प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा
०४ असार २०८०
•
१ मिनेट पाठ
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ।




प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्केको उनका स्वकीय सचिव रमेश मल्लले बताए।

उनका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ रहेका छन्। प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की सहभागी रहेका छन्।

साथमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि साथमा रहेका छन्। प्रधानमनत्री दाहालको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारको काम जारी छ। बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ।

आजै मात्र भौतिक पूर्वाधार मन्त्रालयले केन्द्रीय सडक सञ्जालबाट विच्छेद भएको पाँचथर र ताप्लेजुङलाई जोड्न बेलिब्रिजको सामान प्रभावित क्षेत्रमा पठाइसकेको उनले बताए।
अर्को समाचार
प्रधानमन्त्री देउवाद्वारा बाढी पहिरो पिडित ६ जिल्लाको भ्रमण बाढी पिडितलाई तुरुन्तै राहात दिने आश्वासन
०४ कार्तिक २०७८
•
३ मिनेट पाठ
प्रधानमन्त्री देउवाद्वारा बाढी पहिरो पिडित ६ जिल्लाको भ्रमण
बाढी पिडितलाई तुरुन्तै राहात दिने आश्वासन
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले क्षती पुर्याएको सुदूरपश्चिमका  जिल्लाहरुमा स्थलगत भ्रमण गरेका छन । डोटी, बझाङ, बैतडी,डडेल्धुरा, कंचनपुर लगायत जिल्लामा पुगेर प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्याएको क्षती वारे जानकारी लिएका थिए । प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधी, सुरक्षा निकाय र पिडित स्थानियले बाढी पहिरोले पुर्याएको क्षतीवारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर प्रधानमन्त्री देउवाले बाढी पिडितलाई तुरन्तै राहात दिने बताएका छन ।




प्रधानमन्त्री निवास बालुवाटार बाट बिहिवार बिहान हेलिकोप्टरमा बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका निस्केका प्रधानमन्त्री देउवा शुरुमा कर्णाली प्रदेशको सुर्खेतमा पुगेका थिए । सुर्खेत पछि प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रदेशको दिपायलमा पुगेका थिए । दिपायलमा प्रमुख जिल्ला अधिकारीले जिल्लाभरी बाढी पहिरोले पुर्याएको क्षती वारे व्रिफ्रिङ गरेको प्रधानमन्त्री भ्रमण टोलीमा रहेका नेपाल सरकारका संस्कृती,पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम बहादुर आलेले बताएका छन । डोटी बाट बझाङको थलहरा गाविस ४ डिक्लाको स्थलगत अध्ययन गर्न प्रधानमन्त्री देउवा गए । दुई परिवारका २३ जना पहिरोमा परेको थलहरामा अकाशवाटै घटनास्थलको अवलोकन गरेर प्रधानमन्त्री देउवा सदरमुकाम चैनपुर पुगेका थिए । डिक्लामा पिडित र स्थानिय प्रधानमन्त्री आउने खवर पाएर जम्मा भएर वसेका थिए । आकाशमै हेलिकोप्टर फन्को लगाएर सदरमुकाम गएको थियो । ‘थलहरामा हेलिकोप्टर ल्याण्ड गर्न नसकेपछि आकाशवाटै अवलोकन गरेर सदरमुकाम चैनपुरमा पुग्यौं’मन्त्री आलेले भने,‘बझाङका प्रमुख जिल्ला अधिकारीले बाढी पहिरोले पुर्याएको क्षतीवारे बिफ्रिङ गर्नुभयो ।’

बझाङबाट बैतडी जिल्लाको ढुंगाडमा पुगेर बाढी पहिरोको क्षतीको अवलोकन गरे । पिडितले प्रधानमन्त्री समक्ष आफ्ना पिडा सुनाएका थिए । बैतडीवाट प्रधानमन्त्री गृहजिल्ला डडेल्धुरामा पुगेका थिए । डडेल्धुराको नेपाली सेनाको द व्यारेकमा पुगेका थिए । त्याहाँबाट उनी जोगबुढा क्षेत्रमा गएका थिए । प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधी र स्थानियले प्रधानमन्त्री समक्ष बाढी पहिरोले पुर्याएको क्षतीको जानकारी गराएका थिए । जोगबुढा बाट कंचनपुरको बाढी प्रभावित दोधारा चादनी को भ्रमण गरेर प्रधामन्त्री देउवा बिहिवार साँझ धनगढी पुगेका छन । शुक्रवार कैलालीको भ्रमण गरेर प्रधानमन्त्री काठमाण्डौ फर्कने मन्त्री आलेले बताएका छन ।‘प्रधानमन्त्रीले सवै जिल्लामा पुगेर बाढी पहिरोले पुर्याएको मानविय क्षती, अन्य भौतिक पुर्वाधारमा पुर्याएको क्षती बुझ्नु भएको छ’मन्त्री आलेले भने,‘पिडितलाई तुरन्तै राहातको व्यवस्था सरकारले गर्ने छ ।’ प्रधामन्त्री देउवाले बाढी पिडितलाई तुरन्तै राहात दिने, घाइतेको निशुल्क उपचार गर्ने, बाढी पहिरोबाट ज्यान गुमाएकालाई २ लाख दिने बाढी पिडित प्रभावित क्षेत्रका वासिन्दा समक्ष व्यक्त गरेका थिए । पहिरोले भत्केका राजमार्ग, खानेपानी,बिद्युत सेवा सुचारु पनि तत्काल सरकारले गर्ने आलेले बताए ।प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा र मन्त्री आले सहभागी रहेका थिए ।

सुदूरपश्चिममा आईतवार देखि मंगलवार राती सम्म आएको बर्षाले ३१ जनाको ज्यान गएको छ । बाढी पहिरोले डोटीमा १६ जना, बझाङमा ८ जना, बैतडीमा ४ जना र डडेल्धुरामा २ र कैलालीमा १ जनाको  मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक बिक्रम चन्दले बताएका छन । १७ जना घाइते भएका छन । भने २३ जना अझै वेपत्ता भएका छन । सयौ चौपाय मरेका छन । हजारौ परिवार विस्थापित भएका थिए । अझै सयौ परिवार विस्थापित रहेका छन । दर्जनौ घर भत्केका छन ।  यसैगरि बझाङ थलहरा गाउपालिका ४ डिक्ला सितलमा पहिरोले घर बगाउँदा दुई परिवारका २३ जना पहिरोमा परेका थिए । आयुस र विकासको  शव मात्र मिलेको छ ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस