जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले साइवर ब्युरोमा उजुरी दर्ता गराएका छन्।
उनको निजी सचिवालयलका अनुसार अध्यक्ष यादवको नामले अज्ञात व्यक्तिले अर्को फेसबुक आईडी सञ्चालन गरेर अपरिचित महिलाको अश्लिल फोटोहरू अपलोड गरेर चरित्र हत्या गर्न खोजेको भन्दै साइवर ब्युरोमा उजुरी दर्ता गरिएको हो।
अध्यक्ष यादवको आधिकारिक फेसबुक पेज नियमित सञ्चालनमा रहेकोमा बुधवार बिहान उनको नाम, थर, फोटोसहितको नयाँ फेसबुकबाट अज्ञात समुहले सामाजिक सञ्जालमा अपरिचित महिलाको अश्लिल फोटोहरू अपलोड गरेर बद्नाम र चरित्र हत्या गर्न खोजेपछि उक्त फेसबुको युआरएलसहित दोषीमाथि कारबाहीको माग गर्दै उजुरी दिएको निजी सचिवालयले जनाएको हो ।
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताएका छन।
आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद अधिकारीले सांसदलाई सुचारु गर्न सबैले ध्यान दिनुपर्ने बताएका हुन। उनले संसद सुचारु भएमा सुन प्रकरणको छानबिनमा सघाउ पुग्ने बताए। उनले ललिता निवास जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेहरूलाई कानुनी कारबाहीबाट चोख्याइने गरेको भन्दै यसो गर्नु नहुने धारणा व्यक्त गरे। सांसद अधिकारीले सबैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।
उनले जग्गा फिर्ता गर्नेहरूलाई कानुनी कारबाही नगर्ने हो भने यस्ता प्रकरणहरू दोहोरिइरहने विचार व्यक्त गरे।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...