तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन
१२ जेष्ठ २०६७
•
३ मिनेट पाठ
तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन
काठमाडौं, जेठ १२ (नागरिक)- राजनीतिक गतिरोध अन्त्य गर्नका लागि बुधबार साँझ बसेको तीन राजनीतिक दलको शीर्ष नेताहरुको बैठक बिना निष्कर्षमा टुङ्गिएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा राजनीतिक दलहरु आ-आफ्नै अडानमा कायम रहे पछि बैठक विना निष्कर्ष टुङ्गिएको हो । बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दिउँसो प्रधानमन्त्री माधवकुमार नेपालसँग भएको वार्ताको बारे जानकारी गराएका थिए ।
बैठकमा अध्यक्ष दाहालले सहमति भएपनि प्रधानमन्त्री नेपाल पदबाट राजिनामा नदिने मनस्थितमा नरहेको बताएका थिए । दाहालले बैठकमा 'प्रधानमन्त्रीले राजिनामा दिनेभन्दा संविधानसभा विघटनको होस भने चाहेको बताएका थिए ।' बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश संकटको मोडमा पुगेको बताए ।
कंग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसीले प्याकेजमा सहमति भए मात्रै  प्रधानमन्त्रीले राजिनामा दिने बताए । केसीले भने 'हामीले प्रधानमन्त्रीको राजिनामाको कुरालाई संविधानसभाका समय थप्ने कुरासँग नजोडै भन्ने कुरामा जोड दिँयौं ।'  'दलहरुबीच सहमति भयो भने प्रधानमन्त्री बाधक हुनुहुने छैन,' केसीले भने, 'सत्तामा मात्रै केन्द्रीत दृष्टिकोण नै समाधानका लागि बाधक हो ।'
बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरु मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा सहभागि थिए भने नेपाली कांग्रेसकोतर्फबाट कार्यवहाक सभापति सुशील कोइराला, नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र नीधि, अर्जुन नरसिंह केसी, कृष्णप्रसाद सिटौंला सहभागी भएका थिए । बैठकमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल,  महासचिव इश्वर पोखरेल, सचिव विष्णु पौडेल, भारतमोहन अधिकारी र प्रदीप ज्ञवाली सहभागी रहेका थिए । अर्को बैठक बिहीबार विहान ११ बजे बस्ने छ ।


अर्को समाचार
३ दल बैठक निष्कर्षविहीन
२६ चैत्र २०६८
•
१ मिनेट पाठ
३ दल बैठक निष्कर्षविहीन
माधव ढुङ्गेल, काठमाडौं, चैत २६- सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता आयोग ऐनमा राखिने प्रावधान बारे निर्णय गर्न बसेको मुख्य ३ दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ। दुवै ऐनलाई एकै मापदण्ड अनुसार प्रावधान राख्ने भन्ने पूर्वसहमति अनुसार सरकारी पक्ष नआएकाले कुनै निर्णयमा पुग्न नसकिएको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए।
'दुवै ऐनलाई एकै स्टान्डर्डमा ढालेर बनाउने भन्ने सहमति थियो', बैठकपछि संवाददातासँग कुरा गर्दै नेता पौडेलले भने- 'जुन किसिमको एकै स्पिरिटमा जाने भनेर सहमति भएको थियो। त्यो अनुसार आएको रहनेछ। मिलाएर ल्याउने सहमतिमा आज हामी उठ्यौं।'




अन्य विषयको छलफलमा अनुपस्थित रहने कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पनि आज उपस्थित थिए। आयोग बारेको छलफलमा उनी सधैँ सहभागी हुँदै आएका छन्।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री भट्टराई सहभागी थिए। कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल, वरिष्ठ नेता देउवा, महामन्त्री कृष्ण सिटौला तथा प्रकाशमान सिंह सहभागी थिए।

एमाले अध्यक्ष झलनाथ खनाल, नेताहरु माधव नेपाल, भीम रावल अग्नि खरेल लगायत थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस