नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङलाई अस्पताल पुर्याउँदा उनको मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले बताएको छ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.सन्तकुमार दासले विज्ञप्ति जारी गर्दै नेम्वाङलाई अस्पताल ल्याउदा मुटुको चाल नभएको जानकारी दिएका हुन्।
'अस्पतालमा राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई ल्याइएको रचिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो। त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो’ विज्ञप्तिमा उल्लेख छ।
प्रतिनिधि सभाको बैठकले सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो।
शोक प्रस्ताव प्रस्तुत गर्दै सभामुख घिमिरेले नेम्वाङको निधनले मुलुकलाई क्षति पुगेको बताए। बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक(सन्तप्त परिवारजनप्रति गहिरो समवेदनासहित एक मिनेट मौनधारण समेत गरिएको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...