प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। एमाले सांसद् महेश बर्ताैलाले उपराष्ट्रपति कार्यालयको बजेट शिर्षक पुस्तिका नपाएकाे बताएपछि संसद् बैठक १५ मिनेटको लागि स्थगित भएको हो।
सांसद् बर्ताैलाले सत्तापक्ष र प्रतिपक्षी सबैलाई उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका उपलब्ध नगराएको बताए।
त्यसपछि सभामुख देवराज घिमिरेले ससद् सचिवालयका कर्मचारीसँग कानेखुसी गरेका थिए। विषयमाथी ध्यानाकर्षण भएको बताउँदै समयमै विनियोजित शिर्षकका पुस्तिका मागेको उनले बताए।
'उपराष्ट्रपति कार्यालयले सुरुमा खासै विकास निर्माणसँग सम्बन्धित कुरा नभएकाले पुस्तिका नदिएपनि हुन्छ होला भन्ने सोचाई राखेको कुरा जानकारीमा आएको छ,। त्यसरी हुँदैन तपाईहरुले आफ्नो विनियोजित शिर्षकको बजेट छलफलका लागि पठाउनुपर्छ भनेर ताकेता गरेपछि उहाँहरु पठाउने तयारीमा हुनुहुन्छ'।
विनियोजन शिर्षकलाई समयभित्रै छलफल गरिँदै आएको भन्दै उनले सदन अगाडी बढाउन आग्रह गरेका थिए। तर सांसद् महेश बर्तौलाले सदन अगाडी बढ्न नसक्ने बताएपछि सभामुख घिमिरेले १५ मिनेटको लागि बैठक स्थगित गरेका हुन्।