लुम्बिनी प्रदेश सभामा दलहरूबीच भागबन्डा मिलेन, समिति निर्माण अन्योलमा
१७ पौष २०८०
•
५ मिनेट पाठ
लुम्बिनी प्रदेश सभामा दलहरूबीच भागबन्डा मिलेन, समिति निर्माण अन्योलमा
सरकारमा रहेका साना दलहरूले संसदीय समितिको सभापति दाबी गरेपछि संसदीय समितिको नेतृत्व चयनका लागि तय गरिएको चुनाव स्थगित भएको छ।




सरकारमा रहेका साना दलहरूले चारवटा समितिको सभापति आफूहरूले पाउनुपर्ने अडान राखेका छन्। यसअघि कांग्रेसले दुई, प्रतिपक्ष एमालेले दुई, माओवादीले एक र राष्ट्रिय जनमोर्चाले एउटा समितिको सभापति पाउनेगरी दलहरूले मोटामोटी सहमति गरेका थिए। तर सरकारमा रहेका अन्य साना दलहरूले पनि समितिको नेतृत्व पाउनुपर्ने अडान लिएपछि नेतृत्व चयनमा सकस देखिएको हो।

फलतः मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समितिको नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन तत्कालका लागि स्थगित गर्न प्रदेशसभाका सभामुखलाई आग्रह गरेका थिए।

सोही आग्रहका आधारमा प्रदेशसभाले आगामी १७ गते हुुने भनिएको निर्वाचन स्थगित गरेको जनाएको छ। प्रदेशसभाले अर्को सूचना प्रकाशन नभए सम्मका लागि निर्वाचन स्थगित गरिदिएको छ।

सरकारमा पनि धेरै मन्त्रालय ठूला दलहरूले नै लिने अनि संसदीय समितिको नेतृत्व चयनमा पनि आफूहरूलाई उपेक्षा गरिएको भन्दै साना दलहरूलेचार वटा समितिको नेतृत्वमा दाबी गरेका छन्।
‘संसद्मा रहेका ६ वटा विषयगत समितिमध्ये चारवटा समिति साना दलहरूलाई दिइनुपर्छ भनेर हामीले भनेका छौं,’ लोसपाका एक नेताले भने, ‘साना दलहरूको पनि दाबी भएपछि चुनाव स्थगित भएको हो।’

सरकार सहभागितामा साना दललाई उपेक्षा गरिनु र समितिको नेतृत्व पनि नदिँदा सरकारका सहयात्री दलमाथि अन्याय हुने साना दलहरूले सामूहिक निष्कर्ष निकालेका छन्।

‘ठूला दलहरूले मन्त्रालय पनि बढि लिने, अनि संसदीय समितिमा पनि उहाँहरूनै निर्णायक बन्ने, यो मनासिव कुरा हैन,’ ती नेताले भने, ‘गठबन्धनभित्र सन्तुलन मिलाउने सवालमा साना दलहरूलाई पनि संसदीय समितिको नेतृत्व दिएर मिलाउन सक्नुपर्छ।’

एमालेलाई एउटा, कांग्रेस वा माओवादीलाई एउटा र बाँकी चार समिति साना दललाई दिइनुपर्ने साना दलहरूको दाबी छ।

‘हाम्रो भनाइ एमालेलाई एउटा, कांग्रेस वा माओवादीलाई एउटा र बाँकी चारवटा विषयगत समिति साना दलहरूलाई भाग मिलाउनु पर्छ भन्ने हाम्रो सामूहिक निर्णय हो,’ ती नेताले भने, ‘सो हुन नसकेको खण्डमा हामीहरूले मान्ने कुरा हुँदैन।’
चुनावका लागि १६ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको थियो। तर उम्मेदवारी दर्ताको अघिल्लो दिन साना दलहरूले समितिको नेतृत्व पाउनु पर्ने नयाँ माग राखेपछि चुनाव रोक्ने निष्कर्षमा मुख्यमन्त्री चौधरी पुगेका हुन्।

अर्को एक सानो दल नागरिक उन्मुक्ति पार्टीका एक नेताका अनुसार चार संसदीय समितिको नेतृत्व साना दलका तर्फबाट नागरिक उन्मुक्ति, जसपा, लोसपा र जनमत पार्टीले एकएकवटा पाउनुपर्ने अडान लिएका छन्।

ती नेताका अनुसार सरकारको नेतृत्व साना दलहरूलाई उपेक्षा गरेरै अघि बढ्ने नियतमा देखिएका कारण साना दलहरूले यसलाई सह्य नमानेका हुन्।

‘सरकारमा रहेका साना दलहरू केही पनि हैनन् भन्ने सोचमा ठूला दल र सरकारको नेतृत्व देखिएको छ,’ ती नेताले भने, ‘राष्ट्रिय योजना आयोगको सदस्य चयनमा पनि साना दलहरूलाई हेपियो, अनि अहिले विषयगत समितिमा पनि साना दलहरूलाई उपेक्षा गरेर अघि बढ्न खोजियो, फलतः यो अन्यायविरुद्ध साना दलहरू एक भएर विषयगत समितिको नेतृत्वमा दाबी गरिएको हो।’

ती नेताका अनुसार साना दलहरूको यही अडानकै कारण १७ गते तय भएको विषयगत समितिका सभापति चयनसम्बन्धी निर्वाचन स्थगित भएको हो। साना दललाई चार समितिको नेतृत्व नदिइए सहमति नहुने र यो बिलम्ब बढ्ने ती नेताले चेतावनी दिए।
साना दलहरूको नयाँ दाबीका कारण निर्धारित मिति १७ गते निर्वाचन गर्न सकस बनेको भए पनि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भने ठूला दलका नेताहरूलाई कांग्रेसको मेलमिलाप दिवसलाई चुनाव रोक्नुपर्ने कारण भनेका छन्।

कांग्रेसको मेलमिलाप दिवस १६ गते हो। उनले १६ पुसमा कांग्रेसको मेलमिलाप दिवस रहेकाले संसदीय समितिको निर्वाचन स्थगित गर्नुपर्ने कारण दलका नेताहरूलाई सुनाएका थिए।

‘संसद्का विषयगत समितिको निर्वाचन हुन नदिन कांग्रेसको मेलमिलाप दिवसलाई बहाना बनाइएको छ,’ एमाले संसदीय दलका नेता लिला गिरीले भने, ‘मेलमिलाप दिवस परेकाले संसदीय समितिको निर्वाचन स्थगित गर्नुपर्ने भयो भनेर मलाई जानकारी आएको थियो।’

तर, कांग्रेसको मेलमिलाप दिवस र संसदीय समितिको निर्वाचनबीच के सम्बन्ध भन्दै गिरीले प्रश्न गरे। ‘मेलमिलाप दिवस १६ गते पर्दा १७ गते हुने भनिएको निर्वाचनलाई त्यति समस्या पर्ने कुरा त हुँदैन थियो,’ गिरीले भने, ‘सभापति चयनको प्रक्रिया त संसदले गर्ने हो, कांग्रेसले त हैन होला, कांग्रेसको मेलमिलाप दिवसको बहाना गरेर संसदीय समितिका चुनाव रोक्ने गलत काम गरिएको छ।’

मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनलाई पनि केहि दिनअघि कांग्रेसको मेलमिलाप दिवस परेकाले १७ गते संसदीय समितिको निर्वाचन गर्न नसकिने जानकारी गराएका थिए।

‘मुख्यमन्त्री जिले मलाई फोनबाट कांग्रेसको मेलमिलाप दिवस परेकाले १७ गते विषयगत समिति निर्माणका लागि निर्वाचन गर्न नसकिने भनेर जानकारी गराउनु भएको थियो, सभापति पुनले भने, ‘टुंगिइसकेको विषय भएकाले यो कामलाई चाँडै सक्काउनु पर्छ भनेर मैले भनेको थिएँ, यदि आफ्नै ढंगले काम गर्नुहुन्छ भने तपाईको अधिकारको कुरा हो, जे ठिक लाग्छ त्यही गर्नुस् भनेर मैले उहाँलाई भनेको थिएँ।’

त्यसो त, मन्त्री नियुक्तिमा आलोचित बनेका मुख्यमन्त्री चौधरीले सभापति चयनमा आफू थप विवादमा आउन सक्ने त्रासदीमा रहेकाले पनि अहिले संसदीय समितिको निर्वाचन रोक्ने मनस्थितमा उनि पुगेको आशंका पनि गरिएका छन्।
 केहि दिन अघि मन्त्रिपरिषद् विस्तारका क्रममा सरोज थापालाई कांग्रेसबाट मन्त्री नियुक्त गरेपछि मुख्यमन्त्री चौधरी आलोचित बनेका छन्। यता कांग्रेसले पनि समितिको सभापति चयनका विषयमा मुख्यमन्त्री चौधरीले पार्टीसँग अहिलेसम्म कुनै सरसल्लाह नगरेको बताउँछ।

‘सभापति चयनका बिषयमा मेरो र मुख्यमन्त्रीबीच कुनै पनि कुरा भएको छैन,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले भने, ‘उहाँले कसरी जाने? भनेर छलफल गरेको खण्डमा त हामीले सरसल्लाह गर्ने होला नि, तर उहाँले अहिलेसम्म कुनै समन्वय नै गर्नुभएको छैन।’
अर्को समाचार
‘प्रदेशको औचित्य छैन भन्ने बेला भएको छैन’
०४ फागुन २०८०
•
१ मिनेट पाठ
‘प्रदेशको औचित्य छैन भन्ने बेला भएको छैन’
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले प्रदेशको औचित्यमाथि प्रश्न उठाउने बेला नभएको बताएका छन्। 




संघीयतामा गएको ६ वर्षभित्र नै प्रदेशहरू ठिक–बेठिक छुट्याउने बेला नभएको बताएका हुन्। एउटा चरण पार नगर्दै व्यवस्थामाथि प्रश्न उठिरहेनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको उनले बताए।

‘६ वर्षको बच्चालाई यो काम लाग्दैन, यस्ले केहीपनि गरेन भन्नु र भर्खर विकसित हुँदै गएको संघीयता र प्रदेशहरूले काम गरेनन् भन्नु उस्तै हो।’उनले भने।’

सदरमुकाम सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा बोल्दै सभामुख घर्तीले केन्द्रीकृत शासन प्रणालीको अन्त्य भएर अधिकार विकेन्द्रित हुनु उपयुक्त व्यवस्था रहेको भन्दै यसको औचित्य माथि प्रश्न गर्ने बेला नभएको बताए।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस