काठमाडौं, वैशाख १३ (नागरिक)- राजनीतिक गतिरोध अन्त्य गर्न आज बसेको तीन प्रमुख राजनीतिक दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले दलहरुबीच सहमति भए आफू बाधक नबन्ने भन्दै नयाँ सहमतिका लागि आग्रह गरेका थिए। बैठकमा वैशाख १८ अघि नै समाधानको खोज्न अधिकतम प्रयास गर्ने सहमति भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।
यसअघि प्रधान मन्त्री माधवकुमार नेपालले होटल र्याडिसनमा जारी तीन दलका शीर्ष नेताको बैठकमा शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको प्रस्ताव गरेका थिए । बैठक जारी रहेकै बेला बाहिरिएका उनले सञ्चारकर्मीमाझ भने- मैले शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको प्रस्ताव राखेको छु, त्यसबारे छलफल हुँदैछ। उनले माओवादीले घोषणा गरेको आमहड्ताल फिर्ता लिन पनि माओवादीसँग आग्रह गरेका थिए। नयाँ प्रधान मन्त्रीका लागि कसैको नाम सिफारिस गर्नुभयो कि भन्ने प्रश्नपछि उनी मुसुमुसु हाँसे मात्र।
बैठकमा माओवादीबाट पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नारायणकाजी, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, मोहन वैद्यलगायत् छन् भने कङ्ग्रेसबाट सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गोपालमात्र श्रेष्ठलगायत् छन्। त्यसैगरी एमालेबाट झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेललगायत् सहभागी छन्।