अनावश्यक कार्यालय खारेजको सकस: अध्ययन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
१७ भदौ २०८०
•
५ मिनेट पाठ
अनावश्यक कार्यालय खारेजको सकस: अध्ययन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा अनावश्यक सरकारी कार्यालय, विकास समिति, योजना, कोष, विभाग खारेजी गर्ने घोषणा गरेको छ। तर उक्त घोषणा व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकारलाई सकस परेको छ।




मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यस वर्ष खारेज गर्ने घोषणा गरिएका अनावश्यक कार्यालयलाई व्यावहारिक रूपमा कसरी खारेज गर्ने भन्ने विषयमा अध्ययन सुरु भएको छ। यसका लागि प्रधानमन्त्री कार्यालयले खारेज गर्ने घोषणा गरिएका कार्यालय, विकास समिति, योजना, कोषसँग जोडिएका सम्बन्धित मन्त्रालयहरूलाई खारेज गर्ने विषयमा स्पष्ट कार्य योजना पेश गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि यसबारे अध्ययन सुरु गरिएको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव तथा प्रशासन महाशाखा प्रमुख रुघुराम विष्टले बताए।

खारेजीको घोषणा गरिएका केही कार्यालयमा चालु आर्थिक वर्षका लागि सरकारले नै बजेट छुट्टयाएको छ। रेलवे बोर्डका लागि यस वर्ष सरकारले नै बजेट छुट्टयाएको छ। मन्त्रालय स्रोतका अनुसार रेलवे बोर्ड ऐनअनुसार गठन भएकोले खारेज गर्न कानुनी रूपमा कठिनाइ उत्पन्न भएको छ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यस वर्ष खारेज गर्ने घोषणा गरिएका अनावश्यक कार्यालयलाई व्यावहारिक रूपमा कसरी खारेज गर्ने भन्ने विषयमा अध्ययन सुरु भएको छ।
यस्तै, समस्या अन्य कार्यालयमा पनि देखिएको छ। सरकारले खारेजीको घोषणा गरेको कार्यालयमध्ये केही कार्यालय ऐनअनुसार गठन भएका छन। कार्याविधि अनुसार गठन भएका कार्यालयहरू खारेज गर्न समस्या पर्दैन। तर ऐन अनुसार गठन भएका कार्यालयहरू खारेज गर्नका लागि ऐन नै खारेज गर्नुपर्ने कानुनी व्यवस्था छ। केही नेपाल संशोधन ऐनमार्फत ऐन खारेज गर्न सकिने कानुनमा व्यवस्था छ।

भौतिक पूर्वाधार मन्त्रालयको मातहतमा रहेका रेलवे बोर्ड, नेपाल पूर्वाधार निर्माण कम्पनी तथा उपत्यका यातायात विकास प्राधिकरण खारेज गर्ने घोषणा सरकारले गरेको छ। रेलेव बोर्ड खारेज गर्न कानुनी रूपमा निमल्ने भएपछि बोर्डलाई यस वर्ष पूर्ण क्षमता नल्याउने नीति सरकारको रहेको भौतिक पूर्वाधार मन्त्रालयका योजना महाशाखा प्रमुख तथा सहसचिव अर्जुनजंग थापाले बताए।

एक वर्ष पहिले तत्कालीन सरकारले रेलवे बोर्डको प्रशासकमा बलराम मिश्रलाई नियुक्त गरेको थियो। मिश्र अहिले पनि नियमित रूपमा कार्यालय गइरहेका छन्। बोर्डमा उनी एक मात्र कर्मचारी हुन्।

भौतिक पूर्वाधार मन्त्रालयको मातहतमा रहेका रेलवे बोर्ड, नेपाल पूर्वाधार निर्माण कम्पनी तथा उपत्यका यातायात विकास प्राधिकरण खारेज गर्ने घोषणा सरकारले गरेको छ।
बजेट वक्तव्यमा सरकारले नापी र मालपोत कार्यालयलाई एउटै कार्यालयबाट सेवा प्रवाह गर्ने घोषणा गरेको थियो। यसअघि पनि नापी र मालपोत कार्यालयलाई एउटा कार्यालयमा राख्न विभिन्न प्रयास भएको थियो तर व्यावहारिक रूपमा कार्यान्वयन भएको थिएन। नापी विभागका एक कर्मचारीका अनुसार यो निर्णय कार्यान्वयन गर्न व्यबहारिक रूपमा निकै कठिनाइ हुने निश्चित छ। नापी कार्यालयका प्रमुख नापी सेवाको र मालपोत कार्यालयका कार्यालय प्रमुख प्रशासन सेवाका हुने कानुनमा व्यवस्था छ।

नापी र मालपोतलाई एउटा कार्यालयमा गाभ्दा कार्यालय प्रमुख नापी सेवाको हुने कि प्रशासन सेवाको हुने भन्ने विवाद उठ्न सुरु भइसकेको छ। नापी कार्यालयका ती कर्मचारी भन्छन्, ‘नापी र मालपोतले गर्ने कामको प्रकृति फरकफरक छ। जग्गा प्रशासन मालपोतसँग जोडिएको हुन्छ भने जग्गाको नापजाँच नापीसँग जोडिएको हुन्छ। कसको मातहतमा कसलाई राख्ने भन्ने विषय छुट्टयाउन जटिल छ।’

सरकारले सेवा प्रवाहलाई छिटोछरिता बनाउन नापी र मालपोत कार्यालयलाई एउटै कार्यालयमा गाभ्ने निर्णय गरेको थियो।

यसैगरी, बजेट वक्तव्यमा सरकारले बूढीगण्डकी जलविद्युत् योजना खारेज गरी यससम्बन्धी काम बूढीगण्डकी जलविद्युत् कम्पनीबाट गर्ने जनाएको थियो। यसैगरी, वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना एकाइ, महिला तथा बालबालिका विभाग खारेज गरिने घोणाा गरिएको थियो। यसैगरी नेपाल विश्वविद्यालय पूर्वाधार विकास समिति खारेज गर्ने बताइएको थियो।

यसैगरी, जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा निर्वाचन एकाइ राख्ने घोषणा गरिएको थियो। उक्त निर्णय कार्यान्वयन गर्न अहिले सरकार पछि हटेको छ। यसैगरी, सरकारले विभिन्न ताल संरक्षण विकास समिति खारेज गर्ने जनाएको थियो। यो निर्णय पनि कार्यान्वयन भएको छैन।

बजेट वक्तव्यमा सरकारले भूमिगत जलस्रोत विकास समिति खारेज गरी अनुसन्धानसम्बन्धी कार्य जल तथा शक्ति आयोगबाट र पूर्वाधारसम्बन्धी कार्य जलस्रोत तथा सिँचाइ विभागबाट गर्ने घोषणा गरिएको थियो। यो निर्णय पनि व्यावहारिक रूमा कार्यान्वयन भएको छैन।

संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दोहारोपन देखिएका सरकारी कार्यालय, सान्र्दभिक नभएका कोष, अनावश्यक विकास समिति, विभाग, उद्देश्यअनुसार काम नभएका काार्यालयहरू खारेज गर्ने बताएका थिए। राष्ट्रपतिले पढेको नीति तथा कार्यक्रममा चालु आवमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभ्ने भनिएको थियो। यो निर्णय पनि कार्यान्वयन भएको छैन।

बजेट वक्तव्यमा सरकारले भूमिगत जलस्रोत विकास समिति खारेज गरी अनुसन्धानसम्बन्धी कार्य जल तथा शक्ति आयोगबाट र पूर्वाधारसम्बन्धी कार्य जलस्रोत तथा सिँचाइ विभागबाट गर्ने घोषणा गरिएको थियो। यो निर्णय पनि व्यावहारिक रूमा कार्यान्वयन भएको छैन।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पनि अनावश्यक सरकारी कार्यालय खारेज गर्ने घोषणा गरिएको थियो। त्यसका लागि त्यतिबेला डिल्लीराज खनालको अध्यक्षतामा सार्वजनिक खर्च पुनरवोलकन आयोगसमेत गठन गरिएको थियो। उक्त आयोगले दोहारोपन भएका तथा अनावश्यक सरकारी कार्यालय विभाग, कोष खारेज गर्न सरकारलाई सिफारिससमेत गरेको थियो। तर उक्त सिफारिस कार्यान्वयन भएन।

खारेजीको घोषणा गरेका केही कार्यालयमा चालु आर्थिक वर्षका लागि सरकारले नै बजेट छुट्टयाएको छ। रेलवे बोर्डका लागि यस वर्ष सरकारले नै बजेट छुट्टयाएको छ।
अर्को समाचार
६ महिनामै एमाले सबैतिर विपक्षी
१६ असार २०८०
•
२ मिनेट पाठ
६ महिनामै एमाले सबैतिर विपक्षी
प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो कार्यकालमा आफ्नो पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा सत्ताच्युत हुन पुगेको एमाले गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि फेरि केन्द्रदेखि प्रदेश सरकारको हिस्सेदार बन्न पुगेको थियो। प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले अवैध ठहर गरेपछि नेपाली कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेपछि एमाले केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट बाहिरिएको थियो। गत मंसिरमा भएको निर्वाचनपछि केन्द्रीय सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने कांग्रेस र माओवादी केन्द्रभित्रको विवादमा खेल्दै एमाले पुनः सत्तामा पुगेको थियो।  




कांग्रेससँगको सत्ता साझेदारीबाट माओवादी केन्द्रलाई अलग गराउँदै एमाले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भयो। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाललाई पुस १० गते प्रधानमन्त्रीमा अघि सार्दै एमालेले केन्द्रदेखि प्रदेशसम्मको सत्ता साझेदारीको यात्रा सुरु गरेको थियो। सातै प्रदेशका सरकार र सभामुखसमेत भागबन्डा गरेर माओवादी–एमाले गठबन्धन अघि बढेको थियो। तर माओवादी केन्द्रसँगको एमाले सहकार्य लामो समय टिक्न सकेन। एमालेको समर्थनमा पुस ११ गते प्रधानमन्त्री भएका दाहालले केही समयपछि कांग्रेससँग सहकार्यको हात बढाए।  

त्यसको असरस्वरूप एमाले सरकारबाट बाहिरिन पुग्यो, प्रतिपक्षमा रहेको कांग्रेस सत्तामा फर्कियो। नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन फागुन १३ गतेसम्म आइपुग्दा माघ १० गते निर्माण भएको गठबन्धन भत्कन पुग्यो। कांग्रेस नेतृत्वमा रहेको पुरानो गठबन्धन ब्युँतिँदा एमाले १०० दिनको हनिमुनको समय अवधि पनि पूरा नगर्दै केन्द्रीय सरकारबाट बाहिरिन पुग्यो। त्यसपछि एमाले प्रदेश सरकारबाट पनि बाहिरिन गयो। त्यसको पछिल्लो असर कोसी प्रदेश सरकारमा परेको छ। हिक्मतकुमार कार्की नेतृत्वमा बनेको कोसी प्रदेश सरकारले शुक्रबार विश्वासको मत नपाएसँगै एमाले संघ हुँदै प्रदेश सरकारबाट पनि पूर्ण रूपमा अलग भएको छ। कांग्रेससहितको नयाँ गठबन्धन निर्माण भएपछि एमाले केन्द्रमा दाहाल नेतृत्वको सरकारबाट अलग भएको थियो। प्रदेशमा पनि एमाले माओवादी नेतृत्वका प्रदेश सरकारबाट अलग भएको थियो। माओवादी केन्द्रले पहिला दिएको समर्थन फिर्ता लिँदा गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लिला गिरी नेतृत्वको सरकार एमालेले गुमाएको थियो भने सुदूरपश्चिममा राजेन्द्रसिंह रावल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। रावल नेतृत्वको सुदूरपश्चिम सरकारले एक महिनामा विश्वासको मत लिन नसक्दा ढलेको थियो।  

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत नपाएसँगै एमाले सातै प्रदेश सरकारबाट अलग भएको छ।  पुस १० गते माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलको गठबन्धन बनाएर एमाले सत्तामा गएको थियो। मंसिरको निर्वाचनपछि सत्ता राजनीतिमा फर्केको ६ महिनामा एमाले फेरि पुरानै अवस्थामा फर्केको छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस