कुरा थोरै र काम धेरै हुन्छ: प्रधानमन्त्री
०७ जेष्ठ २०८०
•
२ मिनेट पाठ
कुरा थोरै र काम धेरै हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले कुरा थोरै र काम धेरै गर्ने गरेको बताएका छन्।

वेपत्ता योद्धा परिवार समाजले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री दाहालले माओवादी लडाकुहरुलाई दुई लाख दिने निर्णय अदालतको स्टे अर्डरका कारण रोकिएको समेत स्पष्ट पारेका छन्। उनले वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूति, परिपुरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने उल्लेख गरे।

उनले भने 'मैले ती हजारौं जनयुद्धको शहीदहरुलाई राजपत्रमा शहीदको रुपमा घोषणा गरेर मैले धेरै हल्ला नगरीकन आफ्नो काम गरेँ भन्ने लाग्या छ। त्यसपछि जनयुद्धको दिनलाई के दिन मान्ने भन्ने पनि थियो। मैले धेरै होहल्ला नगरिकन जनयुद्ध दिवसको दिन राष्ट्रिय विदा दिने निर्णय गरेँ। र, जनयुद्ध दिवस मनाउने निर्णय गरियो। कतिपयलाई त्यत्ति सहज नलोको हुन सक्छ। तर मैले त्यो गरेँ। तपाईहरुलाई त्यो थाहा छ। अनि, त्यसपछि त्यो दुइ लाखको कुरा यहाँ पनि उठ्यो। एकराजजीले पनि अघि भन्नु भयो। यो निर्णय भएको थियो २०७१ मा तर, पछि मुद्दा प¥यो। र, सर्वोच्चले त्यसलाई स्टे गर्‍यो। फेरी छलफल हुँदै गयो। अन्ततः फेरी सर्वोच्चले यो दिनुपर्छ भन्ने निर्णय गरेपछि मैले सरकार प्रमुखको हैसियतले दिने निर्णय गरेको हो। त्यो अदालतको फैसला अनुसार नै गरेको हो। तर कति ठूलो होहल्ला भयो त्यो दुई लाखमा तपाईहरुले सुन्नु भएको छ। अहिले फेरी स्टेमा गएको छ। तर तपाईहामी सबै एक हुँदाखेरी अदालतले फेरी दिनु भन्छ भन्ने नै मलाई विश्वास छ। यो सांकेतिक रुपमा अर्थपूर्ण छ। यी त भए माओवादी आन्दोलनसँग सम्बन्धित कामहरु, जो हामी गरिराखेका छौं। र, अव यो वेपत्ता योद्धाहरुको छानविनको कुरा र सत्य निरुपणको कुरा पनि अन्तिम चरणमा छ। सबैतिर सहमती बनाएर अव केही दिन भित्र त्यो विधेयक पारित गरेर आयोगमार्फत हामीले हिजो मात्रै तपाईहरुले सुन्नु भयो–नीति, कार्यक्रममा हामीले अवको २ वर्ष भित्र सम्पूर्ण काम टुंग्याउनेगरी काम अगाडि बढाउँछौं भनिएको छ।'
अर्को समाचार
सतर्कता केन्द्र जिम्मेवारी धेरै, काम थोरै
११ भदौ २०७१
•
७ मिनेट पाठ
सतर्कता केन्द्र जिम्मेवारी धेरै, काम थोरै
काठमाडौं- भ्रष्टाचार उन्मूलनका लागि जनताको तल्लो स्तरसम्म काम गर्ने जिम्मेवारी पाएको प्रधानमन्त्री मातहतको राष्ट्रिय सतर्कता केन्द्र 'औचित्यहीन' देखिएको छ। सार्वजनिक सेवा प्रवाह क्रममा हुने ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलाप रोकेर जनतालाई सरल सेवाप्रवाह र सुशासनको प्रत्याभूति गराउने जिम्मेवारी पाए पनि स्थापना भएको १२ वर्षसम्म सतर्कता केन्द्र निस्त्रि्कय छ।

सुशासन कायम गर्न आफ्नै मातहतको निकाय निस्प्रभावी देखिएपछि प्रधानमन्त्री सुशील कोइरालाले समेत पटकपटक सतर्कताका पदाधिकारी, मुख्यसचिव र सचिवहरूलाई ध्यानाकर्षण गराएका छन्। 'मुख्यसचिव, सचिवहरू र सतर्कताका पदाधिकारीसँग प्रधानमन्त्रीले त्यहाँको कार्यसम्पादन पद्दतिमा सुधार ल्याउन पटकपटक आग्रह गर्नुभएको छ,' प्रधानमन्त्रीनिकट स्रोतले नागरिकसँग भन्यो, 'सतर्कताले जनस्तरमा पुगेर कुनै काम गर्न सकेन भन्ने प्रधानमन्त्रीको चिन्ता हो।'
खानेपानी, सडक, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र सरकारी निकायबाट प्रदान हुने सेवाप्रवाह अनुमगन गरेर त्यहाँका बेथिति हटाउने जिम्मेवारी सतर्कता केन्द्रले पाएको छ। तर, यो निकायसम्म पुग्ने पहुँच सर्वसाधारणलाई छैन। यसको कार्यालय सिंहदरबारभित्र रहेकाले पनि सर्वसाधारणले सहजै पुगेर उजुरी दिन सक्दैनन्।
प्रशासनविद् भिमदेव भट्टले सतर्कतालाई समसामयिक र प्रभावकारी बनाउन आवश्यक रहेको बताए। 'कुन कार्यालय कति आवश्यक छ भन्दा पनि आफ्नो औचित्य पुष्टि गर्ने कामबाट हो,' भट्टले नागरिकसँग भने 'भारतमै सतर्कताले कति तहल्का मच्चाएर सुशासन कायम गर्न सकेको छ, यहाँ नाममात्रैको संस्था छ। यो कार्यपद्धतिकै त्रुटि हो।'
शिक्षा, स्वास्थ्य, यातायात, सार्वजनिक प्रशासन, सडक लगायतमा हुने अनियमितता र त्यहाँबाट सर्वसाधारणले भोग्नुपर्ने समस्याको बारेमा सुक्ष्म अध्ययन गरेर वेतिथी हटाउनुपर्ने जिम्मा सतर्कताको भएको उनले बताए। 
'तल्लो तहसम्म पुगेर जनताले भोग्नुपरेका समस्या सुधार गर्न सरोकारवालालाई सतर्क गराउने काम सतर्कताको हो,' उनले भने 'भ्रष्टाचार भैसकेपछि अनुसन्धान गरेर कारवाही गराउने काम त अख्तियारले गरिहाल्छ नि।' सुशासन र सहज सेवा प्रदानमा यति धेरै भूमिका भएको सतर्कता निश्त्रि्कय हुँदा यसलाई कर्मचारी थन्क्याउने अड्डाको रुपमा विकसित भएको उनको तर्क छ। प्रशासनिक सुधारभन्दा पनि चलखेल गर्ने माध्यमको रुपमा अड्डाको विकास हुन नहुने उनको तर्क छ। 'जनतामैत्री निकाय जनताको दैलो दैलोमा पुगेर समस्या बुझेर सरोकारवाला निकायलाई सतर्क बनाउनपर्नेमा उजुरीका लागि सतर्कता पुग्न नै मुश्किल हुन्छ,' उनले भने। सतर्कता सर्वसाधारणको सरल पहुँचसम्म पुग्नुपर्ने उनले बताए।
सतर्कताका पूर्व कार्यकारी अधिकृतसमेत रहेका र हाल निर्वाचन आयोगका सचिव मधुप्रसाद रेग्मीले सतर्कतालाई साधनस्रोत सम्पन्न बनाउन आवश्यक रहेको उल्लेख गरे।
'सतर्कताको काम भ्रष्टाचार भएपछि अनुसन्धान गर्नुभन्दा हुनै नदिन भ्रष्टाचारविरुद्ध प्रचारात्मक गतिविधि चलाउनु हो,' रेग्मीले भने, 'भूमिका नभएको होइन, स्रोतसाधनले सम्पन्न र प्रभावकारी बनाउन आवश्यक छ।'
भ्रष्टाचार हुनै नदिन विभिन्न सार्वजनिक निकायलाई सतर्क बनाउने जिम्मेवारी भएको उनको भनाइ छ। सतर्कतामा स्थायी नेतृत्व नहुँदा रिटायर्ड हुने बेला कर्मचारी फाल्ने थलोका रूपमा विकास भएकाले यसलाई सुधार गरेर स्रोतसाधन सम्पन्न प्रभावकारी निकाय बनाउनुपर्ने उनको भनाइ छ।

मुख्यसचिव लीलामणि पौडेलले भने सतर्कतालाई स्रोतसाधन सम्पन्न बनाउन लागेको र यसले प्रभावकारी रूपमा काम गरिरहेको दाबी गरे।
'स्रोतसाधनको विकास हुँदैन, भर्खरै संगठन संरचना परिवर्तन भएको छ, आधुनिक प्रयोगशाला स्थापना गर्ने भनेर ५ करोड बजेटको व्यवस्था पनि भएको छ, कसरी सतर्कता प्रभावहीन भयो?' मुख्य सचिवले प्रतिप्रश्न गरे, 'हाजिरी छड्के गरिरहेको छ, अनुगमन गरिरहेको छ, यसलाई प्रभावकारी नभएको भन्न मिल्दैन।' उनले हालसालै सतर्कतामा प्राविधिक दरबन्दी थपिएको र अब प्रयोगशाला स्थापना गरिएपछि कामले निकै गति लिनेसमेत दाबी गरे। 
सरकारी निकायमा भ्रष्टाचारजन्य क्रियाकलाप हुन नदिन सम्बन्धित निकायलाई सतर्क गराउने, नियमित निगरानी गराउने, भ्रष्टाचारविरुद्ध चेतनामूलकलगायत विभिन्न कार्यक्रम गरी अभियान तीब्र पार्ने, सरकारका मन्त्रालय, विभाग, कार्यालय र सार्वजनिक संस्था आदिबाट नियमित रूपमा हुनुपर्ने कामको निरीक्षण र सुपरीवेक्षण गरी निर्देशन दिन प्रधानमन्त्री मातहत रहने गरी सरकारले २०५९ साउनमा सतर्कता केन्द्र स्थापना गरेको थियो। भ्रष्टाचारको अनुसन्धान गर्न अख्तियार दुरुपायोग अनुसन्धान आयोग, सतर्कता र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबीच कार्यक्षेत्रका विषयमा विवाद हुँदै आएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस