नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग हाँस्दाहाँस्दै रुन सक्ने र आफूमाथि सङ्कट आउँदा सबैलाई एकैसाथ धम्काउन सक्ने गज्जब कला रहेको बताएका छन्। त्यो कला प्रधानमन्त्री दाहालले यसपटक राष्ट्रियसभा अध्यक्ष र संक्रमणककालीन न्याय निरूपणका लागि प्रयोग हुने पनि उनले टिप्पणी गरे।
ट्विटर (एक्स) मा एक अभिव्यक्ति सार्वजनिक गर्दै बास्कोटाले हालसम्म सफल भएको प्रधानमन्त्री दाहालको त्यो कलाले नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई भने पन्छाउन गाह्रो रहेको बताएका छन्। उनले लेखेका छन्,‘सुप्रिमोसँग एउटा गज्जब कला छ। त्यो के भने रुँदारुँदै हाँस्न सक्ने र हाँस्दा हाँस्दै रुन सक्ने साथै आफूमाथि सङ्कट आउँदा सबैलाई एकसाथ धम्काउन र फकाउन सक्ने। शायद, त्यसको फेरि सफल प्रयोग हुने जस्तो छ–राष्ट्रियसभाको अध्यक्ष र सङ्क्रमणकालीन न्याय निरूपणको लागि। तर सिटौलालाई पन्छाउन गाह्रो छ।’
पछिल्लो राष्ट्रिय सभा निर्वाचनताका राष्ट्रिय सभा अध्यक्ष बनाउन नेता सिटौलालाई उम्मेदवार बनाएको चर्चा थियो। जसमा प्रधानमन्त्री दाहालले नै समर्थन गरेको चर्चा छ।
तर, पछिल्लो समय प्रधानमन्त्रीको दल नेकपा माओवादी केन्द्रका नेताहरूले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष छाड्न नसकिने किसिमका अभिव्यक्ति दिइरहेका छन्।