लुम्बिनीमा साना दल भन्छन्: ‘प्रतिपक्षलाई दुई समिति किन दिने ?
१९ माघ २०८०
•
३ मिनेट पाठ
लुम्बिनीमा साना दल भन्छन्: ‘प्रतिपक्षलाई दुई समिति किन दिने ?
लुम्बिनी प्रदेशसभाका संसदीय समितिको नेतृत्व चयनका लागि प्रदेशसभाले दलीय सहमति कुरिरहेको छ। संसदस्य समितिको नेतृत्व चयनका लागि सहमति कायम गरिने र सहमतिको बाटो कुर्न सरकारले गरेको आग्रह अनुरूप प्रदेशसभाले पनि दलीय सहमतिका आधारमा निर्वाचन तालिका बनाउने तयारीमा छ। तर दलहरूका बिचमा भने अहिले सम्म सहमतिको वातावरण बन्न सकेको छैन। 
 
मूलतः सत्ता घटक साना दलहरूले समेत संसदीय समितिको नेतृत्वमा दाबी गरेपछि भाँडिएको सहमति कहिले जुट्ने भन्ने अन्योलमै छ। त्यसो त, शुक्रबार सत्तामा रहेका ठूला तथा साना दलहरूका बिचमा छलफल गरेर सहमति कायम गर्ने भनिएको थियो । तर यो छलफल पनि हुन सकेन। ‘शुक्रबार सत्तारुढ दलहरूका बिचमा छलफल गरेर सहमति कायम गरिने भनिएको थियो,’नागरिक उन्मुक्ति पार्टीका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले भने, ‘तर छलफलको वातावरण निर्माण हुन सकेन।’
 
सरकारमा रहेका साना चार दल लोकातन्त्रीक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी एक ठाउँमा उभिएर आफूहरूले दुई समितिको नेतृत्व पाउनु पर्ने अडान लिएका छन्। यी चार दलका लागि दुई समिति छुट्ट्याउनु पर्ने र चार दलले आपसी समझदारीमा दुई समितिको भाग मिलाउने निष्कर्षमा पुगेका छन्। उनीहरूले यी दुई समितिको भाग आफूलाई पार्नका लागि पहिलो उपाय एमालेलाई दिने भनिएको भाग कटौतीलाई देखेका छन्। प्रतिपक्ष दल एमालेलाई लेखा समितिको मात्रै नेतृत्व दिएर उसलाई दिने भनिएको अर्को समितिको भाग कटाइनु पर्ने तर्क साना दलहरूको छ। 
 
यसअघि एमालेलाई लेखा समिति सहित अर्को एउटा समितिको नेतृत्व दिने सहमति सत्तामा रहेका ठूला दल माओवादी र काँग्रेसले गरेका थिए। प्रतिपक्ष दल एमालेले लेखा समिति स्वतः पाउने र प्रतिपक्ष दललाई अर्को समिति किन दिने भन्ने प्रश्न साना दलहरूले सरकारमा रहेका ठूला दलहरूलाई गरिरहेका छन्। ‘एमाले प्रतिपक्ष दल भएकाले उसले लेखा समितिको नेतृत्व स्वतः पाउँछ, अनि अर्को समिति उसलाई किन दिनु पर्‍यो ?’ लोकतान्त्रिक समाजवादी पार्टीका एक नेताले भने, ‘एमालेले पाउने भनिएको अर्को समिति कटाएर साना दलहरूलाई दिइनु पर्छ भन्ने हाम्रो माग हो।’ सरकारमै रहेका दलहरूलाई विषयगत समितिमा नसमेटेर प्रतिपक्ष दललाई सहमतिका नाममा बढी समितिको नेतृत्व किन दिनु पर्ने भन्ने तर्क साना दलहरूको छ। 
 
यसैगरि नेपाली काँग्रेसले पाउने भनिएका दुई समिति मध्य एउटा समितिको नेतृत्व साना दललाई छुट्याउनु पर्ने साना दलहरूको माग छ। एमालेले पाउने भनिएका दुई मध्य एउटा र काँग्रेसले पाउने भनिएका २ मध्य एउटा समितिको नेतृत्व साना दललाई दिएर सहजै सहमतिको वातावरण बन्ने उनीहरूले देखेका छन्। नेपाली काँग्रेसले सरकारको नेतृत्व समेत गरिरहेको र धेरै मन्त्रालय समेत लिएको भन्दै साना दलहरूले काँग्रेसले विषयगत समितिमा पनि लोभ देखाउन नहुने बताइरहेका छन्। ‘काँग्रेसले सरकारको नेतृत्व गरिरहेको छ, मन्त्रालय पनि धेरै काँग्रेसले नै लिइरहेको छ,तर विषयगत समितिमा पनि लोध देखाएर हुन्छ?’ ती नेताले भने ‘सरकार आफूले चलाएर विषयगत समितिको नेतृत्व सत्तामा रहेका साना दलहरूलाई दिएर सहज वातावरण निर्माण गर्न काँग्रेसले किन नसक्ने?’ साना चार दलका लागि दुई समितिको नेतृत्व नदिइए विषयगत समितिको नेतृत्व चयनमा सहमति कायम नहुने अडान साना दलहरूको छ। 
 
यसअघि प्रदेशसभाका ६ विषयगत समिति मध्य काँग्रेसले २, एमालेले २ , माओवादीले १ र राष्ट्रिय जनमोर्चाले एउटा समिति पाउने गरी भागवण्डा मिलाएका थिए। सोही अनुसार गत पुस १७ मा संसदीय समिति चयनका लागि प्रदेशसभाले निर्वाचन मिति समेत तोकिसकेको थियो। तर साना दलहरूले समेत विषयगत समितिको नेतृत्वमा दाबी गरेपछि सहमतिमा संसदीय समितिको नेतृत्व चयन हुने वातावरण बनेन। फलतः प्रदेशसभाले निर्वाचन स्थगित गरिदिएको थियो। 
 
निर्वाचन २१ गते टुङ्गो लाग्ने 
 
दलीय सहमति कुरेर बसेको प्रदेशसभाले यसै माघ महिना भित्रै संसदीय समितिको नेतृत्व टुङ्ग्याउने गरी तयारी थालेको छ। प्रदेशसभाका सभामुख तुलाराम घर्तीको सचिवालयका अनुसार यसै माघ भित्रमै विषयगत समितिको नेतृत्व टुङ्ग्याउने गरी सभामुख घर्ती तयारीमा रहेको बताएको छ। सचिवालय स्रोतका अनुसार आगामी २१ गते निर्वाचनको मिति टुङ्गो लगाइने भएको छ। ‘दलीय सहमति भए पनि नभए पनि यसै महिना भित्र विषयगत समितिको नेतृत्वका लागि निर्वाचन गराउने तयारीमा सभामुख ज्यू हुनुहुन्छ,’ उनको सचिवालयले भन्यो ‘निर्वाचनको मिति २१ गते तय हुने छ।’



अर्को समाचार
‘प्रदेशको औचित्य छैन भन्ने बेला भएको छैन’
०४ फागुन २०८०
•
१ मिनेट पाठ
‘प्रदेशको औचित्य छैन भन्ने बेला भएको छैन’
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले प्रदेशको औचित्यमाथि प्रश्न उठाउने बेला नभएको बताएका छन्। 




संघीयतामा गएको ६ वर्षभित्र नै प्रदेशहरू ठिक–बेठिक छुट्याउने बेला नभएको बताएका हुन्। एउटा चरण पार नगर्दै व्यवस्थामाथि प्रश्न उठिरहेनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको उनले बताए।

‘६ वर्षको बच्चालाई यो काम लाग्दैन, यस्ले केहीपनि गरेन भन्नु र भर्खर विकसित हुँदै गएको संघीयता र प्रदेशहरूले काम गरेनन् भन्नु उस्तै हो।’उनले भने।’

सदरमुकाम सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा बोल्दै सभामुख घर्तीले केन्द्रीकृत शासन प्रणालीको अन्त्य भएर अधिकार विकेन्द्रित हुनु उपयुक्त व्यवस्था रहेको भन्दै यसको औचित्य माथि प्रश्न गर्ने बेला नभएको बताए।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस