प्रतिनिधि सभाको शून्य समयमा कुन सांसदले के भने ?
२४ माघ २०८०
•
४ मिनेट पाठ
प्रतिनिधि सभाको शून्य समयमा कुन सांसदले के भने ?
प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले गत आर्थिक वर्षमा काम सम्पन्न गरिसकेका निर्माण व्यवसायीलाई भुक्तानी नदिइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।




बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले सरकारले विकास निर्माणको काममा अवरुद्ध गर्न खोजेको बताएका हुन्। उनले गत आर्थिक वर्षमा काम सम्पन्न गरिसकेको निर्माण व्यवसायीलाई भुक्तानी समेत नदिइएको बताए। चालु आर्थिक वर्षमा विकास निर्माणको काम डडेल्धुरा, नुवाकोट र चितवनमा मात्रै भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। उनले तीन जिल्लामा मात्रै विकास निर्माणको काम गर्ने भए संसदमा किन बजेट प्रश्तुत गर्ने भनि प्रश्न समेत गरे।

उनले भने,‘यो सरकारले विकास निर्माण अवरुद्ध गर्न खोजेको नै हो। किनकी गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको पेमेन्ट अहिले पनि गरेको छैन। नयाँ काम सुरु भएको छैन। काम शुरु भएको छ जम्मा ३ जिल्लामा। अर्थमन्त्रीको जिल्ला नुवाकोट, सत्ता गठबन्धनको जिल्ला डडेल्धुरा र चितवन। बाँकी ७४ जिल्लामा विकास निर्माण हुनु हुँदैन? ठेक्का लागिसकेको छ, त्यसमा काम किन नहुने? जो बहुवर्षिय ठेक्कामा छ, त्यसलाई काम बन्द गरिएको छ। के तीन जिल्लाको मात्र यो देश हो ? या तीनजनाको मात्र यो देश हो? अहिले पनि २ खर्ब भन्दा बढीको आयोजना नुवाकोटमा स्वीकृत भएको छ। अर्बौँको आयोजना गोरखामा स्वीकृत भएको छ। २ खर्ब भन्दा बढीयो योजना चितवनमा स्वीकृत भएको छ। त्यसो भए संसदमा किन बजेट प्रश्तुत गर्ने? संसदमा किन पास गर्ने?’

प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले सहकारीमा जनताले बचत गरेका पैसाको दुरुपयोग भइरहेको भन्दै देशभरका सहकारी संस्थाहरुलाई छानविनको दायरामा ल्याउनुपर्ने बताए। उनले छानबिन गरी दोषि उपर कारबाही गर्नुपर्ने पनि बताए। 

उनले भने, ‘देशैभरी जनताले खाइ नखाइ आफ्नो श्रम, पसिनाबाट आर्जित गरेको पैसा वचत गर्छ। तर ति वचतहरु, लाखौँलाख जनताको पैसाहरु दुरुपयोग भइराखेको छ। ति पैसाहरु न जनताले फिर्ता पाएका छन्, न सम्बन्धित मान्छेहरुले कारबाही भोगेका छन्। म विशेष आग्रह गर्न चाहन्छु सरकारलाई, देशैभरीको सहकारी संस्थालाई छानविनको दायरामा हुनुपर्छ। छानविनका दायराभित्र रहेका कमी, कमजोरीलाई नियामक संस्थाले कारबाहीको दायरामा ल्याई जनताको पैसा फिर्ता गर्नुपर्छ। जोडदार माग गर्न चाहन्छु।’

प्रतिनिधि सभा सदस्य असिम साहले पुष १३ गते ललितपुरको बालकुमारी र सर्लाहीमा युवकहरुको ज्यान गुमाएको सम्बन्धमा छानबिन गर्न गठिन आयोगहरु मौन बसिरहेका भन्दै प्रश्न गरेका छन्। उनले घटनाको छानवीन गरी प्रतिवेदन पेश गर्न आग्रह समेत गरे। उनले सम्झौता अनुरुपको क्षतिपूर्ति नदिइएको भन्दै त्यसप्रति पनि सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘गएको पुष १३ गते ललितपुरको बालकुमारीमा २ र सर्लाहीको एक युवकको ज्यान गएको विषयमा छानबिन गर्न बनेका आयोगहरु आजसम्म किन मौन बसिरहेका छन्? घटनामा छानबिन आयोग गठन हुन्छ तर प्रतिवेदन अनेक वाहानामा अल्झाइन्छ। अनि दराजमा लुकाइन्छ। ललितपुरमा मन्त्रीको गाडी चढेपछि जल्यो अथवा गोली चलेपछि गाडी जल्यो। यसको उत्तर आयोगले दिनुप¥यो। शान्त प्रदर्शन गर्न पाउने नागरिकको अधिकार हुँदाहुँदै कसको आदेशमा गोली चल्यो? सरकारले क्षतिपूर्ति बापत १० लाख अनि परिवारलाई रोजगारी दिने सम्झौता गरेपनि त्यो पूरा भएको छैन। सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछु।’

प्रतिनिधि सभा सदस्य उर्मिला माझीले नेपालको न्यायपालिका भ्रष्ट र परिवर्तन बिरोधी बनेको बताइन्। उनले सुशासन कायम गर्ने सरकारको कदममा न्यायपालिका बाधक बनेको पनि बताइन्। न्यायलाई जनपक्षिय र पहुँचविहिनहरुको पक्षमा बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराइन्।

उनले भनिन्, ‘न्यायपालिका सबैभन्दा भ्रष्ट र परिवर्तन बिरोधीजस्तो बनेको छ। सुशासन कायम गर्ने सरकारको कदममा न्यायपालिका बाधक बनेको छ। जब फाइल अदालत पुग्छ, न्याय मर्छ। भ्रष्टले जित्छ भन्ने कुरा स्थापित भएको छ। ललिता निवास, नक्कली भूटानी शरणार्थी काण्ड, सुन काण्ड, अहिले बाँसबारी छाला, जुत्ता काण्डसम्म त्यो अवस्था देखिएको छ। सर्वसाधारण जनता न्याय माग्न सर्वोच्च पुग्यो भने वर्षौसम्म न्यायको पर्खाइमा लाग्दा हजुरबादेखि नाती पुस्तासम्म धाइरहनुपर्ने अवस्था छ। न्यायलाई जनपक्षिय र पहुँचविहिनहरुको संस्था बनाउन के गर्ने हो म गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार इतिहासकै नालायक, गतिहिन र जवाफदेहिता विहिन भएको बताए। उनले सरकारको जनताको सुन्ने कान र देख्ने आँखा समेत नभएको भन्दै शुन्य समयमा बोलेको कुराको महत्व समेत नभएको बताए।

उनले भने, ‘पाँचखालको बाटो बनेन किन? काभ्रेका जनताले दुध बेचेको पैसा कहिले पाउँछन्? सरकारलाई प्रश्न सोध्न चाहन्छु। प्रधानमन्त्रीको भनाई के छ, रामराज्य आइसक्यो। यही हो रामराज्य? यो भन्दा नालायक, यो भन्दा गतिहिन, यो भन्दा जवाफदेहिता विहिन सरकार इतिहासमा कहिल्यै थिएन । जसको न कान छ, न आँखा छ। कहिले सुन्छ सरकारले? शुन्य समयको के भ्यालु? सुनेको छ कि छैन?’

प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले न्यायपालिकाले संसदले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास आयोजना खारेज गरेको भन्दै व्यवस्थापिकाको अधिकार न्यायपालिकाले प्रयोग गर्न नपाउने बताए। उनले व्यवस्थापिकाले आफ्नो अधिकारको संरक्षण गर्न नसके व्यवस्थापिकाप्रति प्रश्न उब्जिने बताए। उनले एकले अर्काको अधिकार प्रयो गर्ने हो भने व्यवस्थापिका र कार्यपालिकालाई राजश्व तिरेर पाल्नुपर्ने आवश्यकता नभएको बताए।  

त्यस्तै, शुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि आ–आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणको काममा सुस्तता आएको विषय उठाएका छन्।  
अर्को समाचार
प्रतिनिधि सभाको शून्य समयमा कुन सांसदले के भने ?
०४ जेष्ठ २०८३
•
३ मिनेट पाठ
प्रतिनिधि सभाको शून्य समयमा कुन सांसदले के भने ?
सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख गर्दै समयमै मल, बीउ र कृषि औजारको व्यवस्था गर्न माग गरेका छन्।




प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा सांसद अच्युतम लामिछानेले मल, बीउ, कृषि औजार उपलब्ध गराएर समस्या किसानका समाधान गर्न माग गरे। सांसद अनुष्का श्रेष्ठले नेपाल पर्यटन बोर्डमा देखिएका समस्या समाधान गर्न माग गरिन्।

सांसद अप्सना बानुले विदेशमा रोजगारी गर्न गएर ज्यान गुमाएकाको शव ल्याउन असहज हुने गरेको बताउँदै वैदेशिक रोजगारीमा जानेहरुको जीवनका बारेमा पनि ध्यान दिन माग गरिन्।

सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्तिका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरे। सांसद अमृता विकले अदालतसँग नबाझिने गरी सरकारले निर्णय लिनुपर्ने सुझाव दिइन्। सांसद अम्बिकादेवी सङ्ग्रौलाले अर्बौको इन्धन आयात गर्नुभन्दा स्वदेशकै ऊर्जा उपयोग गर्न माग गरिन्।

सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाकाको भर्खर ट्रयाक खोलिएकाले पूरा गर्न स्रोत सुनिश्चित गर्न माग गरे। सांसद अर्जुननरसिंह केसीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

सांसद अशोककुमार चौधरीले स्थानीय तहले राजनीतिक भागबण्डाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गरेकाले त्यसो नगर्न माग गरे। सांसद आकृति अवस्थीले डिजिटल बैङ्किङ प्रणालीलाई थप विश्वसनीय र सहज बनाउन माग गरे।

सांसद आर्यन राईले विदेशमा रोजगारी गर्न जानेका लागि सरकारले फ्रि टिकट फ्रि भिसा भने पनि कामदारले लाखौँ नतिरी विदेश जान नपाउने गरेकाले यसको छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरे। सांसद आशा झाले मोरङ सुगमको पनि दुर्गम ठाउँ बताउँदै ५ नं क्षेत्रको विद्युत् र टावरको समस्या समाधान गरिनुपर्नेमा जोड दिइन्।

सांसद आशीष गजुरेलले गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ? भन्दै सार्वजनिक यातायातलाई आरामदायी र भरपर्दो बनाउन माग गरे। सिन्धुली जिल्ला अस्पतालमा एक्स रे यन्त्र बिग्रिएकाले माग गरेको लामो समय भइसक्दा पनि प्राप्त नहुँदा बिरामी समस्यामा परेकाले छिटो व्यवस्था गर्न माग गरे।

सांसद आशिका तामाङले धादिङमा पर्ने राजमार्गमा धेरै समस्या आउने गरेकाले समाधान खोज्न सरोकार भएका निकायको ध्यानाकर्षण गराइन्। विद्युतीय सवारीमा चार्ज सकिएर सवारी अलपत्र हुने गरेकाले पर्याप्त मात्रामा चार्जिङ स्टेसनको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ।

सांसद इन्दिरा रानामगरले झापा अर्जुनधारा क्षेत्रको ११ बिघा जग्गाको समस्या समाधान गर्न माग गरिन्। सांसद यशोदाकुमारी बरालले वैदेशिक रोजगारीमा गई समस्या परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन माग गरिन्।

सांसद अङ्किता ठाकुरले छिन्नमस्ता भगवती मन्दिरमा पूर्वाधार विकास गरी पर्यटकको वृद्धि गरिनुपर्ने बताइन्। राजबिराज शहरको विकासमा ध्यान दिन पनि उनले सरकारको ध्यानाकर्षण गराए।

सांसद कबिन्द्र बुर्लाकोटीले गोरखाका धेरै पालिकामा सामान्य हावा चलेका बेलामा पनि झ्याप झ्याप बत्ती जाने गरेकाले पोल र तार फेर्न माग गरे। सांसद कालीबहादुर सहकारीले सरकारले प्रतिपक्षका कुरा नसुन्ने, आफुखुसी काम गर्ने गर्दा समस्या आएकाले सरोकार भएकाको ध्यानाकर्षण गराए।

सांसद कुसुम महर्जनले बेरुजु बढ्दै जाँदा करको दुरुपयोग भएकाले यसमा संलग्नलाई कारबाही माग गरिन्। सांसद कृपा महर्जनले काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रमा विदेशबाट आयातित सामानको बिक्री वितरण नहुने गरी नीति ल्याउन माग गरिन्।

सांसद कृपाराम रानाले व्यक्तिको हत्याका दोषीलाई कारबाही गर्न माग गरे। सांसद केपी खनालले सुदूरपश्चिम प्रदेशको सेती लोकमार्ग लामो समयदेखि अलपत्र भएकाले छिटो सम्पन्न गर्न माग गरे।

सांसद कृष्णहरि बुढाथोकीले रामेछापमै अहिलेसम्म पनि टेलिफोनको समस्या भएको, खानेपानी अभाव रहेको, बाँदरको आतङ्क भएको, रासायनिक मललगायतका समस्या समाधान गर्न माग गरे।

सांसद क्रान्तिशिखा धितालले त्रिभुवन विश्वविद्यालयमा भौतिक उपस्थितिले मात्र ज्ञान मापन हु्न्छ भन्ने भ्रम पालिएको बताउँदै कक्षामा बसेर पनि सिकेको छैन भने कसरी मापन हुन्छ भन्दै गुणस्तरीय शिक्षालाई केन्द्रमा राख्न माग गरिन्।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस