गुल्मी- स्थानीय तह निर्वाचनमा गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा २० वर्षअघिकै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। बुधबार हुने स्थानीय तह चुनावमा रेसुंगा नगरपालिकाको मेयरमा २०५४ सालमा भएको स्थानीय निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका भुवनप्रसाद श्रेष्ठ र एमालेबाट उम्मेदवार बनेका डिल्लीराज भुसाल प्रतिस्पर्धी बनेका हुन् ।
त्यतिबेला तम्घास गाविस अध्यक्षका उम्मेदवार बनेका दुई मध्ये कांग्रेसका श्रेष्ठ निर्वाचत भएका थिए। पूर्वगाविस अध्यक्षका प्रतिस्पर्धीबीच यसपटक रेसुंगा नगरपालिकामा कडा प्रतिस्पर्धा हुने देखिएको छ।
साबिकको तम्घास गाविससहित सिमीचौर, दुबीचौर, अर्खले, पराल्मी र नयाँ गाउँका केही वडा समेटेर १४ वडा रहेको रेसुंगा नगरपालिकामा पहिलो मेयर को बन्ने होडबाजी चलेको छ। दुवै उम्मेदवारले प्रचारप्रसार तीव्र पारेका छन्। सदरमुकाम रहेको नगरपालिका भएकाले कांग्रेसका जिल्ला सभापति श्रेष्ठ र एमालेका सचिवालय सदस्य भुसालबीच हुने निर्वाचन जिल्लाबासीकै लागि चासोकोे विषय बनेको छ।
रेसुंगा नगरपालिकामा कांग्रेसले आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ भने एमालेले अहिले हिजोको तम्घास नभएकाले र अन्य गाविस पनि समेटिएकाले यसपटक आफ्नो बहुमत रहेकेा दाबी गर्दै आफ्नो पोल्टामा रहेको दाबी गरेको छ। श्रेष्ठ २०४९ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचनमा पनि निर्वाचत भएका थिए। उक्त निर्वाचनमा अध्यक्षमा एमालेबाट बालसिंह काउछा र उपाध्यक्षमा भुसाल उम्मेदवार रहेका थिए। रेसुंगा नगरपालिकामा कांग्रेसको बहुमत जनमत रहेको उम्मेदवार श्रेष्ठले बताए। 'यो कांग्रेसको बलियो भएको स्थान हो,' श्रेष्ठले भने, 'मैले विगतमा जनताका धेरै काम गरेको छु। मतदाताले मलाई विश्वास गर्नेमा म पूर्ण आशावादी छु।'
एमालेका तर्फबाट मेयर पदका उम्मेदवार डिल्लीराज भुसालले रेसुंगा नगरपालिकामा एमालेको विजय पक्का भएको बताए। ' हिजोको तम्घास सम्झेर हुँदैन', भुसालले भने, 'अहिले तम्घाससँगै साबिकका गाविस पनि समेटिएका छन्।'
मेयर उम्मेदवारका प्रतिबद्धता
नगरमा निर्वाचन आफ्नो पक्षमा ल्याउन श्रेष्ठ र भुसालले विभिन्न रचनात्मक अजेन्डा अगाडि सारेका छन्। श्रेष्ठले रेसुंगा क्षेत्रमा रिङरोड, घरघरमा पानी, सडक र बिजुली पुर्याउँछु भनेर भोट मागिरहेका छन्। तम्घास–खाम्सेपानी–नयाँगाउँ–सडक–तम्घास–नेटा सडक कालोपत्रेसहित नमुना नगर बनाउने प्रतिबद्धता उनको छ।
भुसालले राज्यबाट प्राप्त सरकारी सुविधा नलिने बताएका छन्। उनले पनि रेसंुगा क्षेत्रको विकास, रेसुंगा विमानस्थललाई समयमै सम्पन्न गरी सेवा विस्तार गर्ने, अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने, खानेपानी वितरणलाई आफ्ना प्रमुख चुनावी अजेण्डा बनाएका छन्।