियो। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आन्दोलनको कमान्डर बनाइएका थिए। शुक्रबार प्रदर्शन गर्नुअघि ज्ञानेन्द्रको निर्देशन लिन बिहीबार उनीहरू निर्मल निवास पुगेका थिए।

निर्मल निवासबाट फर्केर आएपछि पत्रकार सम्मेलन गरेको सो समूहले शुक्रबार दुई जनाको ज्यान जाने गरी हिंसात्मक आन्दोलन गरेको थियो। सोही विषयलाई लिएर सरकारले राज्यविरुद्धको कसुरमा पूर्वराजा ज्ञानेन्द्रविरुद्ध अनुसन्धान गर्ने भएको छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस