अख्तियारको नजरमा फरार छन् मन्त्री र पूर्व मन्त्री
२२ माघ २०८०
•
५ मिनेट पाठ
अख्तियारको नजरमा फरार छन् मन्त्री र पूर्व मन्त्री
मन्त्री मोहनबहादुर बस्नेत/ पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बयानका लागि अटेर गर्दै आएका छन्।




टेरामक्स प्रकरणमा मुछिएका कर्मचारी सबैले बयान दिइसक्दा पनि उनीहरूले भने अटेर गर्दै आएका हुन्। अख्तियारले ताकेता गरेपछि उनीहरू अप्ठेरोमा परेका छन्। ‘दुवै जना अहिले अख्तियारको नजरमा फरार छन्,’ अख्तियार स्रोतले भन्यो। मन्त्री बस्नेतलाई अख्तियारले बयानमा बोलाए पनि उनको सचिवालयले भने त्यस्तो नभएको बताएको छ। ‘यो प्रकरण खास केही होइन, मिडिया ट्रायल मात्रै हो,’ स्वास्थ्यमन्त्रीको सचिवालयका एक सदस्यले भने।

अख्तियारले बयानका लागि पटकपटक बोलाए पनि मन्त्री बस्नेत अहिलेसम्म गएका छैनन्। ‘कुनै जवाफ दिनुभएको छैन। उहाँसँग केही जानकारी लिनुपर्ने भएकाले बोलाइएको हो तर आउनुभएको छैन,’ अख्तियार स्रोतले भन्यो।

मन्त्री बस्नेतका स्वकीय सचिव रामेश्वर आचार्यले अख्तियारले बोलाएको विषय आफूलाई जानकारी नभएको बताए। ‘मलाई जानकारी भएसम्म यो विषय झुटो हो। मन्त्रीज्यूले फोन उठाउनुहुन्छ, उहाँलाई नै सोध्नुहोस् न,’ आचार्यले भने। यो विषयमा जानकारी गर्न खोज्दा मन्त्री बस्नेतले फोन उठाएनन्।
यसैगरी पूर्वमन्त्री कार्की पनि अख्तियारमा उपस्थित भएका छैनन्। राष्ट्रियसभाको निर्वाचनअघि नै कार्कीलाई अख्तियारले बोलाएको थियो तर काम छ भन्दै उनले टारेका थिए। उनी पनि अहिलेसम्म अख्तियारमा हाजिर भएका छैनन्।

राजनीतिक नेतृत्वलाई जोगाएर कर्मचारीलाई मात्र मुद्दा चलाउने वातावरण मिलाउन उनीहरूले बयान दिन अटेर गरेको स्रोतको दाबी छ। बहालवाला मन्त्री र पूर्वमन्त्रीलाई मुद्दा चलाए कांग्रेसले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोगको प्रस्ताव ल्याउने हल्ला चलाइएको छ।

‘सत्तारूढ दलका नेताहरूविरुद्ध नै मुद्दा चलाउने आँट अख्तियारले गर्दैन। यदि त्यस्तो भए हामीले पनि महाभियोगको प्रस्ताव अघि सार्नुपर्ने हुन्छ। गठबन्धन दलहरूबीच यसमा सहमति छ,’ सत्ता गठबन्धन दलका एक नेताले भने।

अख्तियारले टेरामक्स प्रकरणमा मुख्य सचिव डा. वैकुण्ठ अर्यालसँग बयान लिइसकेको छ। टेरामक्स खरिद प्रकरणमा जोडिएको भन्दै मन्त्री बस्नेत र पूर्वमन्त्री कार्कीलाई बयानका लागि बोलाइएको थियो। अख्तियारमा परेको उजुरीमा उनीहरू पनि सो प्रकरणमा मुछिएको देखिएको बताइएको छ।
अख्तियार स्रोतका अनुसार मुख्य सचिव अर्यालले सर्वोच्च अदालतको आदेशअनुसार मानहानिको मुद्दा लाग्ने भएपछि खरिद प्रक्रिया अघि बढाएको बताएका छन्। ‘सर्वोच्च अदालतको मानहानि भोग्ने कि टेरामक्सको खरिद प्रक्रिया अघि बढाउने भन्नेमा छलफल हुँदा मानहानिभन्दा कानुनसम्मत ढंगले प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो,’ अर्यालको बयान उद्धृत गर्दै अख्तियार स्रोतले भन्यो।

कानुनी पूर्वाधारबिना टेरामक्स प्रणाली खरिद अघि बढाइएको, सर्वोच्च अदालतले दिएको आदेशको आफूअनुकूल व्याख्या गरिएको अख्तियारमा परेको उजुरीमा उल्लेख छ। ट्याक्स हेभन मुलुकको कम्पनीसँग शंकास्पद कारोबार गरेकोलगायत विषयमा पनि उजुरी परेको छ। अख्तियारले पनि अनुसन्धानलाई तीव्र पारेको जनाइएको छ।

सोही क्रममा  बस्नेत र कार्कीलाई बयानका लागि बोलाइएको थियो। ‘उहाँहरूलाई अनुसन्धान लागि बोलाइएको कुरा सार्वजनिक सूचना जारी गर्ने विषय होइन। अख्तियारले पनि आफ्नो तरिकाले काम गर्छ,’ स्रोतले भन्यो।

तत्कालीन सचिव एवं हाल राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पनि अख्तियारमा पुगेर बयान दिइसकेका छन्। दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल, संघीय मामिला सचिव विनोद सिंहले आयोगसमक्ष बयान दिइसकेका छन्। उनीहरू सबैले बयान दिँदा पनि राजनीतिक तहबाट मन्त्रालयको नेतृत्व गरेका व्यक्तिहरूले संवैधानिक आयोगलाई अटेर गरेका हुन्।

खासगरी बहालवाला स्वास्थ्यमन्त्री बस्नेत, पूर्वसञ्चारमन्त्री कार्की, पूर्वसञ्चार सचिव गुरुङ, हालका मुख्य सचिव अर्याल, संघीय मामिला सचिव सिंह, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा, निवर्तमान अध्यक्ष खनालसमेत मुछिएको यो प्रकरणमा अख्तियारले आफ्नो छानबिन प्रक्रिया अन्तिम चरणमा पु¥याएपछि लेखा समितिमा विषय प्रवेश गराइएको थियो।
संसद्को लेखा समितिले पनि अनुसन्धानका लागि अख्तियारलाई जिम्मेवारी दिएको थियो। लेखा समितिले अख्तियारलाई जिम्मा लगाउनुअघि नै विजयकुमार रोय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सन्दीप अधिकारी, सुरेन्द्रलाल हाडा, कैलाश कार्की, मीनप्रसाद अर्याल, दीपेश आचार्य, अर्जुन घिमिरे, सूर्यप्रसाद लामिछाने, धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, चूडामणि चौलागाईं, हेमकुमार श्रेष्ठ, राममणि दुवाडी, टेकनाथ आचार्यलगायतसँग दुई चरणको बयान लिइएको थियो। अन्तिम चरणमा मात्रै तत्कालीन मन्त्रीहरूलाई बयानका लागि बोलाएको हो।

तत्कालीन सञ्चार सचिव बैकुण्ठ अर्यालले २०७८ कात्तिक २२ मा पूरक बजेट मन्त्रीसमक्ष पठाउने राय लेखेका थिए। सोही आधारमा प्रक्रिया अघि बढेको थियो। सचिव अर्यालले प्रस्ताव पेस गरेको तीन दिनपछि कात्तिक २५ मा तत्कालीन सञ्चारमन्त्री कार्कीले पूरक बजेटको प्रस्ताव स्वीकृत गरेका थिए। त्यसपछि प्राधिकरणलाई बजेट सञ्चालन गर्ने बाटो खुलेको थियो।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेतले टेरामक्स प्रणाली खरिद प्रक्रियालाई एनसेलको कर छली रोक्न भन्दै अघि बढाएका थिए। यसमा प्राधिकरणका तत्कालीन अध्यक्ष झाकै जोडबल थियो। सोही प्रकरणमा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिइसकेका छन्।
अर्को समाचार
अब मुख्यसचिव को?
२१ फागुन २०८०
•
४ मिनेट पाठ
अब मुख्यसचिव को?
प्रधानमन्त्री पुष्पकमल दाहालले टेरामक्स खरिदलगायत प्रकरणमा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याललाई बिदामा बस्न निर्देशन दिइसकेका छन्। ‘प्रधानमन्त्रीले आइतबार बिहान मुख्यसचिवलाई बिदामा बस्न निर्देशन दिएका हुन्,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो। प्रधानमन्त्रीले बिदामा बस्न भने पनि मुख्यसचिव अर्याल आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमै थिए।




नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानबिन गरी आरोपितउपर मुद्दा चलाउने तयारी गरेको छ। यस विषयमा अख्तियारले अर्याललगायतसँग बयान लिइसकेको छ। नेपाल टेलिकमको ‘बिलिङ सिस्टम’ खरिद घोटालामा पनि अर्यालको संलग्नता देखिएको भन्दै आयोगले अनुसन्धान थालेको छ।

मुख्यसचिव अर्याल बिदामा बसे मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयभित्रकै सबैभन्दा वरिष्ठ सचिव स्वतः निमित्त मुख्यसचिव हुने व्यवस्था कानुनमा छ। अहिले प्रधानमन्त्री कार्यालयमा एकनारायण अर्याल, अर्जुन पोखरेल, लिलादेवी गडतौला, सरजुकमार वैद्य, गणेश पाण्डे सचिवका रूपमा कार्यरत छन्। त्यस्तै सचिवको विशेष दरबन्दीमा खगेन्द्र नेपाल छन्। प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिवमध्ये एकनारायण सबैभन्दा वरिष्ठ हुन्। त्यसैले मुख्यसचि वैकुण्ठ बिदामा बसे एकनारायण स्वतः निमित्त मुख्यसचिव हुनेछन्।

कायममुकायम (कामु) मुख्यसचिव नियुक्त गर्न भने मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ। कामु मुख्यसचिव भने प्रधानमन्त्री कार्यालयका सचिवमध्येबाटै नियुक्त गर्नुपर्छ भन्ने छैन। अन्य मन्त्रालयका सचिवलाई पनि मन्त्रिपरिषद्ले कामु मुख्यसचिवको जिम्मेवारी दिन सक्छ। कामु मुख्यसचिवले मुख्यसचिवसरह नै अधिकार प्रयोग गर्न पाउँछन्।

वर्तमान मुख्यसचिव वैकुण्ठले राजीनामा दिएमा अथवा उनलाई सरकारले हटाएमा स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, श्रम मन्त्रालयका सचिव केबल भण्डारी, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीमध्येबाट एक मुख्यसचिव बन्ने अवस्था छ।

सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूमध्ये वरिष्ठताका आधारमा पहिलो नम्बरमा गुरागाईं, दोस्रोमा भण्डारी, तेस्रोमा अधिकारी र चौथोमा योजना आयोगका तोयानारायण ज्ञवाली छन्। सचिव गुरागाईंको सेवाअवधि फागुन २६ गते, भण्डारीको सेवाअवधि चैत ११ गते र अधिकारीको सेवाअवधि वैशाख १७ गते सकिँदै छ।

मुख्यसचिव शंकरदास बैरागीको तीनवर्षे कार्यकाल सकिन साढे ३ महिना बाँकी छँदै सरकारले गत असारमा उनलाई राजीनामा गर्न लगाएको थियो। त्यसपछि रिक्त मुख्यसचिवमा वैकुण्ठलाई लगिको हो। सचिवका रूपमा बैकुण्ठको पाँचवर्षे कार्यकाल गत असार ३ गते सकिँदै थियो। 

सचिवको कार्यकाल सकिनुभन्दा ३ दिनअघि उनलाई मुख्यसचिवमा बढुवा गरिएको थियो। मुख्यसचिवमा बढुवा नभएको भए उनी असारमै सेवानिवृत्त हुन्थे। सुरक्षा परिषद् सल्लाहकार बनाउने सर्तमा बैरागीलाई मुख्यसचिवबाट राजीनामा गर्न लगाइएको थियो। मुख्यसचिवको कार्यकाल तीन वर्षको हुन्छ। तीन वर्ष पूरा नहुँदै ५८ वर्ष पुगे सेवाबाट अवकाश पाउने व्यवस्था निजामती सेवा ऐन, २०४९ मा छ।  

पूरा कार्यकाल पूरा नगरी मुख्यसचिव पदबाट राजीनामा गर्ने परम्परा तत्कालीन मुख्यसचिव सोमलाल सुवदीले सुरु गरेका थिए। एक वर्ष कार्यकाल बाँकी छँदै उनी एसियाली विकास बैक (एडिबी) को वैकल्पिक सल्लाहकारमा जागिर खान फिलिपिन्स गएका थिए। सेवाबाट राजीनामा नदिईकन उनी एडिबीको जागिर खान गएका थिए।

उनले आफ्नो विषयमा आफैं निर्णय गरी आफूलाई अतिरिक्त समूहमा राखेका थिए। उनको स्वनिर्णयलाई तत्कालीन सरकारले मान्यता दिएन। त्यसपछि उनले २०७४ साउन २२ गते सरकारी सेवाबाट राजीनामा दिएका थिए। सुवेदीपछि राजेन्द्रकिशोर क्षेत्री मुख्यसचिव भए। उनी चार महिनाजति मुख्यसचिवको जिम्मेवारीमा बसे।

५८ वर्ष उमेरहदका कारण क्षेत्रीले २०७४ कात्तिक ६ गते अनिवार्य अवकाश पाए। त्यसपछि लोकदर्शन रेग्मी मुख्यसचिव भए। सरकारले रेग्मीलाई पनि पूरा कार्यकाल काम गर्न नदिएर राजीनामा गर्न लगायो। रेग्मीपछि शंकदरदास बैरागी मुख्यसचिव बनेका थिए। रेग्मीलाई राजीनामा गर्न नलगाइएको भए उनले २०७७ कात्तिक ६ गतेसम्म काम गर्न पाउँथे।

त्यसबेला सचिव पदमा कार्यरत बैरागीले २०७७ असोज २२ गते सेवाबाट अवकाश पाउँथे। बैरागीलाई मुख्यसचिव बनाउन तत्कालीन सरकारले कार्यकाल सकिनुअगावै रेग्मीलाई मुख्यसचिवबाट राजीनामा दिन लगाएको हो। त्यसबापत उनलाई बेलायतको राजदूत बनाइयो। रेग्मी पूरा कार्यकाल मुख्यसचिव भएका भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्येबाट एकजना मुख्यसचिव हुन्थे ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस